गृहपृष्ठ » समचारपिडितहरुले आजदेखि वेपत्ता आयोगमा उजुरी दिन पाउने

पिडितहरुले आजदेखि वेपत्ता आयोगमा उजुरी दिन पाउने

April 14, 2016५० पटक

पिडितहरुले आजदेखि आयोगमा उजुरी दिन पाउने भएका छन् । देशभरका शान्ति समिति मार्फत आफ्ना आफन्त वेपत्ता भएको उजुरी दिन पाउने व्यावस्था मिलाईको आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले बताए । उनका अनुसार आयोगले ६० दिनको समय सिमा तोकेर उजुरी लिने काम शुरु गरेको हो ।
जिल्लाको शान्ती समितिमा संकलन भएको उजुरी केन्द्रमा आएपछि केन्द्रले अध्ययन थाल्ने र अध्ययन पछि आयोगको टोली उजुरी दिने घरमै पुगेर घटना बारे थप अध्ययन गर्नेछ ।
आयोगका अध्यक्ष मल्लिकले आफुलाई परेको अन्यायको बारे निर्धक्क भएर उजुरी गर्न पिडितलाई आग्रह गरेका छन् ।
पिडितले दिएको उजुरीका आधारमा दश वर्षे द्धन्दकालमा कति मानिस बेपत्ता भएका छन् त्यसको एकिन तथ्यांक निकाल्ने तयरी आयोगले गरेको छ ।
उजुरीका आधारमा सत्य तथ्यको खोजी गरि घटनामा दोषी देखिएकालाई कार्वाहिको सिफारिस र पिडितलाई क्षतिपुर्तिको सिफारिस आयोगले गर्नेछ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण