गृहपृष्ठ » मनोरञ्जन, मुख्य समाचारराजेन्द्र पुरी भन्छन : हाम्रो बदनाम गर्न खोजियो, प्रियशी माथीको आरोप झुठो

राजेन्द्र पुरी भन्छन : हाम्रो बदनाम गर्न खोजियो, प्रियशी माथीको आरोप झुठो

April 20, 2016३७३ पटक

उज्यालो, ८ बैशाख
प्रियशी   म्युजिक प्रालिका प्रबन्ध निर्देशक राजेन्द्र पुरीले आफू माथी लगाइएको आरोपको खण्डन गरेका छन। मंगलबार उज्यालो लालटिनसंगको  टेलिफोन कुराकानीमा उनले आफू र म्युजिक कम्पनी माथी लगाइएको  आरोप झुठो भएको बताएका हुन।कलाकार नपठाएर म्युजिक कम्पनिले ठगी गर्यो भनी विभिन्न अनलाइन पोर्टल मार्फत छापिएको खबरमा कुनै सत्यता नभएको भन्दै उनले आफुसंग मिडियाले एकचोटी पनि नसोधी एकतर्फी खबर छापेको प्रती आपत्ती जनाए।

यसकारण कलाकार पठाउन सकिएन

प्रियशी म्युजिक कम्पनिका प्रबन्ध निर्देशक राजेन्द्र पुरीले  मलेसिया स्थित आयोजक मेचिमहाकाली युवा समुहले समय मै स्पोन्सर पठाउन नसकेकाले आफुहरुले कलाकार पठाउन नसकेको बताएका छन।आयोजकले नक्कली स्पोन्सर पठाएकाले भिसा नलागेर टिकट रद्ध भएपछी कलाकार पठाउन नसकेको उनले बताए।
“मलेसियाको स्पोन्सर नपठाए सम्म कोहि उड्न पाउदैन।”उनले भने” यस्को दोषि हामी छैनौ।”मैले मध्यस्तता मात्र गरेको हुं।”
कम्पनीले कलाकार समबन्धी कुनै काम गरेको छैन।

महानगरिय प्रहरीबाट निर्दोष ठहर

पैशा कति आएको थियो? 

कलाकारलाई मलेसिया पठाउनका लागि आयोजक मलका कन्सर्ट बाट आएको पैसा १ लाख ५२ हजार   हो  र कलाकार एग्रीमेट मा पार्बती राइले लिएको ८0 हजार राधिका हमालले लिएको २५ हजार र टिकट दुइ वटा एयर एसिया र एमबिसी  खर्च गरि  जम्मा दुइ लाख ५ हजार खर्च भएको थियो र आयोजक ले स्पोनसर न दिना ले यस्तो भएको हो। अहिले जुन मितिमा भएको रसिदको पैसा मैले पाएको थिएन तर किन सार्बजनिक गरि कम्पनीको र मेरो बदनाम भयो उनी  थप भन्छन। राधिका हमाललाई गरेको एग्रीमेण्ट अनुसार पूरा पैसा दिन सकेको छैन। कलाकार बुक गरि सके पछि आयोजक ले लैजान नसक्दा पूरा पैसा लिने कलाकार को अधिकार छ भनेर कलाकारबाट पैसा फिर्ता भएन र टिकट पनि फिर्ता भएन।ठगी प्रकरण बारे आयोजक मलका बाट अपराध महाशाखाले प्रबन्ध निर्देशक पुरीलाई सफाइ दिइसकेको छ।
प्रहरिले म्युजिक कम्पनी मालिक, निर्देशक राजेन्द्र पुरी र कलाकार समेतलाइ उपस्थित गराइ बुझ्बुझार्थ गरे पश्चात् उनलाइ निर्दोष ठहर गरेको हो।

राजेन्द्र पुरी संग भएको कारोबार र उनिसंगको रिसिबी लाइ लिएर प्रियशी    कम्पनी माथि आरोप थोपरेको बताइन। उनले आयोजकले आफ्नो कम्पनीको नाम जोडेर आफ्नो पेशा र ब्यबसाय माथी नै धव्वा लगाउन खोजेको बताइन।

प्रियशी  माथीको आरोप झुठो

प्रियशी म्युजिक कम्पनीले भने यो कार्यक्रममा आफुसंग कुनै किसिमको सम्झौता नभएको दाबि गरेको छ। प्रियशी म्युजिक कम्पनीकि संचालिका बबिता श्रेष्ठ मलेकुले  राजेन्द्र पुरी संग भएको कारोबार र उनिसंगको रिसिबी लाइ लिएर प्रियशी    कम्पनी माथि आरोप थोपरेको बताइन। उनले आयोजकले आफ्नो कम्पनीको नाम जोडेर आफ्नो पेशा र ब्यबसाय माथी नै धव्वा लगाउन खोजेको बताइन।सँचालक र म्युजिक कम्पनीसँग समझौता र चिनाजानी नै नभइ आयोजकले आफुहरुलाइ लाखौ रुपैयाँ ठगीको आरोप लगाउनु दुखद भयको बताउदै प्रहरीले आफुहरुलाइ निर्दोश ठहर गरिसकेको समेत जानकारी दिइन। प्रियशीले प्रष्टोक्ती दिदै भनेको छ।कम्पनी र आयोजक बिच न कुनै सम्झौता भएको छ न सम्बन्ध नै।

यस्तो छ  म्युजिक कम्पनी र पुरी माथी लागेको आरोप

मलेसियामा सक्रिय एक नेपाली युवा समुह र नेपाल स्थित एक म्युजिक कम्पनी बिचको बिबाद चुलीएको छ । मेची महाकाली युवा समुह मलक्का र भक्तपुर ठिमी स्थित प्रियसी म्युजिक कम्पनिबिचको बिबाद सामाजिक सञ्जालहरुमा छताछुल्ल बन्न पुगेको हो ।
प्रियसी म्युजिकले गत फेब्रुवरीको चिनिया नया वर्षमा मलेसिया कलाकार पठाउने जिम्मा लिएर पनि नपठाएको एवं आयोजकसंग लिएको रकम फिर्ता नगरेको युवा समुहको आरोप छ । युवा समुहले आयोजना गरेको मलक्का कन्र्सटमा कलाकार पठाउने जिम्मा प्रियसी म्युजिकका प्रवन्ध निर्देशक राजेन्द्र पुरीलाई दिंदै पटक पटक गरि १ लाख ७८ हजार ८ सय पठाएको बताएको छ ।

स्पोन्सर पठाउन नसकेका कारण कलाकार पठाउन नसकिएको बताउंदै   म्युजिक कम्पनिको नाम बदनाम गर्न खोजिएको प्रतिक्रिया दिएका छन् । रकम लिएर निर्देशक पुरीले कलाकार नपठाएको आरोप

कार्यक्रममा लागी राष्टियस्तरका कलाकार पठाईदिन्छु भन्दै रकम असुलेर निर्देशक पुरीले कलाकारको भिषा नलागाइदिदा सो कार्यक्रममा चर्चित कलाकारहरु आउन नपाएको युवा समुहद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ । उता प्रवन्ध निर्देशक पुरीले आफुमाथी लागेका आरोपहरुको खण्डन गर्दै आयोजकले नै स्पोन्सर पठाउन नसकेका कारण कलाकार पठाउन नसकिएको बताउंदै   म्युजिक कम्पनिको नाम बदनाम गर्न खोजिएको प्रतिक्रिया दिएका छन् । रकम लिएर निर्देशक पुरीले कलाकार नपठाएको आरोप लगाएको छ । आयोजक युवा समुहले निर्देशक पुरीले कार्यक्रममा धोका दिएकाले आफुहरुबाट लिएको रकम फिर्ता हुनु पर्ने माग गर्दै आएको छ ।

विभिन्न अनलाईनमा प्रकाशित समाचार हेर्नुहोस्










१०
११
१२

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण