गृहपृष्ठ » मनोरञ्जनसंकल्पद्धारा निर्देशित तिन भिडियो एकसाथ सार्बजनिक

संकल्पद्धारा निर्देशित तिन भिडियो एकसाथ सार्बजनिक

April 15, 2016१९६ पटक

10410377_1697491330509156_3237696593764262593_n

उज्यालो संवाददाता,३ बैशाख, इटहरी
नयाँ बर्ष को अवसर पारेर बैशाख १ गते इटहरी मा एक कार्यक्रम को आयोजना गरि एकसाथ ३ ओटा म्युजिक भिडियो बिमोचन गरिएको छ ।
डि थ्री प्रोडक्सन नेपाल इटहरी ले आयोजना गरेको उक्त कार्यक्रममा डि थ्री बाटै निर्माण भएको म्युजिक भिडियो हरु बिमोचन गरिएको हो । म्युजिक भिडियो मा नव निर्देशक सुवास संकल्प द्वारा निर्देशित ३ ओटै भिडियो लाई संगीत साधन इटहरी का प्रा. ज्ञ. राम धामी, वरिष्ठ गायक बालकृष्ण कार्की, पत्रकार तथा अन्य ब्यक्ती हरुको उपस्थिति मा सार्वजनिक गरिएको हो ।

बिमोचित हुने गित हरुमा नव गायिका शोभा अधिकारी र आर के खत्री को “तिमी मेरो धड्कन…” त्यस्तै स्थानीय स्तर बाट संघर्षरत नबोदित गायक सन्दिप मोते को “बुझ्नै गाह्रो भो…” र “गयौ तिमि टाढा…” बोलको गीतको भिडियो हरु रहेका छन ।

10410377_1697491330509156_3237696593764262593_n(1)
बिमोचन सगै नयाँ बर्ष को सुभकामना आदानप्रदान को कार्यक्रम पनि राखिएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण