गृहपृष्ठ » मुख्य समाचार, राजनीतिप्रहरी दमन विरुद्धमा दलित अधिकार कर्मि पुनः धर्नामा बस्दै

प्रहरी दमन विरुद्धमा दलित अधिकार कर्मि पुनः धर्नामा बस्दै

August 5, 2015५१४ पटक

नयाँ संविधानमा आफ्ना सवालहरुको सुनिश्चितताको माग गर्दै शान्तिपुर्ण धर्नामा बसेका दलित अधिकारकर्मीहरु माथी हिजो प्रहरीले लाठी प्रहार गरेको विरोधमा आज पुनः विरोध प्रर्दशन गर्ने भएका छन् । नयाँ संविधानको मस्यौदामा दलित समुदायका सवाललाई समावेश नगरेको विरोधमा विभिन्न दलित अधिकारकर्मीहरुले बानेश्वरमा गरेको शान्ति पुर्ण धर्ना तथा १ घण्टे चक्काजामको कार्यक्रममा प्रहरीले दमन गर्दा २६ जना अधिकारकर्मीहरु घाईते भएका थिए । आफुहरुको शान्ति पुर्ण कार्यक्रममा प्रहरीले दमन गरेको विरोधमा मध्यान्ह १२ बजे देखि १ बजेसम्म विरोध र्याली तथा प्रर्दशन गर्ने काँग्रेस सभासद मानबहादुर विश्वकर्माले जानकारी दिनुभयो । नेपालवाणी नेटवर्कसंग कुरा गर्दै काँग्रेस सभासद तथा नेता विश्वकर्माले आफ्ना अधिकारलाई नयाँ संविधानले कुन्ठित गर्न खोजेको भन्दै आन्दोलनको विकल्प नभएको बताउनुभयो । उहाँले आफुहरुको शान्तिपुर्ण धर्नामा प्रहरीले गरेको दमनको विरोधमा गृहमन्त्रिको राजिनामाको माग पनि गर्नुभयो । अधिकारकर्मीमाथि प्रहरीले लाठी चार्ज गर्दा सभासद तथा काँग्रेस नेता मानबहादुर विश्वकर्मा, एमाले सभासद जीतु गौतम, पुर्वसभासद् विनोद पहाडी लगाएतका २६ अधिकारकर्मी तथा सर्बसाधारण घाईते भएका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण