गृहपृष्ठ » बिचार/ब्लगगोर्खालीको बुद्धिमा सुधारको खांचो

गोर्खालीको बुद्धिमा सुधारको खांचो

April 22, 2016२९४ पटक

गेहराज थापा

यहाँ गोर्खाली भनेर नेपालका नेपालीलाई नै सङ्केत गरिएको हो । कतिपय विदेशी मुलकमा नेपालीलाई ‘गोर्खा’ भनेको पनि सुनिन्छ । यसलाई नेपालीहरुको पुरानो नाम नै मान्न पनि सकिन्छ । पृथ्वीनारायण शाहले नेपाल खाल्डो विजय गर्नुपूर्व उनको राज्य तथा राजधानी गोरखा नै थियो । काठमाडौं उपत्यका (नेपाल) सर गरेर त्यसलाई नै राजधानी कायम गरेपछि मात्र सिङ्गो देशको नाम पनि नेपाल रहन गएको हो । त्यसभन्दा पहिले गोरखा राज्य नै थियो र सिङ्गो मुलुककै वासिन्दालाई)गोर्खाली भन्ने गरिन्थ्यो । यसरी हामी पुरानो नामबाट भनिंदा गोरखाली र नयाँ नामबाट भनिंदा नेपाली हौं । हाम्रो बुद्धिलाई गोरखालीको बुद्धि भन्ने गरिएको छ । बुद्धिबारे चर्चा गर्दा कसैले गोर्खालीको बुद्धि पछिबाट आउँछ भन्छन् भने कसैले गोरखालीको बुद्धि पछाडि हुन्छ भनेको पनि सुनिन्छ । यदि साँच्चै नै व्यावहारिक रुपमा हामीहरुको बुद्धिमा कमीकमजोरी रहेको छ भने त्यसमा सुधार गर्नु नै पर्छ । यद्यपि गोरखाली बुद्धिलाई दोष दिनुको अर्थ नेपाली नागरिकहरु सबै बुद्धि नभएका वा कमजोर बुद्धि भएका छन् भन्नेचाहिँ पक्कै होइन तापनि विडम्बनाको कुरा के हो भने यहाँ औसत जनसङ्ख्याको मति कमजोर छ । आजको एक्काइसौं शताब्दीमा पनि नेपालले किन अपेक्षित विकास गर्न सकेन त ? भन्ने प्रश्नको जवाफ खोज्दा एउटै उत्तर आउँछ – गोर्खालीको बुद्धि भएन र त विकास पनि गर्न सकेन ।
के साँच्चै नै गोरखालीको बुद्धि नै नभएको हो त ? यस प्रश्नको सही उत्तर यो हो कि गोरखालीको बुद्धि त छ तर त्यो बुद्धि अलि सङ्कीर्ण भएको छ र अलि पछाडि वा निम्नतहमा पनि रहेको छ । अगाडि बुद्धि भएको भए विकासको पनि अग्रगमन हुने थियो । तर अगाडि बुुद्धि नभएको हुँदा विकासको पनि पश्चगमन वा अधोगति हुँदैछ ।
अब हाम्रो मनमा प्रश्न उठ्न सक्छ – के हाम्रो देश नेपालमा विकास नै नभएको हो त ? यतिका बाटाघाटा र सडकहरु के हुन् ? यति ठूला–ठूला शहर र भवनहस् के हुन् ? खानेपानी, विद्युत, टेलिफोन तथा अन्य सञ्चारका सामान र सुविधाहरु के हुन् ? एकतन्त्री राज्य व्यवुुुुुुुुुुुुुुस्थालाई फ्याँकेर बहुदलीय लोकतान्त्रिक गणतन्त्र आएको के हो ? वीर गोर्खाली भनेर संसारमा नाम कमाएको के हो ? आदि ।
हो, हुनत नेपाली सपूतहरुले ऐतिहासिक रुपमा अदम्य साहसका साथ वीरता प्रदर्शन गरेर ‘वीर गोर्खा ’ का नामले विश्वप्रसिद्ध नभएका पनि होइनन् । बलभद्र कुँवर, भक्ति थापा, अमरसिंह थापाजस्ता अनेकौं देशभक्त वीरहरुले मातृभूमिको रक्षार्थ आफ्नो प्राणको बाजी लगाएर पनि लडे । अर्कोतिर विश्वयुद्धको समयमा कुलबीर थापा, गजे घले जस्ता वीर सिपाहीहरुले अन्य मुलुकका लागि भएपनि लडेर भिक्टोरिया क्रसजस्ता पदकहरुबाट विभूषित पनि भए । नेपालीहरुको साहस, इमान्दारिता र वीरता देखेर विदेशी मुलुकले ‘गोर्खा भर्ती केन्द्र’ समेत खोले । यद्यपि यो राष्ट्रले गौरव गर्ने विषय भने होइन । हामीले सम्झिनुपर्ने कुरा के हो भने हामी वीर त भयौं , संसारले हामीलाई ‘वीर गोर्खा’ त भन्यो , तर बुद्धिमान गोर्खा भनेर हामी कहिल्र्यै परिचित भएका छैनौं । विश्वले हामीलाईं वीर गोर्खा भन्नृका दुईवटा अर्थ छन् ः एउटा हो –हाम्रा स्वाभिमानी पूर्खाहरुले आफ्नो देशको रक्षार्थ शत्रुहरुसँग बडो वीरतापूर्वक लडेको हुनाले हामीलाई) पनि वीर गोर्खा भनिएकोे । दोश्रो हो –नेपालीहरुलाई ‘वीर गोर्खा ’ भनेर फुक्र्याउँदै उनीहरुलाई) युद्ध मैदानको पहिलो चक्रव्यूहमा होम्ने रणनीति । अतः हामी ‘वीर गोर्खा ’को नामबाट जातिविति गौरवान्वित भएर फुर्किनुभन्दा आफ्नै माटो र जनताका निमित्त वीर बन्न सक्ने हुनुका साथै बुद्धिमान पनि बन्ने प्रयासमा लाग्नु छ ।
अहिलेको सन्दर्भमा भन्नुपर्दा यदि हामी विदेशी प्रभुत्ववाद र हैकमवादका अगाडि झुक्दैनौं , आफ्नो देशको सीमा सुरक्षाका लागि ज्यानको आहुति दिन पनि तयार हुन्छौं , आन्तरिक र वाहय दुबै प्रकारका अन्याय र ज्यादती विरुद्ध लडेर विजय प्राप्त गर्ने साहस राख्छौं अनि चोर,डाँका, अत्याचारी तथा भ्रष्टाचारीहरुलाई तह लगाएर समाजमा शान्ति सुव्यवस्था कायम गछौं भने हामी वीर हौं । यसप्रकारको वीरता प्रदर्शन गर्दै यदि देश विकासका लागि आवश्यक विभिन्न गुरुयोजना निर्माण गरेर त्यसको सफल कार्यान्वयनतिर उन्मुख हुन्छौं भने हामी वीरका साथै बुद्धिमान पनि भएको ठहरिनेर्छौ) ।
यसरी वीरका साथै बुद्धिमान बनेर देश निर्माणमा लाग्नु नैं आजको राष्ट्रिय आवश्यकता हो । यो आलश्यकता त्यत्तिकै पूर्ति हँुदैन । त्यसमा क्रान्तिकारी परिवर्तननको खाँचो छ । आजसम्म हाम्रो सरकार तथा राष्ट्रिय नेतृत्वको जेजस्तो चालामाला रहेको छ र हामीमा जेजस्तो प्रवृत्तिले बास गरेको छ, त्यसमा यदि उल्लेख्य रुपमा फेरबदल भएन भने हामी जस्ताको तस्तै रहने छौं । अतः परिवर्तन, अग्रगमन र विकासका लागि हाम्रो सरकार र नेतृत्ववर्गले अत्यन्त सजगता र कुशलताका साथ विभिन्न क्षेत्रको विस्तृत अध्ययनबाट आवश्यकताको पहिचान गरी गुरुयोजना निर्माण गरेर त्यसलाई क्रान्तिकारी ढङ्गले लागु गर्नुपर्दछ । गुरुयोजना तयार गर्दा हत्तपत्त उद्दृेश्य निर्माण गर्नु हुँदैन , पहिले सम्बन्धित क्षेत्रको विस्तृत अध्ययन गरी आवश्यकताको पहिचान गर्नुपर्छ अनि मात्र त्यसको आधारमा उद्देश्यको निर्माण गरी योजना बनाएर लागु गर्नुपर्दछ । योजनाकारको लागि अर्को महत्वपूर्ण कुरा विगतमा तर्जृमा गरिएका योजनाहरु किन प्रभावकारी भएनन् ? भनेर अनुसन्धान गर्नु र त्यसका कमी–कमजोरीहरु पत्ता लगाएर काम गर्नु पनि हो ।
हाम्रो देशको वर्तमान अवस्था हेर्दा के देखिन्छ भने यहाँको सरकार वा योेजनाकारहरुले या त देशको आधारभूत आवश्यकता पहिचान गरी योजना बनाएका छैनन् या त योजनाको प्रभावकारी एवं सफल कार्यान्वयन हुन सकेकोे छैन । त्यसको प्रत्यक्ष परिणामस्वरुप हाम्रो देश नेपाल आजसम्म पनि अत्यन्त अविकसित अवस्थामा छ । हामीले आफ्नो मुलुकलाई स्वच्छ, स्वस्थ, समुन्नत र सुन्दर बनाउन नसक्नु यसका विभिन्न महत्वपूर्ण अवयवहरुमा समुचित ध्यान पु¥याउन नसक्नुको परिणाम नै हो । सिङ्गो देशलाई एउटा मानव शरीरको रुपमा लिने हो भने अर्थतन्त्र (आर्थिक विकास) देशको मेरुदण्ड हो , शिक्षित जनशक्ति यसको मष्तिष्क हो , सरकार यसको मुटु हो र राष्ट्रियता (राष्ट्रप्रेम) यसको प्राणवायु हो । अतः कुरा स्पष्ट छ – ढाड भाँचिएमा पनि, मस्तिष्क राम्रो नभएमा पनि, मुटुले ठीक काम नगरेमा पनि, प्राणवायुमा खराबी वा कमी भयो भने पनि हाम्रो जीवन रहन्न । देशव्यापी रुपमा रहेका विकृति, अभाव, समस्या र आवश्यकताहरुको आधारमा भन्नुपर्दा वर्तमान नेपाल सरकारले कम्तिमा पनि निम्नलिखित आधारभूत क्षेत्रको विकासका लागि व्यावहारिक र प्रभावकारी गुरुयोजना बनाएर अघि बढ्नुपर्ने देखिन्छ ःः
(क) शैक्षिक गुणस्तर विकासको गुरुयोजना
(ख) नैतिक र राजनीतिक सभ्यता विकासको गुरुयोजना
(ग) कृषि विकासको गुरुयोजना
(घ) औद्योगिक विकासको गुरुयोजना
(१) शैक्षिक गुणस्तर विकासको गुरुयोजना ः
शिक्षा नै देशोन्नतिको मुहान हो । शिक्षा जति गुणस्तरीय हुुुुुुुुुुुुुुुुुुन्छ, राष्ट्रका लागि उति नै बढी सक्षम जनशक्ति उत्पादन गर्नं सकिने हुन्छ । गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि सरकारले आजसम्म प्रयासहरु गर्नुलाई सकारात्मक त भन्नुपर्छ , तर त्यसबाट अपेक्षा गरेजस्तो गुणस्तरीय शिक्षा हासिल हुन सकेको छैन । गुणस्तरीय शिक्षाको अभावमा गुणस्तरीय जनशक्ति हुँदैन र त्यसको परिणामस्वरुप प्रशासक, प्राविधिक तथा राजनीतिक नेता र कार्यकर्ताहरु पनि गुणस्तरीय हुन सक्तैनन् । गुणस्तरीय शिक्षा नपाएको प्राविधिक छ भने उसले राम्रो र सही प्रविधि अपनाएर काम गर्न सक्तैन । त्यस्तै यदि गुण्स्तरीय शिक्षा नपाएको राजनीतिक नेता वा प्रशासक छ भने पनि त्यसले अनुशासित र मर्यादित भएर राम्रो काम गर्न सक्तैन । आज देशमा लोकतान्त्रिक गणतन्त्र आएको भए तापनि जनताले त्यसको अनुभूति गर्न पाएको छैन । अत्यन्त महत्वपूर्ण मानिएका राजनीतिक तथा आर्थिक क्षेत्रहरुमा समेत जिम्मेवार नेता र प्रशासकहरुबाट गणतन्त्रको उपहास गरिएको जस्तो प्रतीत हुन्छ । उनीहरुको काम र व्यवहारले गणतन्त्रको अनर्थ र अपव्याख्या गर्दै भनेको जस्तो भान हुन्छ — ‘जन’को अर्थ मान्छे वा जनता हो,‘गण’को अर्थ ‘ग्याङ’ हो र ‘तन्त्र’को अर्थ ‘शासन’ हो । यसरी यो व्यवस्था जनतन्त्र नभएर गणतन्त्र भएकाले यसमा डनहरुको ग्याङ्ग नभई हुँदैन ।
यदि कसैले यसप्रकारको गलत सोंचका साथ नकारात्मक तथा गुणस्तरहीन कार्य गरेको छ भने त्यो गुणस्तरीय शिक्षाकै अभावले गर्दा नै हो । गुणस्तरीय शिक्षा सबैका लागि र अझ भन्ने हो भने जिम्मेवार नेता , प्रशासक वा कर्मचारी बन्नका लागि अपरिहार्य आवश्यकता हो । अतः त्यसका लागि राज्यले एउटा प्रभावकारी गुरुयोजना बनाएर त्यसको कार्यान्वयन गर्न आवश्यक छ ।
शैक्षिक गुणस्तर वृद्धिका लागि गुरुयोजना बनाउँदा ध्यान राख्नुपर्ने अत्यन्त महत्वपूर्ण एउटा कुरा छ, त्यो हो — शिक्षामा राम्रो गुणस्तर भएको केलाई मान्ने ? भन्ने प्रश्नको उत्तर । यसको सही उत्तर हो — ज्ञान, सीप, अनुशासन र व्यवहार राम्रो भएकालाई । तर हाम्रो वस्तुगत धरातलमा आजसम्म पनि यी चारवटै पक्षलाई पूरा ध्यान दिइएको पाइदैन । झण्डै ७५%भन्दा बढी ज्ञानात्मक पक्ष र बढीमा २५% सीप पक्षलाई मात्र ध्यान दिई) शिक्षण सिकाइ क्रियाकलाप गरेर मूल्याङ्कन गर्ने गरेको पाइन्छ । लिखित परीक्षााको रुपमा यसरी चार पक्षमध्ये दुई पक्षको मात्र मूल्याङ्कन गर्नु भनेको गुणस्तरीयता जाँचका लागि गरिनुपर्ने १०० % मूल्याङ्कनमध्ये ५० % मात्र मूल्याङ्कन गर्नु हो । स्वभावतः यो अर्ध मूल्याङ्कन परिपाटी भएको छ । जब उपयुक्त तरिकाले विद्यार्थीका उक्त चारवटै पक्षको मूल्याङ्कन गरिने छ , तब मात्र शैक्षिक गुणस्तरीयताको पूर्ण र सही जाँच गर्न सकिनेछ । अतः शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यार्थीको ज्ञान र सिप पक्षलाई ५० % अनि अनुशासन र व्यवहारलाई ५० % अङ्क छुट्याएर सोहीअनुसारको शिक्षण–सिकाइ र मूल्याङ्कन परिपाटी स्थापित गर्नुपर्दछ ।
हाम्रो मौजुदा शिक्षा प्रणालीमा शैक्षिक गुणस्तर मापनको प्रक्रियामा अर्को कमजोरी पनि रहेको छ , त्यो हो — ३२ % उत्तीर्णाङ्क राख्नु । ३२ % उत्तीर्णाङ्कको वास्तविक अर्थ हो – कुनै विद्यार्थीले जम्मा १०० ओटा प्रश्नमध्ये ३२ ओटाको उत्तर मिलायो तर ६८ ओटाको उत्तर मिलाएन भने पनि त्यसलाई उत्तीर्ण घोषित गरेको हुनु । यो परम्परा विलकुल त्रुटिपूर्ण भए पनि आजसम्म सच्चाइएको छैन । वास्तवमा उत्तीर्ण हुनको लागि कुनै विद्यार्थीले कम्तीमा ५० % वा त्यसभन्दा बढी उत्तर मिलाएको हुन आवश्यक छ ।
सङ्क्षिप्तमा भन्नुपर्दा गुणस्तरीय शिक्षाका लागि निम्नलिखित दुई शर्तहरु राख्नु आवश्यक छ ः
(१) परीक्षामा ५० % वा त्यसभन्दा बढी सही उत्तर दिन सक्ने विद्यार्थीलाई मात्र उत्तीर्ण गर्ने । ;उत्तीर्ण श्रेणी विभाजन गर्दा ५० % बाट शुरु गरी १०–१० प्रतिशतको फरकमा क्रमशः तृतीय श्रेणी, द्वितीय श्रेणी, प्रथम श्रेणी, विशिष्ट श्रेणी र उच्चतम श्रेणी निर्धारण गर्ने ।
(२) विद्यार्थीको ज्ञान र सिप पक्षमा ५० % तथा अनुशासन र व्यवहार पक्षमा ५० % अङ्क विभाजन गरी दुबैमा राम्रो हुनेलाई मात्र उत्तीर्ण भएको प्रमाणपत्र दिने गनुैपर्दछ । यसो गरेमा मात्र ज्ञान र गुणले युक्त अनुशासित , नैतिकवान र सक्षम जनशक्ति उत्पादन गर्न सकिने हुन्छ ।
उपर्युक्त कुराहरुलाई समेत मध्यनजर गरी निर्माण गरिएको शैक्षिक गुणस्तर विकासको योजना नै उपलब्धिमूलक बन्न सक्नेछ ।
(२) कृषि विकासको गुरुयोजना ः नेपाल कृषिप्रधान देश भनिए तापनि यहाँको कृषि र कृषकको अवस्था ज्यादै नाजुक छ । कृषि विकासका लागि सरकारले केन्द्रदेखि मोफसलसम्म विभिन्न मन्त्रालय, विभाग र कृषि विकास कार्यालयहरु स्थापना गरेको छ तर त्यसबाट तरकारी र अन्न उत्पादनमा केही वृद्धि भएको भए तापनि कृषि
क्षेत्रमा अन्य कुनै प्रशंसनीय काम हुन सकेको छैन ।
वर्तमान समयमा कृषि क्षेत्रमा देखा परेका समस्यामूलक विकृतिहरुमध्ये केही यी हुन् ः—
क. रासायनिक मलको बारम्बारको प्रयोगले माटो किट्टिदै गएको छ र खेतबारीको उर्वराशक्ति घट्दो छ ।
ख. तरकारी, फलफूल र अन्नबालीमा कीटनाशक विषको प्रयोगले जनस्वास्थ्यमा प्रतिकूल असर पारिरहेको छ ।
ग. कृषकको सुविधाका लागि सरकारले सुहाउँदो भाडामा पावर टिलर, ट्रयाक्टर तथा अन्य वैज्ञानिक उपकरणहरु उपलब्ध गराउन र वैज्ञानिक प्रविधि अपनाउनतिर कुनै सरोकार राखेको छैन ।
घ. उन्नत बीउको नाममा महङ्गो हाइब्रीड जातको बीउले उत्पादन दिन्छ भनेर किन्न लगाइन्छ तर किसान आफैलाई उन्नत बीउ उत्पादन गर्ने प्रविधि सिकाउन सकिएको छैन । यसले गर्दा एकातिर वीउ मासिने खतरा छ भने अर्कोतिर यसले महङ्गी, अनिश्चितता र परनिर्भरता निम्त्याउँदैछ ।
ङ. प्यूठान जिल्लाको सन्दर्भमा कुरा गर्दा कृषि क्षेत्रको स्थिति झन् भयावह छ । भू–माफियाहरुले जिल्ला बिगार्न थाले । कृषि उत्पादन त के उत्पादन क्षेत्र नै बरबाद हुन थाल्यो । प्यूठानको ऐश्वर्य, शोभा र पर्यटकीय रमणीयता पनि हराउने भयो । उहिलेका वुढापाकाहरुले बगर बिराएर खेत बनाउँथे । प्रति परेको जग्गामा सिंचाइको लागि कुलो खनाउथे । सिंचाइ हुने ठाउँमा खेती गर्दथे र रुखो ठाउँमा मात्र घर–गोठ बनाउँथे । तर अहिले पछाडि बुद्धि भएकाहरुले उल्टो काम गर्न थाले – गाउँको घर छोडेर सिंचाइ हुने मलिलो खेतमा ढुङ्गा र गिट्टी विछ्याएर धमाधम घर बनाउन थाले । यो क्रम रोकिएन भने प्यूठानको हरियो फाँट सदाका लागि लोप भएर जानेछ । यसबारे प्यूठानी र प्यूठानलाई माया गर्ने सबैले समयमै यथोचित ध्यान पु¥याएर सिंचाइ हुने फाँटमा घर निर्माण गर्न नपाइने र केवल गाउँ–पाखामा मात्र बसोवासका लागि घर निर्माया गर्न पाइने कडा नियम पारित गरेर लागु गर्न आवश्यक छ ।
यसप्रकार कृषि क्षेत्रमा भएका विभिन्न कमी–कमजोरी र विकृतिहरुलाई हटाउन सरकारले एउटा गुरुयोजना बनाई त्यसलाई अविलम्व लागु गर्नपर्दछ ।
(३) औद्योगिक विकासको गुरुयोजना ः
एक्काइसौं शताब्दीमा भएर पनि हाम्रो देशको औद्योगिक विकासको अवस्था चिन्ताजनक छ । उद्योग र कलकारखानाहरु खोल्नेतर्फ जिम्मेवार नीति–निर्माता एवम् सरकारले समुचित ध्यान नदिएर नै यस्तो भएको हो । यो बडो लाजमर्दो कुरा छ कि नेपालमा सानादेखि ठूला व्यवसायीहरुले चलाएका उद्योगहरुमध्ये सवभन्दा बढी आर्थिक लाभ हुने उद्योगको नाम लिंदा मादक पदार्थको उद्योग नै अग्रस्थानमा आउँछ । जाँड–रक्सी तथा सूर्तीजन्य पदार्थहरु स्वास्थ्य र जीवनका लागि अत्यन्त हानीकारक हुन् भन्ने जान्दाजान्दै र भन्दाभन्दै पनि रक्सी, चुरोट, तमाखुु र सूर्तीका कारखानाहरु बन्द नगरेर बरु चिनी र जुटका कारखानाहरु बन्द गर्नु सरकारको ठूलो कमजोरी र गल्ती हो । जनताको स्वास्थ्यमा हानी पु¥याउने उत्पादन गर्न सघाउनु कुनै पनि सरकारको नैतिक कार्य होइन, अनैतिक कार्य हो । आर्थिक लाभ हुन्छ भन्दैमा हानीकारक÷अनैतिक कार्य गर्ने ? यो कुरा कारखाना मालिक, उद्योगपति र योजनाकारले पनि किन नबुझ्ने ?
अतः औद्योगिक विकासको गुरुयोजना निर्माण गर्दा सर्वप्रथम यो बुझ्न आवश्यक छ कि आर्थिक विकासका पनि दुई मार्ग हुन्छन् ……….. (१) सकारात्मक मार्ग । (२) नकारात्मक मार्ग । यी दुई मार्गमध्ये चोर, डाँका, गुण्डा, बदमास,स्वार्थी, शठल्ली, भ्रष्टाचारी र अपराधीले अर्थोपार्जनका लागि नकारात्मक मार्ग अपनाएका हुन्छन् भने इमानदार, राष्ट्रप्रेमी तथा समाजसेवीहरुले सकारात्मक मार्ग अपनाएर अर्थोपार्जन गरिरहेका हुन्छन् । अर्को शब्दमा भन्नुपर्दा अर्कालाई हित हुने गरी चल्ने सकारात्मक मार्ग हो भने अरुलाई अहित हुने गरी चलखेल गर्ने नकारात्मक मार्ग हो । दुबै मार्गबाट उत्तिकै धन कमाउन सकिने भए तापनि असल र कुशल योजनाकारले कुर्नै उद्योग वा व्यवसायका लागि नकारात्मक मार्गको परित्याग गरी सकारात्मक मार्ग नै अपनाएको हुन्छ ।
अब हामी आफ्नै मुलुकतिर ध्यान दिऊँ । के हाम्रो सरकारले उद्योग धन्दा र कलकारखानाको विकासतर्फ गहिरो दृष्टि दिएको छ ? औद्योृगिक विकासका लागि सकारात्मक मार्ग मात्र अपनाइएको छ कि छैन ? खोइ हाम्रो औद्योगिक विकासको पूर्वाधार ? खोइ हाम्रा फलाम, तामा र सुनखानीहरु ? खोइ हामीले आफ्नै कच्चा पदार्थको प्रशोधन गरी भाँडा र औजारहरु बनाउने कारखाना तयार गरेको ? यो कुन शताब्दी हो र हामीले रेडियो, टेलिभिजन, रेल, मोटर र हवाइजहाज बनाउने कुन शताब्दीमा हो ? हाम्रा शिरदेखि पाउसम्मका पहिरनहरु कहाँबाट आएका हुन् ? खोइ हाम्रो राष्ट्रिय उत्पादन ? एउटा आफ्नै राष्ट्रिय पोशाकसम्म पनि छैन हाम्रो । चिल्लो कार चढेर केको रवाफ देखाउनु ? कहिल्यै परतन्त्र स्वीकार नगरेको स्वाभिमानी वीर गोर्खाली भनेर अहिले भन्नु पनि बेकार छ । साँच्चै भन्ने हो भने अहिले हामी नेपाली विलकुल पराश्रयी भएका छौं र हाम्रो नेपाल विस्तारवाद, हैकमवाद र प्रभुत्ववादबाट प्रताडित भएर राजनीतिक तथा आर्थिक दुबै दृष्टिकोणले अर्ध औपनिवेशिक अवस्थामा रहेको छ । बेरोजगारीको समस्याले दिनानुदिन विकराल रुप लिंदैछ । नोकरीका लागि प्रतिदिन हजारौंको संख्यामा देशको युवाशक्ति विदेश पलायन भैरहेको छ । नेपालमा १९८१ सालमा चन्द्र शमशेरले दास–प्रथा उन्मूलन गरेका थिए । तर अहिले नेपाली युवा जनशक्ति स्वदेशीको होइन विदेशीको नोकर बनेर धन कमाउने सपनामा भौंतारिइरहेको अवस्था छ । देशले औद्योगिक विकास गरेको भए यस्तो दुर्दशा भोग्नुपर्ने नै थिएन ।
सबै प्रकारका गरिबी, विसंगति, विकृति र पछौटेपनबाट देश र देशवासीलाई मुक्त गरी सुन्दर, शान्त र समृद्ध नेपालको निर्माण गर्नका लागि नेतृत्व दिने नेताहरु एवम् विधायकहरु, मन्त्रीहरु ,संविधान निर्माताहरु ,योजनाकारहरु ,प्रशासकहरु र जनताहरु सबैले देशविकासका लागि गुरुयोजना निर्माण गर्ने योजनाकारलाई आ–आफ्नो ठाउँबाट सघाउन सकेमा प्रभावकारी र राम्रो गुरुयोजना बन्न सक्नेछ । त्यसको सफल कार्यान्वयन गर्न सकेमा मात्र गोर्खालीहरु वीरका साथै बुद्धिमान भएको प्रमाणित हुनेछ । तर ख्याल गर्नु पर्छ कि गुरुयोजनाको कार्यान्वयन चानचुने तरिकाले सम्भव हुने छैन । सुधार र समृद्धिको मार्गमा आजसम्म पनि अवरोध बनेर रहेका विकृति,विसंगति, दुराग्रह , संकीर्णता र स्वार्थान्धताजस्ता प्रदूषणहरुलाई हटाउनका लागि ती व्यवधानहरुका विरुद्ध समानता, न्याय र सुधारको सरल तर बलियो गोर्खे लौरी नै प्रयोग गर्नुपर्ने देखिन्छ ।
लेखक साहित्य परिषद प्यूठानका अध्यक्ष हुन।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण