टिकट काट्ने पैसा नहुँदा लेवनान मै अलपत्र
कैलाली, वैशाख ३–कैलालीको धनगढी उपमहानगरपालिका-१८ फूलबारी ‘डी’ गाउँकी २७ वर्षीया सावित्री विक सुनार एक वर्षअघि राम्रो कमाई हुने आसमा लेबनान् गइन्। ११ वर्षको छोरा राहुल र घरपरिवार छाडेर गएकी सावित्रीले लेबनान गएरा राम्रो कमाउन त सकिनन् नै, स्वदेश फर्किन पनि असमर्थ भएकी छिन्। राजधानी दैनिकमा समाचार छ।
उनलाई गाउँकै चिनजानका ईश्वर लामाले लेबनान पठाएका थिए। राम्रो कमाई हुने प्रलोभन दिएर उनले सावित्रीलार्य लेबनानस्थित बेरुतको मुसाहमुद गाउँमा पठाएको उनी आमा मायाले बताइन्। ‘चिनजानको मान्छेले धोका देला भन्ने कल्पना पनि गरिएन, मायाले भनिन्,‘तर अहिले छोरी घरकी न घाटकी भएकी छन्।’
तर सावित्री काम गर्ने घरमा सुरुदेखि नै सास्ती भोग्नु परेको उनका बुबा मानबहादुरले बताए। घरवालाले अनेक बहानामा पिट्ने राम्ररी खानासमेत नखिदएर दुःख दिन थालेपछि सावित्री राहदानी, भिसालगायत कागजात त्यही छोडेर भागिन्। उनले अहिले एकजना फिलिपिनो महिलाको संरक्षणमा बसेको मानबहाखुरले बताए।