गृहपृष्ठ » समचारडोटीमा जिप दुर्घटनामा ८ को मृत्य, ७ घाइते

डोटीमा जिप दुर्घटनामा ८ को मृत्य, ७ घाइते

April 13, 2016५५ पटक

२०७३ वैशाख १ गते

डोटी, १ वैशाख । डोटी जिल्लाको जिजोडामाडौं गाविस– ३ खाण भन्ने ठाउँमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु गएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् ।

डोटीको बन्लेक गाविसको बानेडुङ्गीसैनबाट उच्चाकोटतर्फ गइरहेको ना १ ज ३२९४ नम्बरको जिप मंगलबार राति करिब साढे ८ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

दुर्घनामा परि जिजोडामाण्डौ ८ डोटीका वर्ष ६२ का डा.जयराज पन्त, वर्ष ५२ की गुडी पन्त, वर्ष ५२ कै साबित्रा पन्त, वर्ष ६१ का डा. गणेश पन्त, वर्ष ५९ का केशवराज पन्त, वर्ष ३६ की हरिना टमटाको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै बन्लेक–१ बस्ने वर्ष ४५ का जीप चालक चेतराज बलायर र ठेगाना नखुलेकी अन्दाजी १६/१७ वर्षकी जानकी ताम्राकारको उपचारका लागि लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा जिजोमाडौं–८ की वर्ष ९ की लक्ष्मी नेपाली, ३८ वर्षका धनबहादुर टमटा, २२ वर्षका अनिता टमटा, ३८ वर्षकी कलावती टमटा, ४५ वर्षकी नर्मदा पन्त, ३० वर्षका गौरव पन्त र उमेर नखुलेकी धौली टमाटा रहेका छन् ।

घाइतेहरु ७ जनाको डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण