गृहपृष्ठ » अार्थिकतीन महिने रत्न पत्थर प्रशोधन सम्बन्धि तालिम शुरु

तीन महिने रत्न पत्थर प्रशोधन सम्बन्धि तालिम शुरु

April 21, 2016१७६ पटक

भूमिराज जोशी
राजपुर, दिपायल बैशाख
घरेलु तथा साना उद्योग क्षेत्रीय कार्यालय राजपुर दिपायल डोटीले तीन महिने रत्न पत्थर प्रशोधन सम्बन्धि सीप बिकास तालिम सञ्चालन गरेको छ । बैशाख ३ गते अर्थात् गत शुक्रबार देखि असाढ मसान्तसम्म तालिम सञ्चालन हुने भएको कार्यालय प्रमुख माधब सुबेदीले बताए । उनले भने ‘हामीले अघिल्लो महिना मै तालिम सम्पन्न गरी सक्नुपर्ने थियो । बिबिध कारणले ढिलाई भएर यो समयमा तालिम सञ्चालन गरेका हौं ।’
नेपालीहरुमा जनचेतना नभएरै बिभिन्न खनिज पदार्थ, बहुमुल्य रत्न पत्थरहरु सधै खेर गइरहेका छन । सुदूरपश्चिमाञ्चल बिकास क्षेत्र दिपायलका क्षेत्रीय उप–प्रशासक धर्मानन्द जोशीले भने ‘अब हामीले पछाडि पर्नु हुदैन, मौकाको फाइदा लिनुपर्छ ।’ रत्न पत्थर प्रशोधनको लागि आफ्नै आँगनमा तालिम सञ्चालन भएपछि सबैले सीप सिक्नुपर्ने हुन्छ । उप–प्रशासक जोशीले भने ‘काम गर्ने हो भने हाम्रै वरिपरी भएका ढुगांहरु पनि उपयोगी रहेछन मलाई नी बल्ल थाहा भयो । अब हामीले यो सीप सिकेर ब्यवसाय गर्नुपर्छ ।’
हालसम्म नेपालका तीनवटा जिल्लाहरुमा यो तालिम लागु भएको छ । डोटी, सुर्खेत र धादिङमा रत्न पत्थर प्रशोधन सम्बन्धि तालिम दिएको तालिमका प्रशिक्षक तथा प्राकृतिक रत्न खोज तलास तथा उत्खननका बिषय बिशेषज्ञ राम प्रसाद देबकोटाले बताए । उनले भने ‘नेपालका बिभिन्न ठाँउहरुमा बहुमुल्य पत्थरहरु पाइन्छन । तीनलाई उपयोग गर्न सके राम्रो आम्दानी हुन्छ ।’
सुदूपश्चिममा मात्रै तीनवटा बहुमुल्य पत्थरहरु पाइने गर्छन । क्रिस्टल क्वार्ज, काइनाइट र टुरमालिन गरी तीनवटा रहेका छन । अछाम, डोटी, बझाङ बाजुरा र दार्चुलामा सबैभन्दा बढी बहुमुल्य खनिज रत्नहरुका खानीहरु भेटिएको प्रशिक्षक देबकोटाले बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण