गृहपृष्ठ » समचारबालबिकास केन्द्रको स्तरउन्नतीका लागी रकम बाँडफाट

बालबिकास केन्द्रको स्तरउन्नतीका लागी रकम बाँडफाट

April 12, 2016१३१ पटक

राम बहादुर दानी
चैत्र ३० बाजुरा, बडिमालिका नगरपालिका भित्र रहेका प्रारम्भिक बालबिकास केन्द्रको स्तरउन्नतीका लागी प्रतेक बर्ष झै यस बर्ष पनि आवश्यकता पहिचान गरी बजेट बाँडफाँड गरेको छ । चैत्र २१ गते देखी चैत्र २५ गते सम्म जिल्लाका राजनितिक दल,सामाजिक परिचालक र पत्रकारहरुको सँयुक्त टोलीले बडिमालिका नगरपालिका भित्र पर्ने साबिकको जुगाडा, मार्तडी र बुढिगँगा गा.बि.समा पर्ने ३८ वटा प्रारम्भिक बालबिकास केद्रले तयार पारेको प्रतिबेदन अनुसार प्रारम्भिक बालबिकास केन्द्रलाई नगरपालिकाको प्रारम्भिक बालबिकास केन्द्र सुधार अन्तरगतको बजेट बिनियोजन भएको हो । साबिकको जुगाडामा १६ वटा बालबिकास केन्द्र, बुडिगँगामा ९ वटा बालबिकास केनद्र र मार्तडी गाबिसमा १३ वटा बालबिकास केन्द्र गरी जम्मा ३८ वटा बालबिकास केन्द्र रहेकाछन भने केहि निजी श्रोत बाट सञ्चालन भएका बालबिकास केन्द्र रेहको अनुगमनको तथ्याङकले देखाएको छ । ९ लाख ५ हजार ८ सय रहेको उक्त रकमलाई अति आवश्यकता,कम आवश्यकता र न्युन आवश्यकता गरी तिन भागमा बाडफाँड गरिइको छ । ‘क’ बर्ग,‘ख’ बर्ग र ‘ग’ बर्ग गरी तिन बर्गमा रकम बाँडिएको छ । आज बडिमालिका नगरपालिककमा बसेको बैठकले उक्त रकम बाँडफाँड गरेको हो ।
बैठकमा नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सभापति कबिराज पण्डित, नेकपा एमाले जिल्ला कार्य समिति सदस्य बिनोद बिक,रा.प्र.पा नेपालका कान्त बहादुर शाही पत्रकार र नगरपालिका भित्र रहेका वालबिकास केन्द्रको अनुगमनका लागी खडाइएका कर्मचारी तथा राजनितिक दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । ‘क’ श्रेणीमा आवश्यकता भएका बालबिकास केन्द्रमा १२ वटालाई जम्मा रकमको रु ३५ हजार,‘ख’ श्रेणीको आवश्यकतामा परेका बालबिकास केन्द्रलाई रु २३ हजार र ‘ग’ श्रेणी आवश्यकता परेका बालबिकास केन्द्र दाई रु १७ हजार गरेर बाँडफाँड गरेको हो ।
यसरी सबैको सर्बपक्षिय सहमतिमा बाँडफाँड गरिएको रकम मध्य २४ हजार बाँकी रकम माथी भने केहि समय सम्म बिबाद आएको थियो । उक्त २४ हजार रुपैया प्रतेक बर्ष जिल्लाको सदरमुकाम मार्तडीमा रहेको मालिका उच्च माद्यामिक बालबिकास केनद्रको सहयोगी कार्यकर्तालाई पारिश्रमिक छट्याउने र प्रत्ययक बर्ष गाबिस बाट सो रकम छुट्याउने गरेको भनी सकालाई दिने निर्णय गरिएको थियो । यसरी नगर परिषदले हस्ताक्षर गरी छुट्याउनो गरेको रकमको बिषयलाई बैधानिकता प्रमाणित गरे नगरेको अवलोकन गरेर मात्र भएको निर्णयमा हस्ताक्षर गर्ने नत्र यसरी प्रत्ययक बर्षको रकममा ३८ वटै बालबिकास केन्द्रले सकलाई केहि रकमका लागी पुनःखिचलो ल्याउन सक्ने भनी नेपाली काँग्रेसका नेता तथा प्रतिनिधीले भने निर्णय पुस्तिकामा हस्ताक्षर नगरेको पाइएको छ । त्यस्तै डेलिगारका लागी नगरपालिका भित्र सञ्चालनमा रहको रु ४५ हजार रुपैयाँ भने बिना बिबादित रुपमा मार्तडी(मेलकाँद,मोलकाँद(भौनेरा हुादै नुवाकोट सम्मको सडक मर्मतका लागी छुट्याएको निर्णय सर्ब समितिबाट पारित भएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण