आगलागीले सिङ्गो बस्ती उच्च जोखिममा,जङगल सखाप
उज्यालो डेस्क, ३० चैत्र प्युठान। सोमबार बेलुका देखि बाङ्गेसालको सुकुम्बासि क्षेत्रमा भएको आगलागि अझै नियन्त्रणमा आउन सकेको छैन । तिब्र हावाहुरिका कारण आगो नियन्त्रणमा आउन नसकेको स्थानियले बताए।आगालगिका कारण सुकुम्बासी क्षेत्रमा रहेका बस्तीे जोखिममा परेका छन ।हिजो अपरान्ह देखि खारखोली सामुदायिक बनमा लागेको आगो नियन्त्रणमा नआउदा ३ सय बढी रुखहरु नष्ट भएका छन् । कालिबनबाट स्थानिय जित बहादुर कुमालले बताए अनुसार कालिबन गाउंका झन्डै ६० घर परिवार आगलागीको उच्चजोखिममा छ।अधिकाश सिमान्तकृत कुमाल समुदायको बसोबास रहेको उक्त गाउका पुरै स्थानियहरु आगो निभाउन लागेको उनले बताए। जङगल त सखाप भो भो, अब घर पनि जल्ने भो उनले भने अहिले प्रहरी चौकी दर्भानबाट आगलागी नियन्त्रणका लागि प्रहरी टोलि खटाइएको चौकीका इन्चार्ज गणेश गिरिले उज्यालोलाई जानकारी दिए। स्मरण रहोस हप्ता दिन अघि यस भेगका आठ ओटा सामुदायिक बनमा लागेको आगो प्रहरी, शसस्त्र,नेपाली सेना र स्थानियले नियन्त्रणमा लिएका थिए।