गृहपृष्ठ » समचार, समाचारहरुकञ्चनपुरका स्मारकहरुको अबस्था दयनिय

कञ्चनपुरका स्मारकहरुको अबस्था दयनिय

April 12, 2016१२४ पटक

चित्रा नौन्याल
गोदावरी एफ.एम. कैलाली
सम्बन्धित निकायको लापरबाहिका कारण कञ्चनपुरमा रहेका स्मारकहरुको अबस्था दयनिय बन्न थालेको छ । सदरमुकाममा रहेका स्मारकहरुको संरक्षण सम्भार नहुदा बेहाल अबस्था हुदा दयनिय अबस्था भएको स्थानियहरुले बताएका हुन ।
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा भिमदत्त स्मारक,पुस्पलाल स्मारक,महेन्द्र स्मारक लगायतका आधादर्जन स्मारक रहेका छन । स्मारकहरु ठाउमा भत्कीएका छन भने फोहोर थुपार्ने ठाउको रुपमा समेत परिणत भएको स्थानिय राम जोसिले गुनासो गर्नु भएको छ । जिल्लामा भएका पुराना स्मारक लगायतका संरचनाहरुको संरक्षणको लागि सम्बन्धित निकायले लापरबाहि गरेको समेत उहाको भनाई रहेको छ । पटक पटक स्मारकहरुको संरक्षणको सम्बन्धित निकायलाई आग्रह गरेपनि बेवास्था गरेको स्थानियहरुले बताएका छन । शुभकामना साझ अत्तरिया जेसीजको अयोजनामा आज अत्तरियामा शुभकामना साझ आयोजना हुने भएको छ । नया वर्षको अवसरमा जेसिजले शुभकामना साझको आयोजना गर्न लागेको हो । साझ ६ बजे देखी अत्तरिया स्थीत ईलाका वन कार्यालयको प्रागणमा कार्यक्रमको आयोजना गरिएको अत्तरिया जेसिजका अध्यक्ष तेज बहादुर खड्काले जानकारी दिनुभयो । कार्यक्रमम विभिन्न सांस्कृतीक कार्यक्रमहरु प्रस्ततु हुने भएका छन् ।
यस्तै नयॉ वर्षको अवसर पारेर कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा पनि अमृत नयाँ वर्ष सांगितिक साँझ हुने भएको छ । एलएन म्युजिक एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा आज बेलुकी भानु चोक नजिकै रहेको भानु पार्टी प्यालेसमा सांगितिक साँझ हुने भएको हो । अपरान्ह ४ वजेपछि सुरु हुने सांगितिक साँझमा चर्चित आधुनिक तथा गजल गायक राज सिग्देल, लोक दोहोरी गायिकाहरु पुजा पुरी र गंगा घर्ती मगर र सञ्चारकर्मी समेत रहेका देउडा गायक लालबहादुर धामीलेआ–आप्mनो प्रस्तुती देखाउने आयोजकले जनाएको छ
। यस्तै सांगितिक साँझमा मोडेलद्वय हेमा ढुंगाल र सविता आले मगरले नृत्य प्रस्तुत गर्ने आयोजक संस्थाका उद्घोषक तथा कलाकार संरक्षण मञ्चका अध्यक्ष नवीन धामीले जानकारी दिनुभएको छ । दुई दिने फलफुल खेती तथा बेमौसमी तरकारी खेती तालिम कैलालीको भजनी त्रिशक्ती नगरपालीका १२ मा संचालित २ दिने फलफुल खेती तथा बेमौसमी तरकारी खेती तालिम आज समापन हुने भएको छ । भुरुवाका राजी गाउका राजी समुदायलाइ दिइएको सो तालिम आज समापन हुने भएको हो । सिमान्तकृत, अल्पसंख्यक समुदायका युवाहरुका लागि कार्यक्रम अन्तर्गत जिल्ला खेलकुद बिकास समितिको साझेदारीमा संचार प्रतिष्ठान नेपालको आयोजना तालिम संचालन भएको थियोे । तालिमको प्रशिक्षण जिल्ला कृषि बिकास कार्यालय कैलालीका कृषी सम्पर्क कार्यालय सुखडका प्राबिधिक सहायक चन्द्रकान्त उपाध्याय गरीरहनुभएकोे छ । जिपबाट खसेर एक बालिका मृत्यु बझाङमा जिपबाट खसेर एक बालिका मृत्यु भएको छ । सोमबार दिउसो ३ बजे मोरीवगर वाट चैनपुर आउदै गरेको जिपवाट खसेर जयपृथ्वी नगरपालीका सुतुया घर भएकी वर्ष १३ की राजुकुमारी गिरीको तमैलमा मृत्यु भएको हो । मालुमेला वाट तमैलका लागी चढेकी गाडीको पछाडी बसेकी राजकुमारीले तमैले झर्ने भन्दै आग्रह गर्दापनि जिप चालकले नरोकी तिब्रगतिमा लिएपछि बालीकाले जिपवाट हामफालेको स्थानिय लक्ष्मण रोकायाले वताउनु भयो । चल्दै रहेको जिपवाट हाम फालेकी बालीकाको टाउकोमा गम्भीर चोट लागेपछि घटना स्थलमै मृत्यु भएको पनि उहाँले जानकारी दिनु भयो । चालक धन बहादुर बोहराले बालीकाको आवाजको बेवास्था गर्दा घटना भएको हुनसक्ने नायब निरिक्षक लक्ष्मीराज अधिकारीले बताउनुभयो । चौधारी घर भएका डम्मर सार्कीले भरखरै खरिद गरेको गाडी विना नम्वरको महेन्द्राटाटा बलेरो हो । गाडी सहित चालक लाइ नियन्त्रणमा लिएका थप अनुसन्धान भई रहेको प्रहरी नायब निरिक्षक अधिकारीले वताउनु भयो ।
बिशु पर्व नँया बर्षको असरमा डडेल्धुराको प्रशिद्ध धार्मिक शक्तिपिठ घटाल बाबाको मन्दिरमा मेला लाग्ने बिशु पर्व नँया बर्षको असरमा डडेल्धुराको प्रशिद्ध धार्मिक शक्तिपिठ घटाल बाबाको मन्दिरमा लाग्ने मेलालाई यस महोत्सवको रुपमा मनाईने भएको छ । खेलकुद, संस्कती तथा धार्मिक पर्यटन प्रद्र्धन गर्ने उद्देश्यले संञ्चालन गरिने महोत्सवको बिहान आठ बजे उद्घाटन गरीएको बताईएको छ । प्रत्येक बर्ष बैशाख दुई गते हुने पुजाआजा एवं मेलालाई राष्ट्रिय स्तरमा चिनाउन, स्थानिय कला संस्कृतीको प्रवद्र्धन तथा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तिन दिने महोत्सवको रुपमा मनाईदै छ । दुई गते बिधिवत रुपमा गरिने पुजाआजा संगै महोत्वसवको समापन गरिने अध्यक्ष गणेशबहादुर भण्डारीले बताउनुभयो । राष्ट्रिय कलाकार चर्तित देउडा गाएक भोजराज भट्ट, सुप्रसिद्ध गायिका शिन्धु मल्ल लगायत अन्य कलाकारहरुको सांस्कृतिक कार्यक्रम संगै फुटवल प्रतियोगिताको आयोजना गरि मेलाको आयोजना गरिएको घटाल क्षेत्र विकास समाज डडेल्धुराले जनाएको छ । असीग्राम घटाल खेलकुद महोत्सव अहीले केहीबेर पछी घटाल थानको रामलीला मैदानमा सुरु हुदै स्री असीग्राम घटाल धार्मीक सांस्कृतिक पर्यटन कृषी प्रर्बधन तथा खेलकुद महोत्सव अहीले केहीबेर पछी घटाल थानको रामलीला मैदानमा सुरु हुदैछ । सांस्कृतिक कार्यक्रम संगै महिला तथा पुरुष फुटबल प्रतियोगीता संचालन गरीने घटाल क्षेत्र बिकास समीतीले जनाएको छ । फुटबलमा १० पुरुष टीम र ३ महिलाको टीमले सहभागिता जनाएको छ । फुटबल प्रतियोगीता लीक चरनमा खेलाइने आयोजकने जनाएको छ । डडेल्धुरा क्षेत्रमा पहिलो पटक विशु पर्बको उपलक्ष्यमा घटाल बाबामा लाग्ने मेलालाई सांस्कृतिक पर्यटन तथा खेलकुद महोत्सवको रुपमा मनाईदै छ कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने दैजी–बेल्डाँडी सडक सुधारोन्मुख संकेत कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने दैजी–बेल्डाँडी सडक यती बेला सुधारोन्मुख संकेत देखिएको छ । सदरमुकाम देखि दक्षिणी क्षेत्र जोड्ने सबै भन्दा छोटो दुरीमा रहेको उक्त सडक जनताको लामो संघर्ष पछि सरकारी पक्षबाट सुधार हुनै लाग्दा दक्षिणी जनतामा एक किसिमको आसा पलाएको छ । सडक सुधार नहुँदा दक्षिणी क्षेत्रका जनताहरु अझैपनि निकै भयावह यात्रा गर्न बाध्य छन् । पूर्व पश्चिम राजमार्ग संगै छोईएका दक्षिणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी र दैजी–बेल्डाँडी लगायतका ग्रामिण सडक बर्षातमा हिलाम्मे, गर्मिमा धुलैधुलो जस्ता समस्याबाट ग्रसित छन् । सडक सुधार नभएकै कारण दक्षिणी जनताको प्रत्यक्ष दैनिक जनजिवन देखि समग्र विकास निर्माणमा समेत कच्ची सडक बाधक बनेको छ । कृषिका हिसाबले प्रसस्त सम्भावना बोकेको दक्षिणी क्षेत्रमा दुई ठुला चिनी उद्योग लगायत, इटा, टायल, गुड, खाद्य तेल लगायतका साना मझैला उद्योगहरुमा समेत प्रभाव परेको छ । सडकले आम नागरिक र भौतिक विकास निर्माणमा समेत मुख्य बाधा उत्पन्न गरेको छ । चैत ३० गते गोदावरीमा रात्रीकालीन पेनाल्टि सुट आउट(भेटान) फुट बल प्रतीयोगीत आयोजना हुने÷प्रथम पुरस्कार नगद ५० हजार र एक बोका कैलालीको गोदावरीमा पहिलो पटक आज रात्रीकालीन पेनाल्टि सुट आउट(भेटान) फुटबल प्रतीयोगीता आयोजना हुने भएको छ । गोदावरी युवा क्लबको आयोजनामा प्रतीयोगीता हुन लागेको हो । प्रतीयोगीतामा प्रंथम हुने टिमले नगद ५० हजार र एउटा बोका , द्धितीय हुने टिमले एउटा बोका पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक दिपेन्द्र अवस्थीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण