गृहपृष्ठ » मुख्य समाचार, समचारखोलाले बगाउँदा २ जनाको मृत्यु

खोलाले बगाउँदा २ जनाको मृत्यु

August 10, 2015२४१ पटक

Mahakali River
भीमदत्तनगर, २५ साउन-खोलामा दाउरा निकाल्ने क्रममा सोमबार बाजुरामा एक बालकको मृत्यु भएको छ ।

 

स्थानीय बाउली खोलामा दाउरा निकाल्ने क्रममा बडीमालिका नगरपालिका–१२ गडखेतका नौ वर्षीय ओमकार बडुवालको खोलाले बगाउँदा मृत्यु भएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

 

यसैबीच खोला तर्ने क्रममा बेपत्ता बझाङ व्यासी गाविस–३ का रमेशबहादुर धामी सोमबार मृत फेला परेका छन् । गत शनिबार सदरमुकाम चैनपुरमा श्रीमतीको स्वास्थ्योपचार गरेर फर्किँदै गरेका धामी स्थानीय थलाडीगाड खोला तर्ने क्रममा बगेर बेपत्ता भएका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण