गृहपृष्ठ » मनोरञ्जनधोखा दियौ एकै बर्षमा भन्दै गायक नौलो किरण ( भिडियो सहित )

धोखा दियौ एकै बर्षमा भन्दै गायक नौलो किरण ( भिडियो सहित )

April 19, 2016२८९ पटक

कमल न्यौपाने ।

Untitledनेपाली लोक दोहोरिको क्षेत्रमा छोटो समयमा चर्चा कमाईसकेका नव प्रतिभावान गायक किरण चापागाई (नौलो किरण) आफ्नो नौलो प्रस्तुती लिएर फेरी दर्शक समक्ष आईसकेका छन । गीत गायन र लेखन संगै संगितमा पनि आफुलाई अघी बढाईरहेका किरणले एकै बर्षमा बोलको नयाँ गीतको अडियो र भिडियो युट्युबमार्फत सार्वजनिक गरेका छन । तेजेन मल्लको शब्द रचना रहेको उक्त गीतमा गायक किरणको साथमा मिरा पोखरेलको आवाज रहेको छ । कबिना म्युजिक प्रालिको प्रस्तुतिमा दिपक कंडेलको एकै बर्षमा बोलको गीतमा शंकर शर्माले लय भरेका छन । गीतको एरेन्ज पछील्लो समयका ब्यस्त एरेन्जर केशब बडुले गरेका छन ।
कोरियाका थुप्रै रमणिय स्थानमा स्थानमा गीतको भिडियो छायांकन गरिएको छ । दिपक र जिनाको अभिनय रहेको उक्त भिडियोलाई सज्जन कुमार सिंहले निर्देशन गरेका छन । निकै नै मार्मिक शब्द सहित तयार गरिएको उक्त भिडियोलाई दिपक स्टारले छायांकन गरेका हुन । आफुले माया गरेको मान्छेले एकै बर्षमा धोखा दिदा पर्न गएको पिडालाई गीतले स्थान दिएको छ । आफुले जीवन भरिको लागि साथ खोजेको तर निष्ठुरिले एकै बर्षमा छोडि जादा एक्लो परेको भन्दै कलाकारले दुखेसो पोखेका छन । आफुले मनले माया गर्ने मान्छे खोजे पनि आफ्नो माउालुले पैसा र धनको खोजी गरेकोले आफु दुखी हुन परेको जस्ता भाव गीतले प्रस्तुत गरेको छ ।

गीतको एक अंश एस्तो रहेको छ ।
जीवन भरी खोज्याथे तिम्रो साथ
बर्ष पुग्न नपाउदै गर्यौ घात
खुशीले मन भेट्दा हर्षमा
हास्थे खेल्थे बगाउथे यि आशु, धोखा दियौ एकै बर्षमा

एकै बर्षमा बोलको गीतको भिडियो हेर्नको लागि तलको लिन्क्मा क्लिक गर्नुहोला ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण