गृहपृष्ठ » खेलकुदराष्ट्रपती रनिङशिल्ड प्रतियोगिता सुरु

राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता सुरु

April 18, 2016२४६ पटक

शशिधर भण्डारी चैत्र ६ सोमबार
प्यूठान÷सातौँ राष्ट्रपती रनिङशिल्ड जिल्ला स्तरिय खेलखुद प्रतियोगिता आज देखि मुक्ती उच्च मा.वि.रातामाटामा सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित अन्तर माध्यामीक विद्यालय तहका विद्यार्थीहरुलाई सहभागि हुने गरी खेलकुद प्रतियोगिता सुरु भएको हो ।
जिल्ला खेलकुद विकास समिति प्यूठाको आयोजनामा जिल्लाका २० विद्यालयका बिद्यार्थीहरु सहभागिता भएको प्रतियोगिताको उद्घाटन ब्यबस्थापिका संसदका सदस्य माननिय धन बहादुर रायमाझिले गर्नु भएको हो । प्रतियोगितामा छात्र तथा छात्रा भलिवल प्रतियोगिता र एथ्लेटिक्स रहने रहने जिल्ला खेलकुद विकास समिति प्यूठानले जनाएको छ । कार्यक्रममा बोल्दै सांसद धन बहादुर रायमाझीले राज्य अस्थिर भएका कारण राष्ट्र खेलकुद क्षेत्रमा पछाडी परेको हुनाले यसलाई विकास गर्न जुट्नु पर्नेमा जोड दिनु भयो । जिल्लालाई खेलकुदमा विकास गर्न विद्यालय स्तरबाटै उठाउनु पर्ने भन्दै राष्ट्रपति रनिङशिल्ड प्रतियोगितालाई थोरै विद्यालयलाई सहभागि गराउनु भन्दा जिल्लाका सबै विद्यालयलाई सहभागि गराई खेलकुद महोत्सव गर्न सके खेलकुद क्षेत्रमा टेवा पुग्ने कुरा औल्याउनु भयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण