माइला लामा रिहा भएपछि विप्लव माओवादीको आन्दोलन फिर्ता
काठमाडौं । शनिबार साँझ राजधानीको कपनबाट गिरफ्तार परेका माइला लामा रिहा भएका छन् ।
विदेश पठाइ दिन्छु भनि पैसा खाने दलाललाई कारबाही गर्ने भनेपछि दलालले गरेको उजुरीको आधारमा नेकपा माओवादी केन्द्रीय सदस्य माइला लामा र विद्यार्थी केन्द्रीय सदस्य जिरञ्जिवि ढकाललाई शनिबार साँझ पुलिसले गिरफ्तार गरेको नेकपा माअाेवादीले जनाएकाे छ ।
लामाकाे गिरफ्तारीकाे विरुद्ध विप्लव माओवादीले लोकतान्त्रिक भनिएको सरकारले पंञ्चायति शैलीमा समाज परिवर्तन गर्न खोज्ने राजनीतिक दलको कार्यकर्तालाई गिरफ्तार गरिएको भन्दै तुरुन्त रिहाइको माग गर्दै आन्दोलनको घोषणा गरेको थियो ।
पुलिसले छानविन पश्चात दलाल लाई नै कारबाही अगाडी बढाउने भन्दै लामालाई रिहाई गरेको छ ।
लामाको रिहाई पश्चाल विप्लव माओवादीले घोषणा गरेको कार्यक्रम फिर्ता लिएको छ ।