सुर्खेतमा प्रहरीको गोली लागेर मृत्यु हुने दुई पुगे, दर्जनौ घाइते (अपडेट)
सुर्खेत, २५ साउन– सुर्खेतमा अखण्ड मध्यपश्चिमको माग गर्दै भएको आन्दोलनमा दुईजना आन्दोलनकारीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–४ निवासी टिकाराम गौतम र यामबहादुर बिसी छन्। प्रदर्शनकारीले कांग्रेसका सह–महामन्त्री पूर्ण बहादुर खड्काको घरमा ढुङ्गामुढा तथा आगजनी गरेपछि प्रहरीले गोली चलाएको थियो ।
घटनामा प्हरी र प्दर्शनकारी गरी करिब एक दर्जन घाइते छन् । घटनापछि प्रहरीले त्यहाँ राति ९ बजेसम्मका लागि कफ्र्यु लगाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले खड्काको घरमा आगजनी गर्नेलाई रोक्न खाजेको र त्यसपछि पनि नमानेपछि हवाई फायर र त्यसपछि गोलि चलाउन बाध्य भएको जनाएको छ ।
उनीहरुले त्यहाँका जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, बन कार्यालय, स्वास्थ्य कार्यालय लगाएतका सरकारी भवनमा तोडफोड गरेका छन् ।प्रदर्शनकारीले एमाओवादी, नेकपा एमालेको पार्टी कार्यालय र प्रहरीको भ्यानमा समेत आगजनी गरेका छन् । त्यसक्रममा उनीहरुलाई रोक्न खोज्दा प्रहरीसँगको दोहोरो झडपमा डिएसपी नमराज देवकोटा सहित आधा दर्शन प्रहरी र १ दर्जन प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुले पार्टी कार्यालयका आवश्यक कागजाग जलाएका छन् । साथै तोडफोडबाट प्रशासन कार्यालयमा क्षति पुगेको छ ।