गृहपृष्ठ » सूचना प्रविधीधौलागिरि अञ्चलमा उच्च प्रविधिको थ्रीजी सेवा सुरू

धौलागिरि अञ्चलमा उच्च प्रविधिको थ्रीजी सेवा सुरू

April 15, 2016२२१ पटक

बाग्लुङ, वैशाख ३ । नेपाल टेलिकमले धौलागिरि अञ्चलमा उच्च प्रविधिको थ्रीजी मोबाइल सेवा सुरु गरेको छ । टेलिकमले धौलागिरिका केही ठाउँमा यसअघि नै थ्रीजी सेवा सुरु गरेको भए पनि उच्च प्रविधि अभावमा प्रभावकारी भएको थिएन । सूचना तथा सञ्चार मन्त्री शेरधन राईले बिहीबार थ्रीजी मोबाइल सेवाको शुभारम्भ गरेका हुन् ।
थ्रीजीको उद्घाटन गर्नै मन्त्री राईले नेपालका हरेक कुनामा इन्टरनेटको पहुँच पु¥याउन सरकारले अभियान थालेको जानकारी दिए । विश्वका हरेक विकसित मुलुक सूचना प्रविधिमार्फत नै शक्ति राष्ट्र बनेको भन्दै नेपाललाई पनि त्यो गतिमा अगाडि बढाउनका लागि मन्त्रालय स्पष्ट रणनीतिका साथ अगाडि बढेको मन्त्री राईले दाबी गरे ।
उनले निर्माणाधीन मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिच्छ्याउन अध्ययन गरिरहेको उल्लेख गर्दै ७५ वटै जिल्लामा अप्टिकल फाइबर मार्फत टेलिकमका सेवा प्रदान गर्ने र त्यो सम्भव नभएका ठाउँमा वायरलेस मार्फत सेवा विस्तार गरिँदै लैजाने जानकारी दिए ।
नेपालका मुख्य मुख्य सहरमा थ्रीजी सेवा सञ्चालन गर्ने उद्देश्य अनुसार धौलागिरिमा पनि यो सेवाको सुरुवात गरिएको नेपाल टेलिकमका महाप्रबन्धक बुद्धिप्रसाद आचार्यले जानकारी दिए ।
टेलिकमले सुरु गरेको थ्रीजी सेवाबाट धौलागिरिका चार जिल्ला बाग्लुङ, पर्वत, म्याग्दी र मुस्ताङका मुख्य मुख्य ठाउँका उपभोक्ता लाभान्वित हुने नेपाल टेलिकम बाग्लुङका प्रमुख यज्ञ शर्माले बताए ।
उनले दिएको जानकारी अनुसार टेलिकमले बाग्लुङको बाग्लुङ बजार लगायत बिहुँकोट, दहपानी, थाना, हटिया, हरिचौर, भैरवस्थान, बुर्तिवाङ र अर्गल, म्याग्दीका बेनी बजार, पुलाचौर, पर्वतको कुश्मा बजार, पातिचौर, दुर्लुङ र मुस्ताङको जोमसोम बाजर र कैसाङ क्याम्पमा टावर स्थापना गरेको छ ।

यस अगाडि जडान भएका थ्रीजीका टावरको सुधार गरिएपछि भिडिओ, भिडियो भ्वाइस च्याट, उच्च गतिको इन्टरनेट सेवा लगायतका सेवा ७.२ एमबीपीएसको गतिमा चलाउन सकिने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण