“यहाँको घरमा छोरी-चेली छैनन् ?” फेसबुक प्रयोगकर्तालाई प्रियंका कार्कीको पत्र
प्रियंका कार्कीले आफ्नो फेसबुकको स्टाटस मार्फत सबै नारी जातिलाई आफ्नो आमा दिदी बहिनीलाई जस्तै व्यवहार गर्न आग्रह गरेकी छिन् । उनले यो कुरा आफ्नो फेसबुक पेजमा केही प्रयोगकर्ताद्धारा प्रयोग गरिएको छाडा तथा अश्लिल कमेन्टको बिरुद्धमा गरेकी हुन् ।
यहाँहरुको घरमा छोरी-चेली छैनन? एक पटक सोच्नुस त, तपाइको घरको दिदी-बहिनी, आमा, भाउजू, छोरी हरु माथी येस्तो शब्द कसैले प्रयोग गर्दा, तपाइलाइ कस्तो महसुस हुन्थ्यो?? ठिक त्येस्तै महसुस हुदो होला नि मेरा बुबा, आमा, भाइ र अन्य परिवारका सदस्यहरुलाइ।
उनले आफ्नो फेसुबक पेजमा निकै भाबुक हुदै सम्पूर्ण नेपाली कलाकारलाई सम्मान गर्न समेत आग्रह गरेकी छिन् ।
हामी कलाकार दिन रात मेहेनत गर्छौ। घरी फिलिम शुटिङ, घरी कार्यक्रम। दशै, तिहार, चाड पर्व केही न सोची यहाँहरुलाइ मनोरंजन दिन घरी कतार, घरी मलेसिया त घरी अस्ट्रेलिया पुग्छौ। के को लागिरु येहि आलोचना खप्नको लागिरु कति चित्त दुख्छ होला सोच्नुस।
हेर्नुस् उनको फेसबुक स्टाटस
प्रस्तुती : अर्जुन बि.क.