गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचारम्यानपावरको लापर्बाहीले अलपत्र नेपाली घर फर्कन पाएनन्

म्यानपावरको लापर्बाहीले अलपत्र नेपाली घर फर्कन पाएनन्

April 14, 2016२०८ पटक

सलिम अन्सारी,received_1537131453250151(1)
प्यूठान– म्यानपावरको लापर्बाहीले साउदी अरबमा अलपत्र परेका नेपाली कामदारले घर फर्कन पाएका छैनन् ।
रोजगारदाता कम्पनीले अलपत्र पारेपछि काठमाडौंस्थित म्यानपावर कम्पनीसँग हारगुहार गरिए पनि उद्धारमा चासो नदिँदा उनीहरू घर फर्कन नपाएका हुन् ।

काठमाडौं, बसुन्धारास्थित गोरखा नेपाल प्लेसमेन्ट सर्भिसेज प्रालिमार्फत सात  महिनाअघि साउदीको दमाममा रहेको अमिर फेसल कम्पनीमा पुगेका ६ नेपालीको अझै उद्धार हुन सकेकोे छैन । यद्यपि म्यानपावर कम्पनीले काम गर्ने कम्पनीको नाम अमिर फेसल भने पनि साउदी पुग्दा कम्पनीको प्रतिनिधि नभई अर्कै बिचौलियाले रिसिभ गरेका थिए । पटक–पटक काठमाडौंस्थित म्यानपावर कम्पनी  गोरखा नेपाल प्लेसमेन्टलाई उद्धार गरिदिन आग्रह गरिए पनि बेवास्ता गरिएको कपिलवस्तुका छोपेन्द्र रोका क्षत्रीले टेलिफोनमा भने, ‘म्यानपावरले हाम्रो कुरा सुनेन ।’
‘म्यानपावरमा हारगुहार गर्न थालेको ६ महिना भइसक्यो, म्यानपावरले जहिल्यै हामी सक्दैनौँ, दूतावास जाऊ भनेर जवाफ दिन्छ । यहाँ भोकै बस्नुपर्ने स्थिति आएको छ, हामी यतै मर्ने भयौँ,’ उनले भने, ‘यता हामी रोइरहेका छौँ, उता घरपरिवारमा रुवाबासी चलेको छ ।’
खाने, बस्ने र बाससमेत नभएपछि पछिल्ला केही दिनदेखि उनीहरू आफैँ काम खोजेर काम गर्न सुरु गरेका छन् । विगत ११ दिनदेखि उनीहरू गैरकानुनी रूपमा काम गर्दै आएको साउदीबाट मिनराज भण्डारीले जनाए ।
साउदी पुगेपछि भने जस्तो काम नपाएपछि आफूहरूले काम गर्न अस्विकार गरेका कारण त्यहाँको कम्पनीले चरम यातना दिएर कामबाट निकालिदिएको पीडितहरूले बताए ।
उनीहरूसँग भएको राहदानीलगायत सबै कागजपत्रहरू पनि कम्पनीले नै लगेर  फिर्ता नदिएकाले कतै जान नसक्ने अवस्थामा रहेको उनीहरू बताउँछन् । साउदीस्थित कम्पनी र नेपालको म्यानपावरको मिलेमतोमा नक्कली सम्झौता पत्र दिएर झुक्काएको उनीहरूको आरोप छ । रोजगारदाता कम्पनीले परिचयपत्रलगायत महत्वपूर्ण कागजात नबनाइदिएका कारण उनीहरू अलपत्र परेका हुन् । नक्कली सम्झौतापत्र बनाई साउदी पठाएर म्यानपावर कम्पनीले आफूहरूलाई फसाएको दाङ, बिजौरी २ का विमलकुमार बुढाले बताए ।
सात महिनाअघि लेबर कामका लागि साउदी पुगेका उनीहरूलाइ ८ घन्टा काम र १२ सय रूपैयाँ साउदी रियल उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कामदारहरूले सम्झौताअनुसारको काम र सेवा सुविधा पाउनुभन्दा पनि सुरुदेखि नै कामविहीन हुनुपरेको सुनाए ।
म्यानपावरलाइ १ लाखदेखि १ लाख ५० हजारसम्म बुझाएर साउदी पुगेका कपिलवस्तु, शिवपुर नगरपालिका २ क्षत्री, बिजौरी २ दाङका बुढाथोकी, बाबियाचौर ६ म्याग्दीका जसवीर दर्जी, सोही ठाउँका नरबहादुर सार्की र तनहुँका थर नखुलेका मिलन र अमर बिचल्लिमा परेका हुन् । सर्भिसेज प्रालिसँग यससम्बन्धी जानकारी लिने प्रयास गरिए पनि सम्पर्क हुन सकेको छैन ।

प्रभाव राष्ट्रिय दैनिक
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण