गृहपृष्ठ » शिक्षामधुमेहका रोगीले खानैपर्ने नौ खानेकुरा-जानी राखौ

मधुमेहका रोगीले खानैपर्ने नौ खानेकुरा-जानी राखौ

April 20, 2016१६८ पटक

Capture-405-696x454रगतमा चिनीको मात्रा बढी हुने भएकाले मधुमेह रोगीले जे पायो त्यही खानेकुरा खानु हुँदैन । यो एक दीर्घ रोग भएकाले रोगीले खाना खाँदा निकै होस पुर्‍याएर खानुपर्छ । यसका साथै यस्ता रोगीले सीमित खानेकुराहरू नियमित र ठिक्क मात्रामा खान आवश्यक छ । यहाँ हामी तपाईंलाई यस्ता खानेकुराको बारेमा जानकारी दिंदैछौं जुन मधुमेह नियन्त्रणका लागि खान अत्यावश्यक छ ।

भनिन्छ, दिनको एउटा स्याउले डाक्टरलाई टाढा राख्दछ– विशेषगरी कार्डियोलोजिष्ट । सन् २०१२ मा ओहियो स्टेट युनिभर्सिटीले प्रकाशित गरेको जर्नलमा चार हप्तासम्म दिनमा एउटा स्याउ सेवन गर्नाले नराम्रो कोलेस्ट्रोललाई ४० प्रतिशतले घटाउने गर्दछ । कोलेस्ट्रोल एउटा यस्तो तत्व हो जसले मुटु रोगलाई सहयोग गर्दछ ।
यसका साथै स्याउमा मधुमेह कम गर्ने तत्व पनि पाइने गर्दछ । हाभार्ड स्कूल अफ पब्लिक हेल्थले दुई लाख मानिसहरूको स्वास्थ्यस्थिति जाँच गर्दा हप्तामा पाँच वा सोभन्दा बढी स्याउ खाने मानिसहरूमा मधुमेहको खतरा २३ प्रतिशतले कम हुने गर्दछ ।

२) कुरिलो:
स्वादको दृष्टिकोणले मात्र हेर्ने हो भने पनि कुरिलो धेरैजसो मानिसहरूको मनपर्ने तरकारी हो । के तपाईंलाई थाहा छ, कुरिलोमा ५ ग्राम कार्बोहाइड्रेट, २० क्यालोरी र करिब २ ग्राम फाइबर पाइने गर्दछ । यसमा विशेषगरी ग्लुताथायन नामक एन्टिअक्सिडेन्ट पाइने भएकाले यसले बुढ्यौलीको असरलाई फिक्का बनाउने गर्दछ भने विभिन्न रोगबाट मुक्त गराउँछ जस्तै मधुमेह, मुटुरोग र क्यान्सर ।
सन् २०१२ मा ब्रिटिश जर्नल अफ न्यूट्रिसनले गरेको एक अनुसन्धानका अनुसार कुरिलोले रगतमा चिनीको मात्रालाई राम्रो अवस्थामा राख्ने गर्दछ भने इन्सुलिनको मात्रालाई बढाउने कार्य गर्दछ ।
३) एभोक्याडो:
नास्पाती जस्तो देखिने फल एभोक्याडो स्वास्थ्यको दृष्टिकोणले निकै फाइदाजनक मानिन्छ । यो फलमा प्रोटिन, फाइबर, नियासिन, थाइमिन, राइबोफ्लेबिन, फोलिक एसिड र जिंकलगायतका तत्वहरू प्रचुर मात्रामा पाइने गर्दछ । एकेडेमी अफ न्यूट्रिसन एण्ड डाइबिटिजका अनुसार यसले कोलेस्ट्रोलको मात्रालाई घटाउनुका साथै मुटुरोगलाई पनि टाढा राख्ने गर्दछ ।
यसका साथै एभोक्याडो र मधुमेहबीच निकै सकारात्मक सम्बन्ध रहेको छ । सन् २००८ मा अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिसनले प्रकाशित गरेको एक रिपोर्ट अनुसार एभोक्याडो खाने महिलाहरूमा दोस्रो प्रकारको मधुमेह हुने खतरा २५ प्रतिशतले कम हुने गर्दछ ।
४) सिमी:
सिमीमा प्रचुर मात्रामा फाइबर पाइन्छ । साथै, यो प्रोटिनको राम्रो स्रोत मानिन्छ जसका कारण यसलाई मधुमेहका रोगीले आफ्नो खानामा संलग्न गर्न आवश्यक छ । सन् २०१२ मा गरिएको एक अनुसन्धानको अनुसार टुसा उम्रिएको सिमीको तरकारी दिनमा एक कप खाने गर्नाल्ऽे रगतमा चिनीको मात्रा सन्तुलित हुने गर्दछ भने ब्लड प्रेसर पनि कम गर्ने गर्दछ । अमेरिकन हर्ट एसोसियसनका अनुसार धेरै मात्रामा फाइबरको सेवनले हृदयघात हुनबाट पनि बचाउँछ ।
५) ब्रोकाउली:
ब्रोकाउलीमा बेटा–क्यारोटिन नामक एन्टिअक्सिडेन्ट पाइन्छ जसले मधुमेह रोगीलाई फाइदा पुर्‍याउँछ । यसमा भिटामीन ‘ए’ प्रचुर मात्रामा पाइने हँुदा दाँत, हड्डी, छाला र आँखालाई फाइदा पुर्‍याउने गर्दछ । यो फोलेट र फाइबरको खानी भएका कारण स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।
६) गाजर
गाजरलाई भिटामिन ‘ए’को खानीको रुपमा लिइन्छ । यो भिटामिन रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि आवश्यक तत्व मानिन्छ । यसले मधुमेह रोगलाई राहत प्रदान गर्दछ भने केही क्यान्सरबाट मुक्ति दिने मायो क्लिनिकले बताएको छ ।
७) माछा:
सन् २०१० को डायटरी गाइडलाइन फर अमेरिकाले हप्तामा दुईपटक माछा खान सुझाएको छ । माछामा ओमेगा–३ फ्याटी एसिड पाइने हँुदा यसले अरहाथमियास (असामान्य मुटुको धड्कन)को जोखिमलाई कम गर्ने गर्दछ । मधुमेहका रोगीले माछाको सेवन गर्नु लाभदायक मानिन्छ ।
८) लसुन:
खानालाई मीठो बनाउन हालिने लसुनमा औषधीय गुणसमेत रहेको छ । यसले उच्च कोलेस्ट्रोल, मुटु रोग, उच्च रक्त चाप र क्यान्सरको खतरालाई टाढा राख्ने गर्दछ ।
९) प्याज:
प्याजमा एन्टिअक्सिडेन्टको मात्रा बढी हुने भएकाले यसले मधुमेहका रोगीलाई फाइदा पुर्‍याउँछ । प्याजमा मुटुलाई फाइदा पुर्‍याउने फाइबर, पोटासियम र फोलेटजस्ता तत्व हुने भएकाले यसलाई खानामा संलग्न गर्न अत्यावश्यक छ । सन् २००२ मा अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिसनले गरेको अनुसन्धान अनुसार प्याजमा पाइने फ्लेभोनोइड क्वेरसेटिनले दीर्घ रोग लाग्नबाट बचाउँछ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण