गृहपृष्ठ » मुख्य समाचार, शिक्षा‘हामीलाई स्कुल भन्ने थाहा छैन’

‘हामीलाई स्कुल भन्ने थाहा छैन’

April 22, 2016१८६ पटक

भूमिराज जोशी बैशाख १० दिपायल

‘मेरा भेणा बार्खा हेर्नु पन्र्या उथा काँ होइ स्कुल झानु, हामुले स्कुल भन्न्या रायाकोइ नाइ’ बाजुरा पान्डुसैनका बालक लाक्पा थापाले भने आफ्नै रमाइलो भाषामा भने । ६ महिना गाउँमा र ६ महिना बाहिर बिताउने पान्डुसैन – ५ डिम्मरपानी र वडा नं. ९ पिपलडालीका दुई परिवार गत बुधबार बढीमालिका नगरपालिका २ पिनालेकमा पुगे ।
बाजुराको उच्च भूभागमा बसोबास गर्दै आएका यि परिवार हिउँदमा बेसी तिर झर्ने गर्छन । डिम्मरपानी जगत गुरुङ र पिपलडालीका लाल बहादुर थापाका परिवार बिगत केही बर्ष यता संगै बस्दै आएका छन् । गुरुङ र थापा परिवारका तीन जना बालबालिकालाई स्कुल भनेको थाहा नपाए झै भएको छ ।
बिद्यालय भर्ना हुने समयमा यि बालबालिकाहरुलाई बिद्यालय नै थाहा नभएको कुरा बताउछन ।
६ बर्षीया बालिका कल्पना गुरुङ, सात बर्षीय बालक लाक्पा थापा र तिनकै दाजु १४ बर्षीय गोम्बो थापा रहेका छन । गाउमा रहेको सत्य माबि नजिकै हुदाँ पनि परिवारिक कमजोरी र जनचेतनाका कमीले गर्दा शिक्षाबाट बञ्चित भएको गोम्बो थापा बताउछन । उनी भन्छन्, ‘कक्षा ५ सम्म त महिनाका दुईतीन पटक स्कुल गएर पढेकै हो, त्यसपछि सबैले पढेर काम छैन भने, त्यसैले भेडा हेर्न थाले ।’
थापा र गुरुङ परिवारको मुख्य पेशा भनेकै भेडा पालन हो । यो ब्यवसाय एकै ठाउँमा बसेर गर्न सकिदैन । चरिचराउन गर्नको लागि बिभिन्न ठाँउमा अस्थाइ टहरा बनाएर बस्नु पर्छ । बढी जंगल भएको ठाँउमा पाँच सात दिन र कम जंगल÷चरिचराउन भएको ठाउँमा दुइतीन दिन बस्ने गर्छन ।
हिँउदे याममा जाडोले गर्दा बस्न नसकेर बेसी तिर झर्ने गर्छन । ६ महिना जति बेसी तिर बिताएर बसन्त ऋतु संगै घरमा जाने गरेको लाल बहादुर थापाले बताए ।

एक्काइसौं सताब्दीमा आइपुग्दा पनि सुदूरपश्चिमको उच्च भूभागका बालबालिकालाई बिद्यालय नै थाहा नभएको देखिन्छ । देशभर यति वेला विद्यार्थी भर्ना अभियान चलिरहँदा यी दुई परिवारका बालबालिका कुन संसारमा छन भने जस्तै भएको छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा शिक्षासम्वन्धी विभिन्न खालका नारा तथा सम्मेलनहरु भइसकेका छन । भर्ना सम्बन्धि देशब्यापी अभियान चलिरहेको छ । “शिक्षा पाउनु जुनसुकै बालवालिकाको नैर्सगिक अधिकार हो” जस्ता नाराहरु प्रचार भइरहेका छन । भने यी बालबालिकाहरु भने कुनै संघसंस्था वा सरकारी निकायका नजर नपरे जस्तै देखिन्छन ।

२०६८ साल देखि निःशुल्क तथा अनिवार्य शिक्षा लागु भयो । सुदूपश्चिमका उच्च भेग बझाङको काँडा, बाजुराको बिच्छया, दार्चुलाको ब्यास गाबिस जस्ता ठाँउहरुमा शिक्षा लगायत जुनसुकै कुरामा जनचेतनाको कमी भएको पाइन्छ तर सरोकारवाला निकाय झन मौन बसेको छ ।
यसैको उदाहरणको पात्र बनेका छन पाण्डुसैन बाजुरा थापा र गुरुङ परिवार । जिल्ला स्तरमा शिक्षा तथा बालबालिका सम्बन्धी काम गर्ने सरोकारवाला निकायहरुले पनि वालवालिका सवालहरुमा चेतनामूलक, सन्देशात्मक कार्यक्रम, सेमिनर, गोष्ठि संचालन गरे यस्ता पछाडी परेका केही बस्तीहरुमा भने पुरानै समस्या दोहोरीने गरेको देखिन्छ ।

घरपरिवारको आर्थिक अबस्था एक्दमै नाजुक रहेकोले बालबालिका शिक्षाको पहुँचबाट बाहिरिनु परेको अभिभावक जगत गुरुङ बताउछन । उनले भने ‘हाम्रो गाविसमा काम गर्ने संघ सस्थाले र विद्यालयले बालबालिका प्रति अभियान संचानल ग¥यो भन्ने सुनेका थियौ, तर हामी जस्तालाई जानकारी गराइएन हामीलाई कसैले जानकारी दियो भने आफ्ना बालबालिकाहरुलाई पढाउथ्यौं ।’
यसै कुरालाई जोड्दै लालबहादुर थापाले भने ‘गाउँमा यस्ता बालबालिकाहरु थूप्रै रहेका छन । बर्सेनि बालबालिकाहरु चिसोका कारण ६ महिना हिमाली भेगबाट जाडो छल्न र भेडा बाखा्र चरिचराउनका निम्ति बसाइ सर्नुपर्छ’
थापा र गुरुङ परिवारमा अझै आशा छ, कसैको सहयोग पाए बालबालिकालाई शिक्षा दीक्षा दिने र गाउँनै उज्यालो बनाउने । हाम्रो पनि शुभकामना छ, कसैका सहयोगी हात जाउन र सरकारको ध्यान गएर शिक्षा देवस ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण