गृहपृष्ठ » समचारदीक्षित आइसियुमा, अख्तियार विशेष अदालतमा

दीक्षित आइसियुमा, अख्तियार विशेष अदालतमा

April 24, 2016४६ पटक

काठमाडौं, वैशाख १२ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितलाई थुनामा राखेर अनुसन्धान गर्ने भएको छ ।

अस्वस्थ्य भएका कारण दीक्षित बिना नै अख्तियार थुनामा राख्ने आदेश लिनका लागि विशेष अदालतमा पुगेको छ । शुक्रबार पक्राउ परेका दीक्षितलाई रक्तचापमा समस्या देखिएपछि शनिबारदेखि वीर अस्पतालको आइसियुमा भर्ना गरिएको छ ।

कानुन अनुसार पक्राउ गरेको २४ घण्टापछि अदालत पेश गर्नु पर्ने भएकाले दीक्षित अदालत उपस्थित हुन नसके पनि अख्तियार म्याद थपका लागि विशेष अदालतमा पुगेको हो । हिजो शनिबार अदालत बन्द भएकाले दीक्षितलाई थुनामा राख्ने अनुमति अख्तिारले आज लिन लागेको हो ।

दीक्षितको स्वास्थ्यमा सुधार नआएकाले डिस्चार्जको सम्भावना नभएको अस्पतालले जनाएको छ । हिमाल खबर पत्रिकाका प्रकाशकसमेत रहेका दीक्षितलाई साझा यातायातको अध्यक्षको हैसियतमा गैरकानूनी सम्पत्ति आर्जन गरेको र भ्रष्टाचारको कसुरमा अनुसन्धान गर्नु पर्ने भन्दै अख्तियारले शुक्रबार दिउँसो पक्रेको हो ।

आफूले लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुख आयुक्त बनाउनु हुँदैन भनेर अभियान सञ्चालन गरेकाले त्यसकै प्रतिशोधमा पक्राउ गरिएको दीक्षितको भनाई छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण