नेपालको धमिलो राजनीतिको फाइदा उठाउँदै सुनसरीमा फेरि भारतले भूमि मिच्यो
सुनसरी, २६ साउन– सुनसरीका ११ गाविसमा हजारौं विघा जमिन अतिक्रमण गरी भारतले बस्ती बसाएको छ । नेपालतर्फको भूभाग अतिक्रमण गरी भारत पक्षले वस्ती बसाएपछि सुनसरीबासीले अतिक्रमित नेपाली भूभाग खाली गर्न माग गरेका छन् ।
भारतको बिहार राज्यअन्तर्गत सिमाना जोडिएको सुनसरीका हरिपुर, श्रीपुर, लौकही, नरसिंह, वसन्तपुर, घुस्की, देवानगन्ज, कप्तानगन्ज, साहेबगन्ज, राजगन्जसिनवारी, अमडुवा गाविसको जमिन अतिक्रमण गरी भारतले बस्ती बसाएको छ । भारतले दसगजा क्षेत्र र नेपालतर्फको भूभाग अतिक्रमण गरी बसोबास गराउँदा समेत स्थानीय प्रशासन बेखबर छ ।
–अन्नपूर्ण पोस्टबाट