गृहपृष्ठ » आफ्नै खबर, समचार, साहित्यदेवदहमा ‘मैले देखेको दुनियाँ’

देवदहमा ‘मैले देखेको दुनियाँ’

April 23, 2016४३९ पटक

उज्यालो लाल्टिन, बैशाख ११ । रुपन्देहीको सहित्यीक नगरीे देवदहमा युवा गजलकार विपिन सलामीको मैलै देखेको दुनिया गजल संग्रहको चर्चा परिचर्चा गरिएको छ । उज्यालो लालटिन डिजिटल पत्रिकाको आयोजनमा संग्रहको परिचर्चा गरिएको हो । देवदह क्षेत्रका साहित्यकारहरु निर्मल ढुङ्गाना, यज्ञ प्रसाद न्यौपाने र राजिव सापकोटाले संग्रहको समिक्षा गर्नुभएको थियो ।
संग्रहको बारेमा समिक्षा गर्दै ढुङ्गानाले सलामी समाजमा जे देख्नुहुन्छ त्यो पहिला टिपेर मतला पुरा गर्ने गजलकार रुपमा रहेको बताउनुभयो । सलामीको गजलहरु सुरुमा पढ्दा केही बुझ्न कठिन भएता पनि भावको प्रचुरता भने भेटिने गरेको बताउनुभयो । यो संग्रहमा समावेश गजलहरुमा मुरद्दफ गजलको मात्रमा कमी रहेको ढुङ्गानाले बताउनुभयो । ढुङ्गानाले संग्रहमा केही मुरद्दफ गजलको मात्रा रहेता पनि गैर मुरद्दफ गजलमा सलामीको दम रहेको बताउनुभयो । यो गजल संग्रहमा प्रकाशकीय केही त्रुटी रहेता पनि कुनैपनि विषयवस्तुलाई देख्ने वित्तिकै टिप्न सक्नु लेखकको खुबि रहेको उहाँले बताउनुभयो ।
त्यस्तै अर्का समिक्षक राजिव सापकोटाले सलामीको ‘मैले देखेको दुनियाँ ‘ गजलसंग्रह भित्र समावेश गजलमा विविध विषय समावेश गरेको पाइएको वताउनुभयो । सापकोटाले सलामीको धेरै जसो गजल गैर मुरद्दफमा रहेको बताउनुभयो ।

मैले देखेको दुनिया थुप्रै मनोदशाको उत्खनन हो । मूल्यहीन प्रेमप्रति कुनै राग छैन । गजलका एक शेरहरुमा सिङ्गो कथानक बन्ने संभावनाको प्रबलता छ

त्यसैगरी समिक्षक यज्ञ प्रसाद न्यौपानेले विपीन सलामीले मैले देखेको दुनियाबाट सयौ नजरले नखुट्याएका दुनियाको नग्न तस्विरहरु सार्वजनिक गरिदिएको बताउनुभएको छ । न्यौपानेले सलामीलाई काव्यिक सौन्दर्य सञ्जालका मार्क जुकरवर्ग भन्नुभएको छ । मैले देखेको दुनिया थुप्रै मनोदशाको उत्खनन हो । मूल्यहीन प्रेमप्रति कुनै राग छैन । गजलका एक शेरहरुमा सिङ्गो कथानक बन्ने संभावनाको प्रबलता छ रहेको न्यौपानेको भनाई रहेको छ ।

ujyaalolalteen

सोही कार्यक्रममा बोल्दै उज्यालोका सम्पादक टक सुनारले पत्रिकाले सधै साहित्यको सम्मान गर्ने र साहित्यको बिकाशमा आफुहरुले सक्दो प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा के.वी. धुवाले, रोहित रानाले गजल गायन, सन्देश जी स्मार्ट, गजल राज क्षेत्री ‘राहुल’, विष्णु विवस पोख्रेलले गजल,  जयकिसन अधिकारी, कमला अर्याल, सोतन्त्र नेपाल मुक्तक त्यस्तै शेखर विकल्प, श्याम न्यौपाने, समिन गैरे लगायतले कविता बाचन गर्नुभएको थियो । कार्यक्रम उज्यालोका स्वतन्त्रले नेपालको धन्यबाद ज्ञापन र युवराज लामिछाने प्रदिपको सञ्चालनमा सम्पन्न भएको थियो ।

(पुस्तक माथिको समिक्षा केही दिनमा प्रकाशित गरिने छ )

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण