गृहपृष्ठ » राजनीतिशेखर कोइराला भन्छन्-‘काँग्रेस जिम्मेवार प्रतिपक्ष’

शेखर कोइराला भन्छन्-‘काँग्रेस जिम्मेवार प्रतिपक्ष’

April 15, 2016१०३ पटक

 चितवन,  वैशाख ३ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । काँग्रेस क्षेत्र नं ४ चितवनले आज फूलबारीमा आयोजना गरेको शुभकामना आदानप्रदान, चियापान तथा सम्मान कार्यक्रममा उहाँले हतारमा पार्टी सरकारमा जान नहुने बताउनुभयो ।मधेसमा देखिएको समस्या समाधान नहुँदै सरकारमा जाँदा काँग्रेसलाई दीर्घकालीन असर पर्ने बताउँदै उहाँले काँग्रेसको अगुवाइमा तराईका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।सरकारले भूकम्पपीडितलाई राहत दिन नसकेको, कालोबजारी रोक्न नसकेको, संवैधानिक निकायमा राजनीतिकरण हाबी भएको आरोप लगाउँदै उहाँले यसले सरकारलाई अप्ठ्यारामा पार्ने बताउनुभयो । सत्तामा रहेका तीन ठूला दलसमेत मिल्न नसक्नु नेतृत्वको अक्षमता भएको उहाँको टिप्पणी थियो ।सो अवसरमा पूर्वसांसद एवम् समाजसेवी मैयाँदेवी श्रेष्ठलाई सामाजिक र राजनीतिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको क्षेत्रीय सभापति सरिता केसीले जानकारी दिनुभय

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण