झापाली समाज युएईको अर्धवार्षिक भेला सम्पन्न / सांस्कृतिक प्रस्तुतिले कार्यक्रमको रौनक बढायो (फोटो फिचर)
कमल न्यौपाने । यूएई
पुर्बी नेपालको झापा जिल्ला घर भई यूएईमा कार्यरत झापालीहरुको संस्था झापाली समाज यूएईको आफ्नो अर्धवार्षिक भेला अप्रिल १५ तारिखका दिन शुक्रबार दुबईको एभरेस्ट इन्टरनेटनल होटलमा सम्पन्न गरेको छ । समाजका अध्यक्ष बिकास उप्रेतिको अध्यक्षता, नेपाली समाज यूएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटाको प्रमुख आतिथ्यता तथा झापाली समाजका केन्द्रीय सल्लाहकार संयोजक हेमन्त पौडेलको विशेष आतिथ्यमा सम्पन्न भेलामा समाजको बिधान तथा आर्थिक कार्यनीति निर्देशिका सार्वजनिक गर्दै प्राप्त सुझावहरु संकलन गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ यूएईका अध्यक्ष त्रिलोचन कोइराला,कोषाध्यक्ष मेघराज सापकोटा,जिल्ला परिषद यूएईका संयोजक मणि भुर्तेल, समाजसेवी शालिक सुवेदी लगायतले बोल्दै समाजको प्रगतिको कामना गर्दै बिबिध सहयोगी कार्यलाई निरन्तरता दिन समेत आग्रह गरेका थिए । महासचिव टेकनाथ अधिकारीले सन्चालन गरेको औपचारिक कार्यक्रममा सल्लाहकार सदस्य मेघराज सापकोटाले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालनमा प्रवक्ता रामप्रसाद ढुङ्गेल, सचिव ईन्द्र भण्डारी, अलऐन क्षेत्रीय सचिव श्री राजेश कुइँकेल र केन्द्रीय सदस्य हरि कटुवालले सहयोग गरेका थिए । भने कार्यक्रमको संयोजन दुबई क्षेत्रीय समितिका अध्यक्ष डीबी झापालीले गरेका थिए ।
राष्ट्रिय गानबाट सुरुवात गरिएको कार्यक्रममा बिबिध सांस्कृतिक झलकहरु प्रस्तुत गरिएको थियो । झापाली समाजमा आबद्ध थुप्रै कलाकारहरुले आफ्नो प्रस्तुती कार्यक्रममा प्रस्तुत गरेका थिए । सुरुवातमा समाजको बिधान प्रस्तुत भईरहँदा छरिएर बसेका दर्शकलाई कलाकारको प्रस्तुती स्टेजतर्फ आकर्शण गरीको थियो । सांस्कृतिक कार्यक्रमको सुरुवातमा साहित्यप्रेमी माइनस प्लस संग्रौलाले आफ्नो साहित्यिक प्रस्तुती राखिरहदा दर्शक दिर्घाबाट वा-वाही पाएका थिए । कार्यक्रममा साहित्यिक रचनासंगै गीत गायन र नृत्य पनि उत्तिकै रुपमा अघी बढेको थियो । उत्कृष्ट प्रतिभाले भरिपूर्ण रहेको झापाली समाजको उक्त कार्यक्रम निकै रोचक बनेको थियो । कार्यक्रममा माइनस प्लस लगत्तै चाँदनी आँसु, सुनील चौहान, दिपेन्द्र आचार्य र मित्रलाल पोखरेलले आफ्ना साहित्यिक प्रस्तुती राखेका थिए । झापाली र नेपाली माझ आफ्नो गायनबाट ख्याती कमाइसकेका पारस लामाले आफ्नो प्रस्तुती रा खिरहदा अधिकतम दर्शक स्टेज अघी पुगेर आफ्नो नृत्य प्रस्तुत गर्दै रमाई रहेका थिए । घरी एकल त घरी अर्की आवाजकी धनी गायिका उर्मिला बस्नेतसंगै गीत गाउदै पारसले उपस्तित दर्शकलाई मनोरन्जन प्रस्तुत गरेका थिए । साहित्यिक रचना र गायन चलिरहदा दर्शक स्टेजको वरीपरी नै रमाईरहेका थिए । सोही क्रममा अर्का प्रतिभा गोप्स खतिवडाले आफ्नो आवाजमा मार्मिक गीत प्रस्तुत गरिरहदा दर्शक केहीबेर स्तब्ध बन्न पुगेका थिए । गोप्स खतिवडाको प्रस्तुतिले शान्त बनेका दर्शकलाई अर्का गायक संजोग लामाको दर्शन नमस्ते बोलको गीतले झुमाएको थियो । हेर्दा सानो सानो देखिएता पनि संजोगको आवाजले कार्यक्रममा रहेका सबै दर्शकलाई मनोरन्जित बनाएको थियो ।
कार्यक्रम चलिरहदा निलाम्बर भट्टराईले गाजलु ति ठुला ठुला आँखा भनेर स्टेजमा आफ्नो प्रस्तुती राखीरहदा कालजयी गीतहरुको याद आएको थियो । आफ्नो प्रस्तुती सकिसके लगत्तै निलाम्बरलाई स्याबासी र उत्कृष्ट प्रस्तुती प्रस्तुत गरेको भन्दै बधाई तथा धन्यवाद दिनेको लर्को नै लागेको थियो । गायनको श्रींखला चलिरहदा कार्यक्रममा फुल फुलेर पहेलो भयो भन्दै माईनस प्लस र रिजु सिटौला स्टेजमा उक्लेका थिए । स्टेजमा नाचिरहेका उनिहरुलाई अघी आएर अन्य दर्शकले पनि नाचेर साथ दिएका थिए । कारीब ८ मिनेटसम्म प्रस्तुत भएको उक्त नृत्यमा दर्शकले निकै रमाईलो गरेका थिए । कार्यकमकै दौरान केन्द्रिय सदस्य हरी कटुवाल स्टेजमा उत्रिएर श्रींगारिक गजल प्रस्तुत गर्दै तक्मे बुढाको अभिनयले उपस्थितलाई केहीबेर पेट मिचिमिची हासन वाध्य बनाए । सोही अनुरुप एकाएक स्टेजमा कार्यक्रम संचालक पारस लामाले कमला खड्का र भरत बुढाथोकीलाई बोलाए । दुबैजना स्टेजमा पुगिसकेपछी मैले तिमीलाई मन पराको अवस्था बोलको गीत घन्किएसंगै दर्शकको ताली र नृत्य सुरु हुन्छ । कमला र भरतसंगै थुप्रै दर्शकले सो गीतमा आफ्नो कम्मर मर्काउन भ्याए । रमाईलोकै बिच कार्यक्रम चलिरहदा सांस्कृतिक कार्यक्रम सन्चालन गरिरहेका पारस लामाले गायिका उर्मिला बस्नेतलाई गीत प्रस्तुतको लागि बोलाएका थिए । जे भने नि हुन्छ हजुर म त झापाली भन्दै उर्मिलाले आफ्नो गीत प्रस्तुत गरिरहदा दर्शक दिर्घाबाट ताली बजिरहेको थियो र गीतसंगै नृत्य पनि चलिरहेको थियो । केही स्टेजमै गएर नाचेका थिए त केही आफ्नै स्थानमै ।
पारस लामा र उर्मिला बस्नेतले सुर्खे थैली खै भन्दै स्टेजमा अाफ्नो प्रस्तुती राख्दा अधिकतम दर्शकले नाचेर साथ दिएका थिए । कार्यक्रममा आफ्नो गीत रेकर्ड गराएर बजारमा ल्याईसकेका गायक टिका कट्टेलले आफ्नो र अन्जु पन्तको स्वरमा रहेको गीत आधी बाटोको बिमोचन समेत गराएका थिए । बिमोचन लगत्तै टिकाले उक्त गीत उर्मिला बस्नेतको साथमा प्रस्तुत गरेका थिए । कार्यक्रम चलिरहदा थुप्रै किसिमका प्रस्तुतिहरु झापालीहरुले प्रस्तुत गरिरहेका थिए । झापाली समाजमा आजीवन सदस्यका रुपमा रहेका सम्पूर्णलाई प्रमाण पत्र तथा उल्लेखनिय भूमिका निर्वाह गरेकालाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा झापाली समाजले गत फेब्रुवरीमा सञ्चालन गरेको चिठाको नतिजा पनि सार्वजनिक गरिएको थियो ।