गृहपृष्ठ » बिचार/ब्लगनव बर्ष नारामा होइन अन्र्तबस्तुमा हुनुपर्छ

नव बर्ष नारामा होइन अन्र्तबस्तुमा हुनुपर्छ

April 13, 2016३८४ पटक

सबैमा २०७३ को शुभकामना

सुशील पोखरेल

sushil pokhrel
आज बुधवार देखि हामी विक्रम सम्वतको तिथि अनुसार नव बर्षको शुभ विहानीमा छौ । सर्ब प्रथम नयाँ बर्षको पावन अवसरमा मेरा सम्पूर्ण देश विदेशमा रहनु भएका आफन्तजन, सञ्चारकर्मी मित्रहरु, राजनितिकर्मीहरु, शिक्षा क्षेत्रमा संलग्न शिक्षाकर्मीहरु लगायत सम्पूर्णमा खुशीयाली बाँड्न चाहन्छुृ । साथै नयाँ बर्षको यो खुशीले सबै तहतप्काका समुदायलाई स्पर्स गर्न सक्ने छ भन्ने विस्वास एवं आशा ब्यक्त गर्न चाहन्छु । आजको नयाँ बर्षको शुभ विहानीमा हामीले एक अर्का प्रति मान्यजन एंव साथीभाई सहकर्मीबाट एक अर्का प्रति आर्शिवाद लिने दिने, रमाइलो गर्ने, जस्ता गतिविधीमा जोडिएका छौ नै ।
जीवनको यो छोटो यात्रामा हामी जुन पेशा ब्यबसाय वा क्षेत्रमा जोडिएका छौ , अवको यो बर्षले सबैलाई उन्नती र प्रगतिको शिखरमा पु¥याउन सफलता मिलोस म कामना गर्दछु । हामी थोरै बोलौँ धेरै गरौँ हामीले आँटेका कामहरु सार्थक तुल्याउन ब्यबस्थापन मुख्य पक्ष हो । एउटा ब्यक्तिले जीवनमा कति काम गर्न सक्छ , कति जिम्मेवारी बहन गर्न सक्छ, कुन स्तरको ब्यक्तिलाई कृुन तहको जिम्मेवारी दिनु उचित हुन्छ ?आफ्नो जीवनलाई नै ब्यबस्थापन गर्न नसक्दा, यस्को उचित ब्यबस्थापन हुन नसक्दा हामी त बिग्रेका छौं नै देश पनि बिग्रेको छ । राजनिति गर्नेहरुले पार्टी ब्यबस्थापन गर्न नसक्नु, राष्ट्र सेवकहरुले जिम्मेवारी बहन गर्न नसक्नु, मिडियाकर्मीहरुले मिडिया हाउसहरु ब्यबस्थीत गर्न नसक्नु, अन्य ब्यबसाय चलाउनेहरुले ब्यबसाय ब्यवस्थित गर्न नसक्नु, हैसियत र क्षमता भन्दा वढी पद ओगट्ने, धेरै ठाउँका पदमा बसे पछि ठुलो मान्छे बनिन्छ भन्ने हाम्रो प्रवृत्ती र नेपाली कल्चर, यस्तै तत्तत् क्षेत्रमा देखिएका ब्यबस्थापकिय अभावले सिंगो देश, समाज प्रभावित बनिरहेको छ । यसर्थ अव हामी आफ्ना रुचि, याग्यता र क्षमताका आधारमा आफ्नो अर्थपूर्ण भूमिकाको पहिचान गरी लाग्नु नै अवको समयको माग हो । समाज अनि देशलाई सुख, शान्ति र आर्थिक समृद्धिमा पु¥याउन जाँगरिला श्रृजनशील हातहरु उठाउँ अल्छिपनको संस्कार त्यागौ त्यस्ले मात्र हाम्रा पाइलाहरु अर्थपूर्ण वन्न सक्छन् ।
विगत जसरी विते अव त्यसको कुरा गरेर अर्थ छैन् । भोगाई र अनुभवका पाठ भने सिक्नै पर्छ । अव यो नयाँ बर्ष नारामा होइन अन्र्तवस्तुमा हुनु पर्छ । नारा र गफ मात्र लगाउने राजनिति प्रधान चरित्र बोकेको हाम्रो संस्कारले देश पछाडि परेको तितो सत्य अनुभव र भोगाईबाट प्रष्ट छ । त्यसैले अव हामी कसरी उत्पादनशील कार्यमा लाग्ने, हामीले थालेका प्रयास र योजनालाई कसरी विशिष्टीकरण गरी परिणाममुखी बनाउने, यो नै ०७३ ले खोजेको अन्र्तबस्तुको मुख्य सार हो त्यसैले आजको दिनका शुभकामनालाई खास उत्पादनशील एवं खास गुण विशेष अन्र्तबस्तुमा जोडुनका लागि ध्यान दिनु आवश्यक छ । ‘मै खाँउ मै लाउ , सुख सयल म मात्र गरुँ भन्ने संस्कारले ’ सिंगो समाजलाई प्रभावित गरिररहेको छ । हरेक क्षेत्रमा देखिएका अपराधीकरण यी यसैका प्रमाण हुन् ।
शुभकामना लिने र दिने सबैका मन मष्तिष्कहरु आज देखि अलि ताजा र फराकिला बनुन् , मैले आफ्नो मात्र हैन् । देशका लागि समाजका लागि के गर्न सक्छु । के दिन सक्छु भन्ने सोँच लिन सकियो भने मात्र जीवन सार्थक बन्न सक्छ ।
हाम्रो भौतिक शरिर त कुनै ठेगान छैन् ०७३ को विहानै खोटाङमा भएको सवारी दुर्घटनाले सिंगो खोटाङवासी शोकमा डुवेको अनिष्ट खवर सुन्नु पर्दा मनमा आएका कतिपय उत्साहहरु त्यसै सेलाएको अनुभुति भएको छ । यो घडिमा खोटाङबासीहरुमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछु । राजनितिक परिवर्तनका दृष्टिले महत्वपूर्ण बनेका ०७२ सालका उपलव्धीलाई कार्यान्वयनमा ल्याउनु छ । भुकम्प र नाकाबन्दीले चह¥याई रहेको ०७२ का घाउहरुलाई निको गरी अगाडि बढाउनु छ । निकास दिनु छ । देशलाई समृद्धिको दिशामा पु¥याउन र आत्म निर्भर बनाउन अव आ–आफ्नो ठाउँबाट प्रण गरौ । नयाँ बर्ष ०७३ नारामा होइन् गुण बिशेष उपलब्धी हुने अन्तरबस्तुमा रुपान्तरण गर्नका लागि सबैमा प्रेरणा मिलोस, भावना जागृत होस देश विदेशमा रहनु भएका सबैलाई फेरी पनि नयाँ बर्षको शुभकामना ।

                                           लेखक नेपाल पत्रकार महासँघ प्यूठानका पुर्व अध्यक्ष हुनुहुन्छ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण