प्यूठानमा आगोमा जलेर १ जनाको मृत्यु एकै घरका ३ जना घाइते
सलिम अन्सारी
प्युठान ३ बैशाख । दक्षिणि प्युठानको धुवाङ गाविसमा आगोले जलेर एक बालकको ज्यान गएको छ । धुबाङ गाबिस वडा नम्बर ८ अ्म्मरे गाउंमा बस्ने सुर्य बहादुर नेपालिका ११ बर्षिय छोरा नोम बहादुर नेपालीको मृत्यु भएको हो। शुक्रबार बिहान नजिकैको मदने सामुदायी बनमा लागेको आगो हेर्न गएका बेला जलेर उनको ज्यान गएको मृतकका बुवा सुर्य नेपालिले बताए।
आगोले जलेर गम्भीर घाइते बालकलाइ उपचारका लागि लैजाने तयारी गरिदै गर्दा बड्डाडा बजार मै उनको ज्यान गएको हो। आगलागीबाट मृतकका भाइ र आमा समेत जलेर सामान्य घाइते भएका छन। उनीहरुको बडडाडा स्थित मेडिकलमा उपचार भैरहेको छ।घाइते बालक मृतकका अङ्कलका छोरा हुन।
धुबाङ गाबिसको वडा नमबर ७ र ८ स्थित सामुदायिक बनमा बिगत ३ दिन देखि आगलागी भैरहे पनि आगलागी नियन्त्रणमा सरोकारवालाले चासो नदेखाएको स्थानियको आरोप छ।