गृहपृष्ठ » पत्रपत्रीका, समचार२१ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

२१ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

April 20, 2016११८ पटक

काठमाडौं, वैशाख ८ । सरकारले विभिन्न २१ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो ।

आठ जना परराष्ट्र सेवाका, अरु सबै भागबन्डामा
नियुक्तिका लागि सिफारिस भएकामध्ये आठ जना परराष्ट्र सेवाका सहसचिव छन् । बाँकी सबै राजनीतिक भागबन्डाका आधारमा सिफारिसमा परेका छन् । परराष्ट्र सेवातर्फबाट दुर्गाबहादुर सुवेदी बेलायत, रमेश खनाल जर्मनी, झविन्द्र अर्याल इजिप्ट, लोकबहादुर थापा बेल्जियम, प्रकाश सुवेदी अस्ट्रिया, ताराप्रसाद पोखरेल ब्राजिल, ऋषिराम घिमिरे म्यानमार र सेवा लम्साल अधिकारी पाकिस्तानका लागि सिफारिस भएका छन् ।

तीन पूर्वमन्त्री पनि सिफारिस
सिफारिसमा परेकामध्ये तीन पूर्वमन्त्री पनि छन् । राजदूत सहसचिवस्तरको पद हो । चीनका लागि राजदूत सिफारिस गरिएका महेन्द्रबहादुर पाण्डे पूर्वपरराष्ट्रमन्त्री हुन् । त्उस्तै, दक्षिण कोरियाका लागि सिफारिस गरिएका युवराज कार्की पनि पूर्व सामान्य प्रशासनमन्त्री हुन् । उनीहरु दुवै एमाले नेता हुन् ।

रसियाका लागि राजदूत सिफारिस भएका निरज थापा पञ्चायतकालमा मन्त्री भइसकेका व्यक्ति हुन् । उनी राप्रपा नेपालका उपाध्यक्ष हुन् ।

अरु लक्की शेर्पा अस्ट्रेलिया, नारदनाथ भारद्वाज श्रीलंका, डा. महेन्द्रबहादुर सिंह कतार, खड्क केसी जापान, डा. भरतबहादुर रायमाझी युएई, पदम सुन्दास बहराइन, खजेन्द्र बस्नेत बंगलादेश, शिवमाया तुम्बाहाम्फे इजरायल र अलि अख्तर मिकरानी साउदी अरेबियाको लागि राजदूत नियुक्त भएका छन् । आजको नयाँ पत्रिका दैनिका खबर छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण