मलाई मर्ने मन छैन बचाइदिनुहोस होचा कलाकार दिपेन शाह
चर्चित हास्य टेलिसृङ्खला झ्याई कुटी झ्याई बाट चर्चामा आएका होचा कलाकार दिपेन शाहलाई नचिन्ने कमै मात्र होलान । उनि स्टेजमा पुगे संगै उनलाई हेर्ने दर्शकको घुइचो लाग्ने गरेको छ ।
अरुको भन्दा फरक शारिरीक बनोटका कारण पनि झन दर्शक माझ लोकप्रिय बनेका हुन । प्रकृतिले निमार्ण गरेको फरक स्वरुप धेरैलाई अभिसाप बन्छ तर शाहलाई भने बरदान साबित भएको छ । होचो कदकै कारण देश बिदेशका मानिषहरु उनलाई हेर्न लालाहित हुन्छन । आफ्नो बारेमा धेरै बोल्न नरुचाउने शाहसंग उज्यालो लाल्टिनका सम्पादक टक सुनारले गरेको कुराकानीको सम्पादिन अंश ………
सन्चै हुनुहुन्छ ?
हजुर ठिकै छु ।
आजभोलीको ब्यस्तता के छ ?
देश बिदेश कलाकारीता यस्तै छ ।
तपाई त कम बोल्नु हुदो रहेछ ?
थोरै हासो….पत्रकार थोरै बोले पनि धेरै बुझ्छन त्यही भएर ।
थोरै तपाइको ब्यक्तिगत कुरा गरौँ कहिले काही आफु अरु भन्दा फरक छु जस्तो लाग्दैन ?
खास त्यस्तो महशुस हुदैन ।
कलाकारीता क्षेत्रमा हुनुहुन्छ भविश्यको सपना के छ ?
यही क्षेत्रमा लागेर परिवार पाल्न सक्ने भन्ने छ ।
तपाइको जिवनमा घटेको त्यस्तो कुनै क्षण जसले तपाईलाई सधैँ पोलिरहन्छ ।
छ मलाई मेरो हजुर आमाले मलाई बाच्दैन भनेर मेरी आमालाई फाल्न लगाउनु भएको थियो रे अनि मेरो आमालाई पनि धेरै हेला गर्नु भएको थियो रे त्यो सुन्दा चाहीँ मन कुडिएर आउँछ ।
एउटा यस्तो कुरा भन्नुहोस की जुन कुरा तपाइले कम मान्छेहरु संग मात्रै गर्नुहुन्छ ।
खोई कमलाई त के भन्नु…………..केही समय बोली रोकियो ….तर म अब २ बर्ष भन्दा बाच्दिन मलाई बोन म्यारोको समस्या छ । तपाइलाई थाहा छ की यसको उपचार नेपालमा हुँदैन र मेरो कमाइले उपचार गर्न सक्ने अवस्था छैन ।
उपचारका लागि कस्ले के गरीदिए हुन्थ्यो जस्तो लाग्छ ?
उपचारका लागि पहिलो कुरा त सरकारले केही गरिदिए हुन्थ्यो जस्तो लाग्छ ।
अन्त्यमा केही भन्न चाहानुहुन्छ ?
अन्त्यमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्णलाई म मर्न चाहान्न मलाई बचाइनिनुहोस भन्न चाहान्छु । डाक्टरले उपचारका लागि ४० लाख मागेको छ । जुन जुटाउने मेरो हैसिएत छैन त्यसैले सबै संग सहयोगको याचना गर्दछु ।
यती भन्दै गर्दा उनको गहभरी आसु थियो ……………….
प्रस्तुती–:टक सुनार