गृहपृष्ठ » शिक्षाभर्ना अभियान कहा छ ? भन्छन् ११ वर्षे बालक “आकाशको फल आँखातरीमर”

भर्ना अभियान कहा छ ? भन्छन् ११ वर्षे बालक “आकाशको फल आँखातरीमर”

April 22, 2016२१७ पटक

शशिधर भण्डारी
फोप्ली प्यूठान, जिल्लामा केन्द्र, जिल्ला स्तर हुँदै स्थानिय स्तरमा भर्ना अभियानका रुपमा चलिरहेको छ । बाल्यकालमा रमाइ रमाइ खेल्नु पढ्नु र हिड्डुल गर्नु तथा साथीभाई संग मिल्नु कस्लाई रहर हुंदैन र ! तर यि सबै अवसरहरुको स्वाद चाख्न पाएका छैेनन् फोप्ली ५ अधेरी निवासी ११ वर्षे प्रकाश वि क ।
हुन त नेपालमा वालअधिकारका वकालत गर्ने राज्य पक्ष मात्र नभएर थुप्रै निकायहरु छन् तर भएर के गर्नु । ‘बत्ति मुनीको अध्यारो’ भने झै सदरमुकामबाट ७ कोष नजिक रहेका प्रकाश वि.क.को प्रत्येक दिनहरु अन्धकार र दुःख पूर्ण भएर वितिरहेका छन् । गाँउघरका विद्यालयमा भर्ना अभियानको प्रचार गर्नेहरु पनि अस्तित्व विहिन छन् । यतिबेला उनले न पढ्न पाएका छन, न त हिड्डुल गर्न, न त आफ्ना दौतरी साथीभाइहरु संग खेल्न नै ! यस्तो शारिरिक अपांग भएका सुनारलाई अहिले सम्म पनि कसैले उद्धार गरेको छैन् ।
वि.स. २०६२ मा बुवा तेजे वि क र आमा ढाँटी वि कको कोखबाट सन्तानकै जेठो छोराको रुपमा जन्मीएका ११ वर्षका प्रकाश वि.क. एक पाइला पनि चल्न नसक्ने अवस्थामा छन् । शिशु अवस्थामा सामान्य देखिएपनि दिनहरु वित्दै जांदा उनको दुवै खुट्टा अपाङ्ग भएकाले यस्तो अवस्था बेहोर्नु परेको हो । उनको दुवै खुट्टा घुडा देखि तल्लो भाग चल्न नसक्ने शारिरिक अपाङ्ग (लुलो) हुंदा उनलाई खेपी नसक्ने पिडा त छदै छ, त्यसमाथि पनि घर परिवारले खसै ध्यान दिन नसकेको अवस्था स्पष्ट देखिन्छ ।
बालकको आमा भन्नुहुन्छ ‘ जन्मदा भने ठिकै थियो आज आज भोलि भोलि हुंदै २ वर्षको पुग्यो तर पनि हिड्नै सकेन । हेर्दा अरु बच्चा जस्तै समान्य देखिन्थ्यो । ३ वर्षको हुंदा उपचारका लागि अस्पताल पनि लगेका थियौ तर यसको रोग भने थाहा भएन र फेरि अस्पताल त लगेका छैनौं यस्तै छ अवस्था ।’
बालकले स्कुल जाने मन गर्छन या गर्दैनन भन्ने प्रश्नको उत्तरमा आमा भन्नु हुन्छ– घरमा काम गर्ने म एक्लै हो उसको बुबा भारतमा मजदुरी गर्न गएका छन । गाई बाख्रा पनि हेर्नै प¥यो, पकाएर यिनीहरुलाई खुवाउनै प¥यो, घाँस दाउरा गर्नै प¥यो अझ टाढाको पाइ वनजंगल भएको हुंदा सुखसित कलो खान त पाइदैन । त्यसै माथि स्कुल पनि नजिक छ र ! जान मात्र एक डेढ घण्टा हिड्नु पर्छ कस्ले लैजाने ल्याउने गर्दछ र पढाउने हो । स्कुल जाने मन त असाध्यै गर्छ नगरे पनि के काम । उसको साथीभाइहरु संग घस्रिदै बीचबाट सम्म त जान्छ तर हिड्न नसक्ने भएको हुंदा सवैले छोडेर जान्छन ऊ एक्लै दिनभर बाटोमा बसेर रुन्छ र घर फर्किन्छ । यी सवैको कुराको दुख त मलाई लाग्छ लागेर के गर्नु कठै भन्ने कोइ छैनन् हामी जस्ता गरीब दुःखीहरुलाई पढाउछ रे, लेखाउछरे भन्ने त सुन्निन्छ तर ११ वर्षको उमेर पुग्दा पनि अपांग पत्र सम्म बनाइ दिएको छैन अरु सहयोग त के कुरा गर्ने र ।
उनी अहिले सम्म न त एक दिन विद्यालय नै गएका छन्, भर्ना अभियानमा लागेका अभियानकर्मीहरु पनि कस्ता हुन्छन् र कसरी प्रचार गरेका छन् उनलाई पत्ता छैन् केवल घर बाहिर आंगन र भित्र ओछ्यानको संसारमा रुंदै, हास्दै, मनगणन्ते भावनामा खेल्दै बस्न बाध्य छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण