वीरगञ्जमा कर नतिर्नेलाई फोहोर उपहार
वीरगन्ज, वैैशाख ११-
वीरगन्ज उपमहानगरपालिकाले कर नबुझाउने ठूला घरानाका करदाताहरुबाट कर असुलीका लागि विशेष अभियान सञ्चालन गरेको छ।
विशेष गरी मालपोत, घरजग्गा कर र एकीकृत सम्पत्ति कर नतिरेका करदाताहरुलाई उपमहानगरपालिका कार्यालयले नगरबाट संकलित फोहोर उपहार दिई कर असुल्नका लागि दबाब सिर्जना गरेको हो। आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ।
बक्यौता कर नतिरेको भन्दै उपमहानगरपालिकाले करदाताहरुको घरअगाडि फोहोर थुपार्ने गरेको छ। कर्यकारी अधिकृत विष्णु कोइरालाले कुकुर, गाई र विरालाको सिनो पनि ल्याएर थुपारिदिने चेतावनी करदाताहरुलाई दिएका छन्।
कार्यकारी अधिकृत कोइरालाले लामो समयदेखि कर नतिरेका सरकारी कार्यलय, संस्थान, संघसंस्थालगायत सबै करदातालाई पहिलो चरणमा फोहोर उपहार दिने बताए।