गृहपृष्ठ » समचारटेक्टर पल्टिदा दाङमा २ जनाको मृत्यु

टेक्टर पल्टिदा दाङमा २ जनाको मृत्यु

April 14, 2016५५ पटक

दाङ बैशाख २ ।

दाङमा  टेक्टर पल्टिदा २ जनाको मृत्यु भएको छ । ज्यान जानेको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिनुभएको छ । रोल्पा लिबाङबाट तुल्सीपुरतर्फ आउँदै गर्दा तुलसीपुर नगरपालिका वडानम्वर १ मा पर्ने हर्नेटि र राम्रीको बीचमा पर्ने मोडमा गयराति दुर्घटना भएको हो ।

घटना भए लगत्तै प्रहरीको टोलीले त्यहाँबाट १ जना घाइतेलाई अञ्चल अस्पतालमा ल्याएको र उपचारको क्रममा ज्यान गएको बताइएको छ । त्यसैगरी आज बिहान घटना भएको ठाउँबाट झण्डै २ सय मिटर तल भिरमा अर्का १ जनाको शव भेटिएको छ । मृतकहरु लु २ त २५५८ नम्बरको टेक्टर चालक र सहचालक हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण