गृहपृष्ठ » मनोरञ्जनचाहिदाको भाँडो लिएर आए सुजन न्यौपाने

चाहिदाको भाँडो लिएर आए सुजन न्यौपाने

April 22, 2016२०५ पटक

कमल न्यौपाने ।
हास्य बिधालाई मुख्य प्राथमिकताकासाथ सांगितिक यात्रा गरिरहेका सुजन न्यौपाने पछील्लो समय बिभिन्न मेला महोत्सबमा दर्शकलाई हसाउन ब्यस्त बनेका छन । हास्यब्यंगसंगै म्युजिक भिडियो निर्देशनमा पनि लागिरहेका सुजन एक प्रतिभाशाली कलाकारको रुपमा अघी बढीरहेका छन । सुजनले तीज,लोक दोहोरी र आधुनिक गरी अहिले सम्म करीब चार दर्जन भिडियोको निर्देशन गरिसकेका छन । बुटवलबाट हास्य अभिनय गर्दै यो क्षेत्रमा लागेका सुजनले आफ्नै प्रस्तुतिमा रहेको हाँसौ बिधान र लोकनाथ सापकोटाको बनाउ संबिधान बोलको गाईजात्रामा आफुलाई प्रस्तुत गरिसकेका छन । स्टेजमा ब्यंग गर्दै दर्शकलाई पेट मिचिमिची हसाउन सफल सुजनले छोटो समयमा निकै राम्रो सफलता हासिल गरेका छन ।

2
सुजनले अभिनय र निर्देशनसंगै पछोल्लो समय गायनमा पनि आफुलाई उतारेका छन । हालै बजारमा आएको चाहिदाको भाँडो बोलको गीतमा सुजनले स्वर भरेका छन । टी टाईम म्यूजिकको प्रस्तुतीमा रन्जित बाबु नराल (समर्पण)को ब्यङ्ग्यात्मक गीतमा सुजन स्वयम गायन, अभिनय र निर्देशनमा रहेका छन । उक्त गीतको शब्द रन्जित बाबु नराल (समर्पण)ले लेखेका छन । उक्त गितमा संगित एरेन्ज भने नरेश पाण्डेले गरेका हुन ।

गीतमा सुजन न्यौपानेले बास्तवीक जिवनसंग प्रत्यक्ष मेल खाने, साथिभाइहरुवाट बिस्वास घात गरेका प्रसंग त कहिले आफन्तसंग पैसाको बिवाद,प्रेमिकाले दिएको धोखा त कहिले राजनितिमा लागेर आम युवाले पाएको कष्टका बारेमा खुलेर गितमार्फत प्रस्तुती दिएका छन् ।

उक्त गित हालै टि टाईम म्युजिकको युट्युबमार्फत सार्वजनीक गरिएको छ । गितको म्यूजिक भिडियो बुटवल लगायतका आसपासका क्षेत्रमा छाँयाङकन गरिएको छ । भिडियोको छाँयांकन टंक केसीले गरेका हुन । विकास ज्वालीले सम्पादन गरेका छन ।
सुजन न्यौपाने आफैले अभिनय गरेको उक्त म्यूजिक भिडियोमा उज्जवल गिरी, प्रिया भण्डारी, ओमहरी, जनप्रपेमी तथा धुर्वको अभिनय देख्न सकिन्छ । उक्त म्यूजिक भिडियोको बजार ब्यवस्थापन टि टाइम म्यूजिकले गरेको छ ।

 

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण