गृहपृष्ठ » समचारघोराहीमा दलित महिला मन्दिरको मुख्य पुजारी !

घोराहीमा दलित महिला मन्दिरको मुख्य पुजारी !

April 15, 2016५१ पटक
प्रकाशित मिति :   बिहि, बैशाख ३ , २०७३

काठमाडौं, वैशाख  – पूरै शरीर ढाक्ने पहेंलो वस्त्र । निधारमा पनि पहेंलो फेटा । घाँटीमा सानो गेडाको रुद्राक्ष माला ।यी पण्डित होइनन् ।यी हुन् मन्दिरका मुख्य पुजारी दलित महिला । कथित ‘उपल्ला’ जातका मानिसले खुट्टा ढोग्दा गेरुवस्त्रधारी माता उनीहरुको शिरमा हात राखेर आशीर्वाद दिइरहेकी हुन्छिन् दाङ, घोराहीमा रहेको नागेश्वर महादेव पार्वती मन्दिरमा ।

मन्दिरको मुख्य ढोकामा दलित महिला पुजारी उभिएकी हुन्छिन् । पूजाआजा गराइदिन्छिन् । भक्तजनहरुलाई टिका लगाएर आशीर्वाद दिन्छिन् । उनलाई कसैले जातपात सोध्दैन, न त उनी नै सोध्छिन् ।
उनको नाम हो पार्वती विश्वकर्मा । उमेर ३८ वर्ष । भारतमा जन्मिएकी पार्वती सात महिनाअघि मात्रै नेपाल आएकी हुन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण