गृहपृष्ठ » राजनीति‘सरकार होइन मुलुक बदल्ने कुरा गरौं’ ः भट्टराई

‘सरकार होइन मुलुक बदल्ने कुरा गरौं’ ः भट्टराई

April 21, 2016९० पटक

नेपालगंन्ज बैशाख ९-

एमाले सचिव योगेश भट्टराइले बर्तमान सरकार तत्काल परिवर्तन नहुने बताउनु भएको छ ।उहांले अहिले सरकार वदल्ने वेला नभई मुलुक वदल्ने वेला भएको वताउनु भयो । प्रेस चौतारी नेपाल बाँकेले आज नेपालगंन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराइले अहिलको सरकारको स्पष्ट वहुमत रहेका कारण गणित गडवढ हुने अवस्था नरहेको दावी गर्नुभयो ।

स्थानिय निकायको चुनाव गरेर मात्र यो सरकारले सत्ता हस्तान्तरण गर्ने उहांको भनाई थियो ।मुलुकलाई अग्रगामी दिशामा लैजानका लागी पनि कांग्रेश सरकारमा सहभागी बन्नुपर्ने भट्टराइले धारणा राख्नुभयो ।बर्तमान सरकारले नाकावन्दी खुलाउने , भारत संगको सम्वन्ध सुधार गर्ने र चिनसंगको परवहान सम्झौता लगाएतका महत्वपूर्ण काम गरेको तर भुकम्प पछिको पुर्ननिर्माणको काम सन्तोषजनक नभएको उहांको भनाई थियो ।

एमाले प्रवक्त्ता समेत रहनुभएका भट्टराइले कांग्रेश सरकारमा आए पनि नआए पनि संविद्यान कार्यान्वयनमा कुनै व्यवधान नहुने तर्क गर्नुभयो ।उहांले मधेश आन्दोलनको अव औचित्य सकिएकाले वार्ता र सम्वाद मार्फत समाधान खोज्न मधेशवादी दललाई आग्रह गर्नुभयो ।उहांले ७ प्रदेशको सिमांकन पनि कुनै हालतमा हेरफेर नहुने ठोकुवा गर्नुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण