गृहपृष्ठ » पत्रपत्रीकाअरुले दिएको सामान पनि ल्याउन दिएन भारतले

अरुले दिएको सामान पनि ल्याउन दिएन भारतले

April 15, 2016७७ पटक

प्रकाशित मिति : २०७३ बैशाख ३ शुक्रबार

काठमाडौं । गैरआवासीय नेपालीले दान दिएका दमकल र एम्बुलेन्स नेपाल ल्याउन भारतले रोक लगाएको छ।
10410377_1697491330509156_3237696593764262593_n(1)
गोर्खा-ब्रिटिस फाउन्डेसनले झापा मेचीनगर नगरपालिकाका लागि पठाएको एम्बुलेन्स र दमकल आठ महि देखि भारतमा बिनाकारण रोकिएका छन्। कोलकातास्थित बन्दरगाहमा आठ महिनादेखि थन्किएको एउटा एम्बुलेन्स र एउटा दमकल मेचीनगर ल्याउने प्रयास सफल हुन सकेको छैन।
काँकडभिट्टाकै बासिन्दासमेत रहेका बेलायतका पूर्व काउन्सिलर धन गुरुङको पहलमा नगरपालिकालाई दुई दमकल र दुई एम्बुलेन्स दिने सहमति भएको थियो। सहमति अनुसार पहिलो चरणमा एउटा दमकल र एउटा एम्बुलेन्स पठाइएको थियो। नागरिक दैनिकमा समाचार छ – गत भदाैं पहिलो साता बेलायतबाट गुरुङको नेतृत्वमा १५ जनाको टोलीले काठमाडौं र मेचीनगर भ्रमण गरेको थियो।
‘बेलालयका पूर्व आकाउन्सिलर गुरुङकै अगुवाइमा मेचीनगगरलाई दमकल, एम्बुलेन्स र औषधि आएको थियो,’ मेचीनगरका कार्यकारी अधिकृत पशुपति खतिवडाले भने,‘तर आठ महिना बित्यो औषधि पनि आइपुगेको छैन।’
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण