गृहपृष्ठ » समचारप्यूठानी तारालाई अभिनन्दन

प्यूठानी तारालाई अभिनन्दन

April 19, 2016८८ पटक

शशिधर भण्डारी प्यूठान÷ प्यूठानी तारा सिजन थ्रीबाट तारा बनेका प्यूठानीताराहरु अभिनन्दित भएका छन् । प्यूठानी ताराहरु सिजन थ्रि का ताराहरुलाई हाम्रो एकता साप्ताहिकले स्वागत तथा अभिनन्दन कार्यक्रम मार्फत सम्मान गरेको हो ।

गत वैशाख ४ गते भव्य समारोह बीच तीन विधाबाट तारा घोषीत भएका नृत्य तारा मालिका मल्ल र गायन तारा चिराग मगरलाई सम्पादक सुशिल पोखरेल र सल्लाहकार मोहन गिरीले संयुक्त रुपमा अविर टिका,कदर पत्र दोसल्लाले सम्मान गर्नु भएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले प्यूठानी तारा घोषीत भएपछि घोषणामा मात्र सिमित नभई आगामी दिनहरुमा प्रतिभालाई निरन्तरता दिनु पर्नेमा जोड दिएका छन् ।

हाम्रो एकता साप्ताहिक सम्पादक तथा प्रकाशक सुशील पोखरेलको अध्यक्षता, सल्लाहकार मोहन गिरीको प्रमुख आतिथ्यता तथा हाम्रो एकता पत्रिकाका पत्रकार शशिधर भण्डारीको स्वागत मन्तब्य संगै भएको कार्यक्रममा प्यूठानी तारा सिजन थ्री मुल आयोजक समितिका संयोजक नोमराज पौडेल, सहआयोजक स्वर्गद्धारी टेलिभिजनका सञ्चालक विनोद भण्डारी,लगायतले मन्तब्य राख्नु भएको थियो । यसै गरी सोमबार जिल्ला खेलकुद विकास समितिले गरेको राष्ट्रपति रनिङ्गशिल्ड कार्यक्रमको उद्घाटन समारोहमा पनि सभासद माननिय धन बहादुर रायमाझि तथा मध्यपश्चिमाञ्चल स्तरिय खेलकुद परिषदका क्षेत्रिय अध्यक्ष भिम वलीबाट सम्मान तथा अभिनन्दित गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण