गृहपृष्ठ » समचारदाङ देउखुरी अदालतले अब पन्ध्र दिनमै मुद्दाको टुंगो लगाउने

दाङ देउखुरी अदालतले अब पन्ध्र दिनमै मुद्दाको टुंगो लगाउने

April 23, 2016९९ पटक

दाङ बैशाख ११ । दाङ, देउखुरी जिल्ला अदालतले मुद्धा फच्र्यौटलाई तीव्र पारेको छ । अदालतले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म ७० प्रतिशत मुद्धा फच्र्यौट भएको जानकारी दिएको हो ।

अदालतमा भएको पत्रकार भेटघाट कार्यक्रममा चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म परेका विभिन्न प्रकृतिका १ हजार ७ सय ९२ मुद्धामध्ये १ हजार २ सय ५५ थान मुद्धा फच्र्याैट भइसकेको र ५ सय ३७ थान मुद्धा फच्र्याैट हुन बाकिरहेको जानकारी दिइएको थियो । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अदालतका जिल्ला न्यायाधीश बलभद्र वास्तोलाले अदालतले वार्षिकरुपमा ६० प्रतिशत मुद्धा फच्र्यौट गर्ने लक्ष्य राखे पनि त्यो भन्दा बढि मुद्धा फच्र्याैट भइरहेको बताउनुभयो ।

अदालतको रणनीतिक योजना अनुसार न्यायलाई छिटो छरितो बनाउन मुद्धा फच्र्याैटको गतिलाई तीब्रता दिइएको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षभित्र १ हजार १ सय ५५ मुद्धा फच्र्याैट गर्नुपर्ने लक्ष्य लिएकोमा लक्ष्यभन्दा बढि प्रगति हासिल गरेको बताउँदै जनतालाई छिटोछरितो न्याय दिलाउन आफूहरु सदैव सक्रिय रहेको उल्लेख गर्नुभयो । जनताको पहुँच न्यायमा सहजरुपमा पु¥याउन अदालतले आफै नै न्यायाधीशसँंग जनतालगायतका विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्यलाई जोड दिएको उहाँको भनाइ छ ।

अदालतका कारण भन्दा समाजमा रहेको विभिन्न पक्षसँंग जोडिएका बीचका कडीहरु र सामाजिक, आर्थिक कारणले न्याय महङ्गो हुँदै गएको भन्दै उहाँले न्यायलाई सुलभ बनाउन सबैको हातेमालो आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । न्याय सम्पादनमा ढिलाई हुनुमा प्रहरी अनुसन्धान, अधिवक्ताहरुको कार्यशैलीलगायतका विभिन्न समस्याहरु रहेको र ती समस्याको समाधानका लागि अदालतले एक्लैले केहि गर्न नसक्ने उहाँले बताउनुभयो । उहाँले अदालतमा रहनुभएका तीनैजना न्यायाधीशले हरेक मुद्धा १५ महिनाभित्र टुङ्ग्याउने प्रतिवद्धता जारी गरेको जनाउँदै निरन्तर सुनुवाईका क्रममा भने १० दिनभित्र मुद्धा टुङ्ग्याइने व्यवस्था मिलाइएको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा अर्का न्यायाधीश चुडामणि खड्काले न्याय सम्पादनलाई सरल र सहज बनाउँदै लैजाने प्रतिबद्धता जाहेर गर्दै अदालत जनताकै बीचमा गएर न्याय प्रदान गर्न चाहेको उल्लेख गर्नुभयो । आर्थिक कमजोर भई मुद्धा लड्न नसक्नेहरुलाई अदालतले निशुल्क निवेदनका साथै बैतर्णी कानुन व्यवसायीको व्यवस्था मिलाइएको र सेवाग्राहीहरुले यो सेवाका बारेमा जानकारी नपाउँदा प्रभावकारी हुन नसकेको उहाँले विचार व्यक्त गर्नु भयो ।

जनतासँंग अदालत भन्ने अभियानअन्तर्गत दाङ देउखुरी जिल्ला अदालतले जिल्लाका विभिन्न स्थानमा ४ वटा न्यायिक सम्वाद कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै उहाँले अदालतको न्याय सम्पादनकाक्रममा देखिएका कमजोरीहरु र सुधार गर्नुपर्ने पक्षहरु औल्याइ दिन सञ्चारमाध्यमहरुलाई आग्रह गर्नु भयो । उहाँले अदालतबाट मुद्धा फच्यौट हुनेक्रम बढे पनि कार्यान्वयनमा नजाँदा वास्तविकरुपमा जनताले न्याय पाएको महसुस नगरेको बताउनु भयो । आफूहरुको काम मुद्धा फैसला गर्ने मात्र भएको भन्दै न्यायाधीश खड्काले यससंँग जोडिएका प्रहरीलगायत विभिन्न सरोकारवाला पक्षले प्रभावकारी भुमिका खेल्न नसकेको बताउनु भयो ।

उहाँले अदालतले फैसला वमोजिम तोकिएको दण्ड र जरीवानातर्फ अघिल्लो वर्षको जिम्मेवारी सरेको १ हजार ३ सय ६४ वर्ष १ महिना २८÷४२ दिन र नयाँ दर्ता ५ सय ५५ वर्ष ११ महिना १९ दिन गरी जम्मा १ हजार ९ सय २० वर्ष १ महिना १७÷४२ दिन कैदमा ५ सय ७२ वर्ष ३ महिना ९ दिन कैद मात्र फच्र्याैट भएको र बाँकी १ हजार ३ सय ४७ वर्ष १० महिना ८÷४२ दिन रहेको जानकारी दिनुभयो । त्यस्तै उहाँले अघिल्लो वर्षको जिम्मेवारी सरेको १ करोड ७६ लाख ५२ हजार ८ सय ९५ रुपैया ६९ पैसा, र नयाँ दर्ता ८ करोड ८४ लाख २२ हजार १ सय ८ रुपैया ६६ पैसा गरी कुल १० करोड ६० लाख ७५ हजार ४ रुपैया ३५ पैसा जरीवानामा ८ करोड ५३ लाख ४२ हजार ७ सय ९४ रुपैया ५ पैसा असुल भएको र बाँकी २ करोड ७ लाख ३२ हजार २ सय १० रुपैया ३ पैसा रहेको बताउनुभयो ।

मुद्धा फच्र्यौटसँंगै कार्यान्वयन भएमा जनताले सही न्याय पाएको ठहर्ने भन्दै फैसला कार्यान्वयन नभएको खण्डमा देशमा दण्डहीनता बढ्ने भएकाले यसतर्फ सबैले गम्भीर भएर सोच्नुपर्ने बताउनु भयो । कार्यक्रममा जिल्ला न्यायाधीश कोमल आचार्यले अदालतले २००८ सालदेखिका जम्मा ९ सय ७९ लगत मुद्धा सख्याबाट) स्वदेशी १ हजार २ सय ९३ र विदेशी १८ गरी जम्मा १ हजार ३ सय ११ जना व्यक्तिहरुबाट जरिवाना असुल उपर हुन बाँकी रहेको जनाउनु भयो । कार्यक्रमको सञ्चालन अदालतका श्रेष्तेदार गम्भीर राना मगरले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण