ठमेलको चोकमा जेम्ससंग मस्ती गर्दै गुरुआमा ( भिडियो सहित )
कमल न्यौपाने ।
चर्चित म्युजिक भिडियो निर्देशक तथा मोडल स्मृति तिमल्सिना गुरुआमा सबैले चिनेको नाम हो । पछील्लो समय उनी खै किन हो ठमेलको चोकमा देखिन थालेकी छिन । ठमेलको चोकको मुख्य बजारमा आएर बस्ने गरेकी छिन । आफ्नो जवानी झोकमा केही पनि थाहा नपाएको भन्दै सबैलाई सुनाउदै हिंडेकी छिन । तर तो वास्तबिकतामा नभई हालै बजारमा आएको गीत ठमेलको चोकमा गुरुआमाले पोखेका आफ्न पिडाहरु हुन ।
सुजन म्युजिक प्रालिको प्रस्तुतिमा बजारमा आएको ठमेलको चोक बोलको गीतमा गायक हम गैरे र जमुना रानाको स्वर रहेको छ । नारायण अधिकारिको शब्दमा रहेको उक्त गीतको लय तथा संगित तयार गरेका छन हम गैरेले । डान्सिङ पारामा गीत तयार गरिएको छ । जस्कारण धेरैले मन पराउनेमा मोडल तथा भिडियो निर्देशक स्मृति तिमल्सिनाको भनाई छ । भिडियोमा स्मृति र जेम्सले आफ्नो डान्स प्रस्तुत गरेका छन । सुजन म्युजिक प्रालिले निर्माण गरेको भिडियोको छायांकन गरेका छन सुरेश श्रेष्ठले । भिडियोलाई गुरुआमा स्वयमले निर्देशान् गरेकी छिन र टेकेन्द्र शाहले सम्पादन गरेका छन ।
ठमेलको चोक बोलको गीतको भिडियो हेर्नको लागि तलको लिन्क्मा क्लिक गर्नुहोला ।