फुको चिउराले रात काटे
साङ्गीतिक क्षेत्रमा लागेर नाम दाम कमाउने रहर सबैलाई हुन्छ । त्यसै माथि आफु स्टार भएर सबैको वाहा वाहा हुने मन कसलाई पो हुँदैन र ? नेपाली साङ्गीतिक क्षेत्रमा लागेर खाली हात राजधानी छिरेका कलाकार राम्रै ब्यवस्था गरेर बस्न सक्ने भएका छन । कति साङ्गीतिक क्षेत्रमा लागेर जिवन यापन गर्न नसकिने भन्दै बिदेश पलाएन पनि नभएका भने होइनन यद्दपी कलालाई सम्मान गरेर संर्घष गर्नेहरुले भने मनग्गे नाम र दाम कमाइरहेका छन । तिनै संर्घषका क्षणलाई सम्झदैछन कलाकार भरत समरी । उज्यालोका सम्पादक टक सुनारले भरत समरी संग गर्नु भएको कुराकानीको सम्पादित अंश ………….
उज्यालोमा यहाँलाई स्वागत छ ।
धन्यबाद ।
आरामै हुनुहुन्छ ?
हजुर ठिकै भन्नु पार्यो ।
आजभोलीको ब्यस्तता के मा छ ?
गित सङ्गीत स्टेज कार्यक्रम यस्तै हो ।
यहाँ संग थोरै ब्यक्तिगत कुरा गरौँ है ।
हुन्छ नी किन नहुनु ।
गित सङ्गीतमा नै किन लाग्नु भयो ?
यसको कारण मेरो बाबा र दाजु हुनुहुन्छ । म उहाँहरु जस्तो गुमनाम हुन चाहान्थेन ।
अलि बुझाइदिनुहोस न ।
मेरो बाबा र दाजुको नाम चलाउन चाहान्थेँ ।
उहाँहरु कहाँ हुनुहुन्छ त ?
उहाँहरु यो संसारमा हुनुहुन्न ।
यहाँको बाल्यकाल कस्तो रह्यो ?
मेरो बाल्यकाल दर्दनाक रह्यो भन्दा हुन्छ । मेरो बाबा र दाजुको हत्या भए पश्चात सम्पुर्ण जिम्मेवारी मैले नै बहन गर्नु पर्यो । मैले बालक काल राम्रो संग भोग्न नै पाएन । अहिलेका बच्चाहरुले जस्तो गुडिया खेल्न पाएन त्यही भएर आजभोली केटा केटी गुडिया खेलेको देख्दा रमाइलो लाग्छ ।
जिन्दगीमा कहिल्यै भोकै बस्नु भएको छ ?
म संग यस्ता भोगाइहरु अनगिन्ती छन ।
अविस्मरणीय क्षण ?
एक पटक पिउने पानी किन्ने पैसा नभएर फुको चिउरामा दालमोठ मिसाएर खाएका थियौँ त्यो क्षण कहिल्यै बिर्षन्न ।
भबिश्यको सपना ?
नाम र दाम कमाएर बाबा र दाजुको हत्यारालाई कारबाही गराउने ।
साच्चै तपाइको दाजु र बाबालाई हत्या चाहीँ कस्ले गरेको थियो ।
पैसाको लागि हत्या गरिएको थियो । हामी गरिब थियौँ त्यसकारण पैसा दिएर घटनालाई आत्महत्या बनाइएको थियो । नेपालको अवस्था यस्तै छ बाकी आफै बुझ्नुहोस …………..यति भन्दै गर्दा उनको अनुहार मलिन देखिन्थ्यो ।