मेटाउन प्यास तिर्खा अनि भोक वैशाख २४ मा लाग्दैछ रोल्पा रोग
उज्यालो लालटिन,११ बैशाख
अहिले बाटो घाटो होस या कलेज जहाँ निस्किदा होस सगं साथी माझ एउटा संवाद निक्लिहाल्छ , सक्छस देश जोगा सक्दैन्स ज्यान जोगा । यहि वैशाख २४ गते रिलिज हुन लागेको चलचित्र रोल्पा रोगको यो ट्याग लाईन हो ।
जुनयुद्ध ताका रोल्पाली युवाहरुले पाएको दुखको कथा जसमा तीनजना साथीहरूको भुमिका अटह रुपमा देख्न पाईने यो फिलिम अहिले प्रतीक्षत बनिरहेकोछ ।रजतपटमा डेब्यु गरेका दिपक वलिको निर्देशनमा रोल्पा रोग बनेको हो । ओखरे,घैटे अनि राईटे यी तीन पात्रले ट्रेलर्मा कतै संघर्षका कुरा , कतै जीवन भोगाई अनि कतै रमाईला हसाउने पक्ष देखिएकाले फिलिमले राम्रो कहानी बोकेको अनुमान लाउन सकिन्छ ।यी पात्रमा अहिलेका डुप्लेकेटर शिशिर भण्डारी , कुलदिप अधिकारी , जनक घर्तिको भुमिकाले साचिंक्कै युद्धको बेला ग्रामीण भोगाईको असर झल्काईदिन्छ । ट्रेलर हेरेपछि यी पात्रको अभिनयको तारिफ नगर्ने कमै भेटिएलान ।
रोल्पा रोगको जाउलां कान्छी जलजला र सुन्छ्हारी घुम्न गितले राम्रो रेस्पोन्स पाईरहेकोछ । निर्मला वलीको प्रस्तुति अनि थलबहादुरी वलीको निर्माणमा एवान मुभी मेकर्स्को व्यानरमा यो फिलिम बनेको हो । चलचित्र प्रर्दशन मिति नजिकिदै गर्दा प्रचार प्रसार तिव्र पारिएकोछ ।हाम्ले पनि अब क्रान्ति बाटो रोज्नुपर्ला जस्तो छ
देशमा साच्चिंकै परिवर्तनको खाचो छ
यो संवादले अहिले ट्रेलेर हेरेका दर्शकलाई वैशाख २४ गते हल सम्म तान्नेमा दुई मत देखिएको छैन ।