गृहपृष्ठ » बिचार/ब्लगआत्मकथा :धरहरा

आत्मकथा :धरहरा

April 24, 2016३४८ पटक

प्रयास भण्डारी

prakasयो विपद र चित्कारको समयमा चाहेर पनि कल्पनामा बाँधिन सकिरहेको छैन । मेरो अबस्थितिको देश आक्रान्त होला आज ।पक्कै रोइ रहेको हुनु पर्छ । धेरै सन्तानले आभिभावक र आफन्तजन गुमाए होलान । समग्रमा देशले ठुलो पिडा खेपिरहेको हुनु पर्छ ।यो नियति एकदिन मेरा लागि आउनु नै थियो । यो सम्भाव्यताको तनाब बाट म कसरि गुज्री आए ,सबै स्मरणको पर्दा भित्र कैद गर्न सक्दिन तर यो प्रलयको सिकार म पनि बने र मैले पनि भोगे । इतिहासको कालो दिनमा मेरो आडमा रहेर मृत्यु बरण गर्नेहरु प्रति स्रद्दा सुमन अर्पण गर्न बाहेक अरु केहि गर्न सक्दिन म।मेरो उमेर कै हिसाव गर्छौ भने म बुढो भैसकेको थिए । बिचमा मर्मत र उपचारको काम गरिएता पनि म ९० सालको भूकम्पले गली सकेको थिए। उमेरले तिमीहरु बुढो भए झैँ म पनि समयले कमजोर बनिरहेको थिए । कालान्तरमा आएका भुकम्पन बाट पनि कापि नै रहनु पर्यो।तिमीहरुले मलाई हासिनै रहेको देख्यौ बाहिर बाट। भित्र भित्रै कति उदासिन र बेचैन थिए म त्यो तिमीहरुले बुज्न सकेनौ। यो विपद मेरो चाहना थिएन ।म ढल्दै गर्दा अरुकसै संग संगै ढल्नु पनि मेरो चाहना थिएन। अझै केहि दिन तिमीहरु संगै अटल र निडर भएर बस्न मन थियो तर पनि एक दिन ढल्नु निश्चित नै थियो ।यस्तो निर्जीव चाहना र पिडा त्यति बेला हुन्थ्यो जतिबेला मेरो सयेर गर्नेले कहिल्यै मेरो वर्तमान र भबिस्य को बारेमा ध्यान पुर्यायनन।न त सम्बन्धित निकाय ले न सरकार ले। मलाई त्यति बेला एक्लो महसुस हुन्थ्यो तर पनि म मेरो जिम्मेवारीबाट विचाल्लित भईन किनकि तिमीहरुले मलाई गरिमा, प्रतिस्ठा, चिनारी ,गौरब र जीवित इतिहास को रुपमा ठडाएका थियौ । त्यही रुपमै ठडीन प्रयास गरीनै रहे तर यो दैविक बिपदी लाई न तिमीहरु रोक्न सक्थेउ न मैले सक्थे।शनिवार को दिन त्यसै पनि मेरो व्यस्तताको दिन त्यो दिन कतिले मलाई स्पर्श गरेका थिए। कति आरोहण पश्चात फिर्ता भैसकेका थिए होलान। सबैको आफ्नै रौनक र व्यस्तता थियो त्यस्तै व्यस्तता मेरो नि थियो। सय भन्दा बढीको संख्या उपत्यका सएरमा हराइरहेका थिए । ओर्लने र उक्लानेको एउटा लहर बढी नै रहेको थियो। तिमीहरुकै गौरब र संस्कृतिमा रमाए। सबै सुख दु:ख मा सहयात्री बनि नै रहे । आजका दिन सम्म पनि तिमीहरुकै बिभिन्नता, क्षमता ,इतिहास, स्वाभिमान ,स्वतन्त्रता र आत्मा सम्मान मा समाहित नै भए।

dharahara
सबै इतिहासका उताड चढाव अन्तस्करण देखि नै महसुस हुन्थ्यो । काल खण्डमा युग फेरियो युगान्तरमा धेरै उथल पुथल भयो। सासन प्रणाली फेरियो। सासन सत्ता फेरियो ।सासक फेरिए। बिकास र सभ्यता पनि हुदै गयो। आदिम देश बाट आजको नेपाल सम्म आइ पुग्न पाए । काल खण्ड का परिबर्तन र संघर्समा म तिमि हरुको पक्ष बाट साक्षी बसी दिए । इतिहासमा धेरै आदर्श पुरुष मारीए, राजनीतिज्ञ मारीए, आसाका केन्द्रहरु ढले तेस्को पनि म मुख दर्सक नै बस्नु पर्यो।आज यो अन्तिम दिनसम्म आइ पुग्दा पनि कहिल्यै भीमसेन थापाको परिकल्पना प्रति आत्मा ग्लानी गरिन। म कसैको सृजनाको क्यानभास बाट खोपिएको थिए ।जसबाट एउटा जिबन पाए।गर्ब नै गरे। म अस्ताउनै लाग्दा को यो अन्तिम घडी तिर एउटा आसातित कुरो गर्न मन लागेको छ ।मेरो निर्जिबता पक्कै तिमीहरुले बुजेका छौ मेरो निर्जीव पना अन्त्य भएर पनि मेरो पुनर जन्म सम्भव छ।
म फेरि उठ्न सक्छु। मात्र तिमीहरुको दृढ संकल्प, विश्वास र अठोट बाट। तिमि हरुले यो सस्मरण पढिरहदा म सडकमा तहस नहस भएको स्थितिमा हुनेछु।तिमीहरु एउटा विपद संग लडी रहेका हुने छौ । एउटा चित्कार बाट नबिन संकल्पको उत्खलन गरि रहेका छौ होला ।सायद मेरो बिबसता भित्र अटेको निर्दोष निर्जीव पनको आज पक्कै मुल्यांकन र समिक्ष्य गरिरहेका छौ होला। अपरान्ह को ११:५६ बजेतिर म यो अस्तित्व को संसार बाट बिलिन हुन पुगे।

info.prayasbhandari@gmail.com

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण