गृहपृष्ठ » समचार, साहित्यमदानीमा आईतवार साहित्यकार तामाङ आउँदै

मदानीमा आईतवार साहित्यकार तामाङ आउँदै

April 23, 2016१६२ पटक

दाङ बैशाख ११ । मदानी साहित्य समूह नेपालमा भोलि विना तामाङ सुनगाभा र उहाँको ‘रातोघर’ चर्चा गरिने भएको छ । समकालिन नेपाली कविता लेखनको क्षेत्रमा चर्चित हस्ताक्षर सुनगाभाको रातोघरको चर्चाका साथै उहाँको एकल रचना बाचन पनि हुने मदानीले जनाएको छ । केन्द्र र जिल्लास्तरका विभिन्न साहित्यकारहरुका कृतिको चर्चा गर्दै आएको मदानीले भोलि राजधानीमा रहेर कविता लेखनीमा सक्रिय सुनगाभाको ‘रातोघर’ कविता संग्रहको चर्चा गर्न लागेको हो । कार्यक्रममा साहित्यकार एवं प्राध्यापक राजेन्द्र गौतमले ‘रातोघर’ कविता संग्रहको समीक्षा गर्ने कार्यक्रम संयोजक टीका बस्नेतले जानकारी दिनुभयो ।
यसैबीच मदानीले कार्यक्रममा उपस्थित हुन सबैमा अनुरोध गरेको छ । मदानीका संयोजक वसन्त विवश आचार्य र कार्यक्रम संयोजक टीका बस्नेतले भोलि दिउँशो साढे ३ वजे नेपाल पत्रकार महासंघको सभाहलमा हुने कार्यक्रममा उपस्थितिका सबैमा अनुरोध गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण