गृहपृष्ठ » समचारआरोहि पण्डितलाई गृहजिल्लामा भब्य सम्मान

आरोहि पण्डितलाई गृहजिल्लामा भब्य सम्मान

April 23, 2016१२१ पटक

शशिधर भण्डारी प्यूठान÷संसारका सात महादेशको सर्बोच्च शिखर आरोहरण गरि कृतिमान कायम गरेका धावक संजय पण्डितलाई गूह जिल्लामा भव्य स्वागत गरिएको छ। हाम्रो एकता साप्ताहिक प्यूठानले सम्मान गरेको हो । लोकतन्त्र दिवसको अवसर पारेर जिल्ला स्थित राजनितिक दल, पत्रकार, जिल्ला स्थित संघ, संस्था लगायतको भब्य सहभागितामा सम्मान गरिएको हो ।

10440894_536039909899195_5428583408662809710_n(1)
हाम्रो एकता साप्ताहिक सम्पादक सुशील पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा पण्डितलाई पत्रिकाको तर्फबाट कदर पत्र दोसल्ला टिकाले भब्य रुपमा सम्मान गरिएको थियो । सो सम्मान अवसरमा पूर्व सांसद एंव नेपाली काँग्रेसका नेता मुक्ति प्रसाद शर्मा, एमाले जिल्ला अध्यक्ष तुल्सि शर्मा, नेपाली काँग्रेसका सभापति अमर भण्डारी, ने.क.पा. क्रान्तिकारी माओवादीका धर्मराज पण्डित, एकीकृत माओवादीका प्रभात के.सी., राजमोका ध्रुव थापा, लगायतले समेत सामुहिक रुपमा सम्मानित गर्दै भावि साहसिक आरोहण यात्राका लागि सफलताको कामना गर्दै राजनितिक दल र सिंगो जिल्ला वासिको तर्फवाट आवश्यक पर्ने सबै खालको सहयोगका लागि, लागीपर्ने प्रतिवद्धता गर्नु भएको थियो प्यूठान नगरपालिका–९ टिकुरी निवासी तपाइ श्री संजय पण्डितले प्राणघातक हिमाल भनेर चिनिने मनाश्लु, विश्वको सर्वोच्च शिखर सगरमाथा, अफ्रिकाको सर्वोच्च शिखर किलिमान्जरो, अमेरिका तथा जापानको सर्वोच्च शिखरहरुका साथै यूरोपको सर्वोच्च शिखर एलव्रसमा छ सेकेण्ड अर्धनाङ्गिएर र अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियस्कोमा उल्टो समेत हिडेर ती शिखरहरुमा नेपालको राष्ट्रिय झण्डा फहराइ राष्ट्रिय तथा अन्र्तराष्ट्रिय किर्तिमान हासिल गर्नु भएको छ भने अव उहाँ विश्वकै प्राणघातक एवं हिमशिखर अन्टाकर्टिकामा पर्ने माउण्ट भिन्सन मासिभमा आरोहण गर्नें योजना अनुसारको तयारीमा जुट्नु भएको छ ।
जिल्लाकै एउटा सम्पत्तिको रुपमा उभिन सफल संजय पण्डितको सम्मानका लागि आयोजित कार्यक्रम ब्यवस्थापक राधिका भुसालको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रमको सञ्चालन प्रकाश बैद्यले गर्नु भएको पत्रकार शशिधर भण्डारीले समाचार सम्प्रेषण गर्नु भएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण