गृहपृष्ठ » आफ्नै खबर, साहित्यदेवदहमा सलामीको गजल सङ्ग्रह मैले देखेको दुनियाँको परिचर्चा हुने

देवदहमा सलामीको गजल सङ्ग्रह मैले देखेको दुनियाँको परिचर्चा हुने

April 20, 2016४८२ पटक

उज्यालो लाल्टिन, देवदह, बैसाख ८। युवा गजलकार विपिन सलामीको गजल सङ्ग्रह मैले देखेको दुनियाँको परिचर्चा कार्यक्रम देवदहमा हुने भएको छ । उज्यालो लाल्टिनको आयोजनामा बैसाख १० गते कार्यक्रम हुने कार्यक्रमका संयोजक युवराज लामिछानेले जानकारी दिनुभयो । उक्त संग्रह माथि साहित्यकार निर्मल ढुङ्गाना, राजिव सापकोटा, यज्ञ प्रसाद न्यौपाने लगायतले परिचर्चा गर्नुहुने भएको छ । पछिल्लो समय देवदह साहित्यको उर्वरभूमि वन्दै गएकाले पनि यो कार्यक्रमले अझ महत्व राख्ने उज्यालो लाल्टिनका निर्देशक अर्जुन बि.क.ले बताउनुभयो । कार्यक्रममा रुपन्देही, कपिलवस्तु तथा नवलपरासीबाट समेत सहभागिता रहने संयोजक लामिछानेले जानकारी दिनुभयो ।bipin

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण