गृहपृष्ठ » राजनीतिजनताको शान्ति सुरक्षामा सरकार एक छिन पनि उदासिन हुदैन-गृहमन्त्री बस्नेत

जनताको शान्ति सुरक्षामा सरकार एक छिन पनि उदासिन हुदैन-गृहमन्त्री बस्नेत

April 18, 2016७९ पटक

काठमाडौं, वैशाख ६ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले देशका लागि अान्दोलन गर्न अावश्यक नरहेको बताएका छन् । ब्यक्तिका मागै पिच्छे अान्दोलन नहुने गृहमन्त्री बस्नेतले दाबी गरे ।
मधेसी मोर्चाले फेरि आन्दोलन गर्ने तयारीसहित राजधानीमा अवधारणापत्र सार्वजनिक गरिरहेको बेला रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘जनताले अहिले कुनै पनि आन्दोलनको औचित्य महसुस गरेको छैन । धेरै विषय संविधानले संवोधन गरिसकेको छ । जनताले अनुमोदन नगरेको आन्दोलन कुनै उद्देश्य पूरा गर्दैन ।’

उनले जनताले नचाहेकै कारण मधेसी मोर्चाको पहिलेको आन्दोलन तुहिएको बताए । उनले राजनीतिक तवरबाट समाधान गर्ने कुरा भए पनि मुलुकको शान्ति सुरक्षा र जनताको जिउधनको सुरक्षामा सरकार एक छिन पनि उदासिन नहुने स्पष्ट पार्दै सरकार जस्तो सुकै परिस्थितिको सामाना गर्न पनि तयार रहेको बताए ।

उनले केही ब्यक्तिले चाहादैमा सरकार नढल्ने बताउँदै अहिले सरकार ढाल्नु पर्ने कुनै आवश्यकता नहरेको स्पष्ट पारे ।

उनले भने, ‘मधेसीले उठाएको जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र समावेशी समानुपातिक प्रतिनिधित्वको माग पूरा भइसकेको छ । अब पनि संविधानको कार्यान्वयन अवरुद्ध पार्ने कुराले राष्ट्रलाई मद्दत गर्दैन ।’ उलने छलफल र संवादको माध्यमबाट सबै समस्याको समाधान खोज्न पनि आह्वान गरे ।

उनले मधेसी मोर्चाले उठाएजस्तो सीमांकन पुरै देशको नभई केही क्षेत्रको समस्या मात्रै भएको भन्दै यसमा जनताको एक हिस्साले एउटा र अर्को हिस्साले अर्को कुरा गर्ने गरेकोले यो छलफलबाट मात्रै समाधान गर्न सकिने बताए ।

भूकम्पपछिको पुन:निर्माणमा भएको ढिलाई अहिलेको सरकारको कारण नभएको दावी गर्दै उनले पुन:निर्माणको कामले केही बर्ष लिने भएकाले भूकम्पलगत्तै भूकम्पपीडितका लागि अस्थायी आवासको ब्यवस्था गर्ने निर्णय गर्न नसक्नु कमजोरी भएको बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण