गृहपृष्ठ » मुख्य समाचार, शिक्षाएसएलसी पूरक परीक्षा आजदेखि सुरु

एसएलसी पूरक परीक्षा आजदेखि सुरु

August 5, 2015४६५ पटक

एसएलसी पूरक परीक्षा आजदेखि सुरु भएको छ । गत शैक्षिक वर्षको एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण भएका परीक्षार्थीका लागि आजदेखि मौका परीक्षा सुरु भएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिनुभयो ।
परीक्षमा एक लाख २४ हजार २ सय ५१ जना परीक्षार्थी सहभागी भएका छन् । परीक्षाका लागि देशभर कुल २ सय ४७ परीक्षा केन्द्र तोकीएकोे छ ।
परीक्षामा एक विषयमात्रै परीक्षा दिने ५५ हजार ४ सय ७४ जना र दुई विषयमा परीक्षा दिने ६८ हजार ७ सय ७७ जना रहेका छन् । बिहान ८ देखि सुरु भएको ११ बजेसम्म सञ्चालन हुने परीक्षा साउन २७ गते सम्पन्न हुनेछ । आज अंग्रेजी विषयको परीक्षा भएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण