गृहपृष्ठ » बिचार/ब्लगबहस : ‘मिडिया मर्ज’को आवश्यकता । नेपाली बजारमा मिडियाको भविष्य

बहस : ‘मिडिया मर्ज’को आवश्यकता । नेपाली बजारमा मिडियाको भविष्य

April 12, 2016५३६ पटक

लेखक – शिब डुम्रे (मिडियाकर्मी) बुटवल
नेपालगन्जकै पहिलो सामुदायिक रेडियो भेरी IMG_6015 - Copy - Copy (1)आवाज र रेडियो एक्सप्रेस यही चैत २९ गते एकआपसमा मर्ज भए । नेपाली मिडिया क्षेत्रमा यसरी मर्ज भएको यो पहिलो उदाहरण हो र यो उदाहरण मात्रै होईन एउटा नयाँ संस्करण बहस पनि हो । व्यवस्थापन चुस्त र प्रभावकारी बनाउन नेपालमा सामाजिक संस्थाहरु एकआपसमा गाभीने चलन अहिले विस्तारै बढ्दै गरेको छ । सरकारी प्रक्रिया अनुसार फाईन्नासियल बैक तथा वित्तिय संस्थाहरु मर्ज भईरहेका छन् । यतिमात्रै होईन भौगोलिक तथा जनसंख्याको आधारमा समेत सरकारी विद्यालयहरु प्रभावकारी शिक्षाको नाममा र थोरै विद्यार्थी संख्या भए भन्दै मर्ज गर्न थालिएको धेरै समय भएको छैन । सोही अवसरमा आज नेपाली समाजमा विना दीर्घकालिन योजना र सोचअनुसार चलेका मिडिया र धमाधम च्याउँसरी फैलदै नेपाली बजारलाई कंम्सल बनाएर होडबाजी गर्दै अस्वस्थ्य प्रतिस्पर्धा गर्ने मिडियाहरु मर्ज गर्नुपर्ने होईन र, यस विषयमा बहस गर्नु आजको ट्कारो आवश्यकता हो ।
नेपाली बजारमा छापा पत्रकारिता, विद्युतीय पत्रकारिता, विशिष्टीकृत पत्रकारिता गरी तीन पत्रकारका पत्रकारिताको प्रचलन छ । विद्युतीय पत्रकारिताको पहिलो र शसक्त माध्यम रेडियोको कुरा गर्ने हो भने २००७ सालदेखी २०५४ सालसम्म रेडियो नेपाल एउटा मात्रै थियो उसको जती नेपालमा अरु कसैको पनि मिडिया उपस्थिती थिएन । २०५४ जेठ ९ गते रेडियो सगरमाथाको सुरुवातसँगै रेडियो नेपालको झण्डै पाँच दशक लामो एकाधिकार तोडियो । सुचना तथा सञ्चार मन्त्रालयको को आकडाँ हेर्ने हो भने प्रसारण र अप्रसारित रेडियो गरी दर्ता हुनेको संख्यामात्रै झण्डै ६५२ पुगेको छ भने धिकिरधिकिर प्रसारण हुने झण्डै ४७५ को संख्यामा छ । यस्तै छापा माध्यमको कुरा गर्ने हो भने झण्डै ६०० को संख्यामा दर्ता रहेका दैनिक पत्रिका आज जम्मा ११२ बटा मात्रै निकै सकसपुर्ण यात्रा गरिरहेका छन् । मिडिया डाईरेक्टरीलाई आधार मान्ने हो भने दैनिक अखबार सञ्चालनमा नआएको ३२ जिल्ला र अहिलेसम्मै दर्ता नभएको जिल्लामा मनाङ, मुगु र जाजरकोट पर्दछन् । तीबाहेक सबै जिल्लामा स्थानिय अखबारहरु छन् । ४३ जिल्लामा दैनिक अखबार नै सञ्चालनमा छन् भने ३२ जिल्लामा साप्ताहिक वा पाक्षिक अखबार छन् । यस तथ्याङ्कले नेपालमा स्थानीय अखबारहरु बढिरहेको देखाउँछ । संख्यात्मक हिसाबले बढे पनि आर्थिक, व्यावसायिक र गुणस्तरीयताको हिसाबले स्थानीय अखबारी पत्रकारिता वा छापा पत्रकरिता कमजोर नै देखिन्छ । त्यस्तै अर्काे पत्रकारिताको माध्यम वा प्रकारमध्येको विशिष्टिकृत पत्रकारितमा पर्ने फोटोग्राफी वा फोटोपत्रकारिता, खोज पत्रकारिता , विकार सञ्चार, द्धन्द्ध र पत्रकारिताका नौला आयामहरुले पनि त्यती राम्रो व्यवसायीकता पाएका छैनन् । यहाँनेर एउटा तथ्याङ्क हेरौं ः २०४५–४६ मा जम्मा ४८१ पत्रपत्रिका दर्ता भएका थिए भने अहिले आएर झण्डै ५ हजारको संख्यामा दर्ता भएका छन् । विद्युतीय मिडियाहरुमा पनि त्यस्तै होडबाजी देखिन्छ । Radio-marz
नेपाली बजारको कुरा गर्ने हो भने बजार एउटा तरल अवस्थामा देखिन्छ, ठुला व्यवसायीहरुले चलाएका आफ्ना मुखपत्र वा उद्योगजस्तो बनाएर चलाईने मिडिया बाहेक नेपाली मिडियाहरु चल्ने भनेको नेपाली बजारबाट नै हो । नेपाली अर्थतन्त्रमा सञ्चारमाध्यमको सहयोग झण्डै ५.७८ प्रतिशत मात्रै देखिन्छ । नेपाली बजार एउटा उपनिवेशमा चलेको बजार हो । उद्योगको अवस्था ज्यादै जर्जर देखिन्छ भने अर्काेतिर खुद्रा व्यापार समेत खुला सिमाना भएको भारतको भर पर्नुपर्ने अवस्थामा छ । आफैंमा आत्मनिर्भर नभएको बजारले व्यवसायीक प्रयोजनको लागी कुन मिडियलाई कसरी पो सहयोग गर्न सक्ला र ! अर्काे बहसको पाटो यो पनि हो कि बजार तरल अवस्थामा चलिरहँदा यहाँका यति धेरै मिडियाहरु कसरी चलिरहेका छन्, बजारबाट विज्ञापनको कुनै पनि संकेत वा देहाय नदेखिरहेको विभिन्न मिडियाहरु सशक्त भएर चल्नुको पृष्ठभूमि के हो यो पनि एउटा बैधानिक भ्रष्टचारको अखँडा बनिरहेको त छैन ?
हामीले माथिको डाटालाई पुन अवलोकन गरौं धेरै मिडियाहरु नेपाली बजारमा काठमाडौंमा छन्, धेरै जनसंख्या, धेरै उद्योग धन्दा, बलियो अर्थतन्त्र भन्दा पनि नेपाली मिडिया काठमाडौंमा केन्द्रित हुनु भनेको एउटा राजधानी र त्यहाँकेन्द्रिय राजनीतिक दलको एउटा आडभरोसाबाहके केही होईन भन्ने कुरा केही औलामा गनिने मिडिया बाहेकलाई हेर्न सक्छौं । नेपाली मिडियाहरु प्रायः सबै पारिवारिक स्वामित्वमा चलेका छन्, कान्तिपुर र दी काठमाडौं पोष्टको प्रकाशन सुरुमा व्यवसायी श्याम गोयन्काले गरेपनि चार महिनापछी कैलाश सिरोहिया र विनोद ज्ञवालीले स्वामित्व लिए । आन्तरिक विवादका कारण ज्ञवाली समुह २०६५ साउन २२ मा कान्तिपुरबाट अलग भई २०६६ साल बैशाख ११ गतेदेखी नेपाल रिपब्लीक मिडिया स्थापना गरी नेपाली र अंग्रेजी भाषाका दुई दैनिक पत्रिका नागरिक र रिपब्लिका प्रकाशित गर्न थाले । त्यस्तै कान्तिपुरमा लगानी गरिरहेका रामेश्वर थापा २०६९ मंसीर ८ बाट बाहिरिएपछि कान्तिपुर कैलाशको हातमा छ भने थापाले अन्नपूर्ण दैनिक प्रकाशन गरिरहेका छन् । नेपाल समाचारपत्र दैनिक, कामना र साधना म्याग्जीन प्रकाशन गरिरहेको कामना प्रकाशन समुह पनि अहिले एकल पुष्करलाल श्रेष्ठको स्वामित्वमा छ । यसरी एकल स्वामित्वमा रहेका नेपालको ब्रान्डेड मिडिया कसरी बने उनीहरुसँग लगानी थियो र नेपाली बजारलाई एकल रुपमा सञ्चालन गरिदिए र मिडिया बजारमा कब्जा जमाए तर आजको समयमा हेर्ने हो भने नेपालमा दैनिक सबैभन्दा धेरै विज्ञापनबाट आम्दानी गर्ने मिडिया कान्तिपुर नै बनेको छ । यि त दैनिक ब्रान्डेड मिडियाका कुरा भए अन्य ससाना क्षेत्रबाट मोफसलबाट चलेका दैनिक पत्रिकाका अवस्था अहिले निकै नाजुक छ, एकातिर छापाखानाको रिन तिर्न नसकेर सञ्चालक फरार बनेका छन् भने, एभिन्युज, कान्तिपुर, सगरमाथा, न्यूज २४ जस्ता मिडियाहरुले सरकारलाई तिर्नु पर्ने कर तिर्न नसकेका कारण आज पनि कहिलेकाही स्वत्त बन्द भएका उदाहरण हामी पाउँन सक्छौं । प्राविधिक समस्याका कारण बन्द गरिएको हल्ला फैलाईए पनि टिटिभी, नेपाल टिभी, राष्ट्रिय समाचारपत्र दैनिक लगायतका ब्रान्डेड मिडिया लगानीकर्ताको पलायनकै कारण बन्द भएका छन् । तल्लो तहमा सञ्चालित मिडियाहरुले बजार यसरी कब्जा गरिदिएका छन् कि एउटा रेडियो पुगेर व्यवसायिक विज्ञापनको लागी १,००० रुपियाँमा बार्गेनिङ गरिरहँदा अर्काे मिडियाको उपस्थितीमा रु ५,०० मा प्रसारण गरिदिन्छ यस्तो असमान बजार बनेको छ कि कुनै पनि मिडिया बाच्न सक्ने अवस्थामा छैनन् ।
कर्मचारीलाई तलब खुवाउन सकिरहेको छैन, सरकारलाई कर तिर्नुपर्ने पैसा छैन, हाउसको भाडा तिरेको छैन, छापाखानाको रिन झण्डै करोड पुग्यो, पेपर किन्ने सामथ्र्य रहेन अब विकल्प एउटै बाकी छ विदेश पलायन, मिडिया बन्द । अब यसरी कहिलेसम्म नेपाली मिडिया टिक्न सक्छन्, यहाँनेर अन्यथा नपरोस् सबै मिडिया कमजोर छन भन्दै गर्दा मिडिया कमजोर होईन कमजोर बजार हो । यहाँ पत्रकारको भौतिक, आर्थिक र सामाजिक सुरक्षाको जिम्मा लिन नसक्ने सरकारलाई मेरो मिडियाको जिम्मा लिनुप¥यो भन्दा कुनै तुक नरहला । समयसिमाका आधारमा कुरा गर्ने हो भने मिडियाको बजार निकै तल पुग्यो । पछिल्लो संविधान निर्माणपछाडी तातेको मधेस र भारतीय नाकाबन्दीको समयमा कतिपय मिडियाहरु त बन्दै भए अहिलेसम्म पनि कतिपय मिडिया खुल्न सकेका छैनन् । एकातिर भौतिक सुरक्षाको कमजोरी त छदै छ अर्काेतिर आर्थिक अवस्थासँग पनि पैठेजोरी खेल्नुपरेपछि नेपाली मिडिया कहिलेसम्म यसरी टिक्ला बहस यसको हो ।
निष्कर्षमा के भनौं भने, नेपाली बजार निकै असन्तुलित छ, यहाँ आफैंमा शक्तिशालि उद्योगहरु छैनन, आत्मनिर्भर पनि छैन यस्तो अवस्थामा मिडियाहरुले झनै बजारलाई ‘थ्रेट’ दिएर अर्थतन्त्रमा गिरावट ल्याउने कि एउटै विचार, एउटै सिद्धान्त, एउटै नारा, एउटै लागो, एउटै उद्देश्य भएका मिडियाहरु एउटै भुगोलमा धेरै संकुचित पाराले संख्यात्मक बृद्धि गर्दा न त पत्रकारिता उभो लाग्छ, न पत्रकार न बजार नै । सबै लाई बाडिन्छ, बजार विकेन्द्रित हुन्छ, मिडिया र मिडियाकर्मी पनि उस्तै हुन्छ । विचारमा एकता नहोला, मिसन पत्रकारितामा एकता नहोला तर व्यवसायीक पत्रकारितामा प्रतिस्पर्धामात्रै गर्नु आजको पत्रारिताको जिम्मेवारी र दाहित्व हो कि नेपाली बजारलाई उत्थान गर्दै पत्रकारिताको एउटा मुल्य र मान्यतालाई कायम नै राखी पत्रकारिताको माध्यमबाट नेपाली अर्थतन्त्र र कुल गार्हस्थ उत्पादन जिडिपीमा सहयोग पु¥याउनुपर्ने हो त्यो पनि ख्याल गरौं ।
कहिलेसम्म यसरी उधारो पत्रकारिता गर्ने र कहिलेसम्म यसरी बजार निकृष्ट बन्ने । राज्यको चौथो अंग पत्रकारिता गर्दा सान हुुनुपर्ने ठाउँमा आज आएर निकृष्ट एउटा पेशाजस्तो भएर हिड्नुपर्छ, कुनै बलियो संस्थामा पत्रकारलाई चन्दा माग्न हिड्ने कार्यकर्ताको व्यवहार हुन्छ त कतै लज्जाबोध गराउने शाब्दिक थप्पड, पत्रकार आफैंमा गम्भीर इस्यूहरुको उठान गर्दा भौतिक सुरक्षा र नगर्दा आफ्नो गरीमाको असुरक्षा हुदाँ झनैं संकटमा परेका छन् । हिजोमात्रै कपिन अधिकारीलाई सिहदरबारभित्रै कुटपिट भयो, केही समय अगाडी अरुण सिंहानीया मारिय र जमिन शाहहरु मारिए कृष्ण सेनहरु मारिए र अझ धेरै यस्ता कृष्ण, जमिन र अरुणहरु जन्मिने खतरा देखिन्छ । एकातिर गुण्डागर्दीको हालिमुहाली अर्काेतिर राजनीतिक वितण्डा भएको नेपालको अवस्थामा पत्रकारिताको भविष्य कि त जमिन शाहको जस्तो हुनेछ कि त नारायण श्रेष्ठको जस्तो पलायनताबादी त्यसैले जबसम्म मिडियाकर्मीको एकता हुँदैन, मिडियाभित्रै गद्दारीपनको अन्त्य हुँदैन, भौतिक र आर्थिक सुरक्षाको ग्यारेण्टी हुँदैन र बजारलाई एकिकृत गर्न सकिन्न त्यतिबेलासम्म मिडियाहरु लामो समय टिक्दैनन अनि मिडियाकर्मी टिक्दैनन र यहाँ फेरी दलाल, गुण्डागर्दी र असामाजिक तत्वहरुको हालिमुहाली बढ्छ, बेलैमा सोचौं मिडिया मर्जमात्रै होईन व्यवसायिक जीवनमा सहकार्य गर्न सकिएन भने यसबाट हामीलाई नै बेफाईदा छ न मिडिया चल्छ न त तपाई हाम्रो भविष्य । यसबाट मैले मेरो व्यक्तिगत सोच मिडीया मर्ज गरिहालौं भन्ने होईन तर यसबारे छलफल गरौं बजार नविगारौं, अर्थतन्त्रमा चौथों अगंको भूमिका पुरा गरौं मिडियाकर्मी र लगानीकर्ता पलायन हुनबाट रोकौं । २१ औं शताब्दीको यो विश्व बजारमा उभिएर चारैतिर हेर्दा मिडियाले खेलेको भूमिकाको एउटा महान किर्ती भएपनि हामीले खेल्ने भूमिका विवादीत भने छ ।
पत्रकारिताका दिग्गज मित्रहरु र अभिभावकहरु हुनुहुन्छ आज पत्रकारिता गर्ने कतिपय मित्रको घरमा रिनको झुण्डले तनाव देखिएको छ, मिडिया सञ्चालकहरु आज पलायनता तिर छन्, बजारमा व्यवसायी विज्ञापन निकै कमजोर छ, दैनिक, अर्धसाप्ताहिक, साप्ताहिक, पाक्षिक, मासिक मिडियाहरु पनि आज समस्या ग्रस्त देखिन्छन्, कुनै पनि मिडियाकर्मी यदी धनी बनेकोे छ त उसको पत्रकारिता र संस्था बलियो भएर होईन उसको पावर, राजनीतिक भरोसा र पितपत्रकारिता बनेको छ । दालभात खानको लागी पत्रकारितामा पितपत्रकारिता गर्नुपरेको गुनासो आजभोली चिया खाँदै गर्दा केही पत्रकार मित्रहरुले भन्ने गरेको पाईन्छ । यस्ता दुख र पीडाहरुबाट गुज्रेर नेपाली मिडियाहरु कति समयसम्म टिक्ने । हिजो नारायण श्रेष्ठहरु पलायन भए, आज प्रेम बानियाँहरु पलायन हुने तरखरमा छन्, तल्ला मिडियाकर्मी त पलायनको भेल नै छ, कहिले पत्रकार बन्छन र कहिले पत्रकारिता छोड्छन टुङ्गो नै छैन त्यसैले यिनिहरु र हामीहरु पलायन हुनुको पछाडी कताकता मिडियाको बजार र मिडियाको प्रतिफलमा भर पर्दछ । केही बलिया मिडियाहरुले खर्लप्पै निलेको बजारमा पुगेर प्रतिस्पर्धा गर्नुको लागी अब कति मिडिया जन्माउने, छाडौं अब मिडियाको जन्म पुगिसक्यो यसलाई हुर्काउन र बढाउँन तिर लागौं । नयाँ मिडिया जन्माउन र मिडियामा टेक्न गारो छैन टिक्न र हुर्काउन गारो हो त्यसैल विद्धत मित्रहरु आजको मिडिया र मिडियाको बजार अनी नेपाली अर्थतन्त्र र बजारमा पुगेर अब कति मिडियाहरु देशले धान्न सक्छ बजारले धान्न सक्छ यसलाई जरैबाट बहस गर्नुपर्ने टट्कारो आवश्यकता देखिन्छ । प्रतिस्पर्धामा होडबाजी नगरौं आउनुहोस् सहकार्य गरौं आजैबाट मिडिया मर्ज को बिषयमा बहस गरौं ।
shiva_dumre@yahoo.com
(लेखक बुटवलबाट प्रकाशित गर्जन पोष्ट साप्ताहिकका सह सम्पादक हुन् । )

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण