गृहपृष्ठ » बिचार/ब्लग, समचार“प्रवासबाट स्मरणमा भुकम्प”

“प्रवासबाट स्मरणमा भुकम्प”

April 24, 2016४२३ पटक

जुनु राना
बाग्लुङ
हाल: हङकङ

junu

जुनु राना

त्यो दिन साल २०७२ बैसाख १२ गते सधैं झैं बिहान ९ बजे काममा गैयो।काम सुरु भएपछी हतपत मोबाइल हेर्नु नमिल्ने। लगातार ३/४ घन्टाको काम सकेपछी भोकले रंन्थनिदै खाने कुरा खोज्न साथी संगै नजिकैको रेस्टुरेन्ट तिर गैयो। भोक र थकानको थला परेको बेला मोबाइल पनि हेर्न मन लागेन।र दुईजना मिलेर पिरो नुडल नजिकैको पार्कमा सुस्ताउँदै खाने भनेर टेकअवे गरियो।

र एक छिनमा भोकको राप शान्त पारिसकेपछी बल्ल मोबाइल चलाउँन जाँगर आयो।आजकाल हामिले सामाजिक संन्जाल फेसबुक नै सबै किसिमका समाचारका लागि प्रयोग गर्छौं।यसैले मोबाइल दाता अन गरेर मैले पनि फेसबुकमा रंगिएका अनेकौं समाचार र पोस्ट गरिएका अपडेट्स हरुमा आँखा डुलाउँन लागेँ।

समाचारहरु हेर्दाहेर्दै अचानक मेरा आँखा एउटा समचारमा गएर टक्क अडियो, समचारमा लेखिएको थियो
“काठमाडौं भक्तपुर सिन्धुपाल्चोक लगायतका देशका। कैयौं स्थानमा ७.८ रेक्टरस्केलको भुकम्पले तहसनहस पार्यो, कति पुरिएका छन् कति स्थानमा अझै भुकम्प गैरहेको र हजारौं जनधनको क्षति” भन्दै ब्रेकिङ न्युजमा पोस्ट गरिएको थियो।

अब लौ क्षणभर मै मेरो मुटुमा समेत भुकम्प गए सरह अनुभुती हुन लाग्यो।मस्तिष्क र शरीरका कयौं भागहरु लुला भएको र खुट्टा लगलग काँपे झैं महसुस भयो।
र म जस्ता संसार भरी छरिएर रहेका लाखौं नेपालीहरिको मनमा मलाई जस्तै महशुस भयो होला जुन म यहाँ बसेर अनुभुती गर्न सक्छु।हाम्रो हजुरबुवा मुटुको रोगि हुनुहुन्थ्यो अक्सिजन बेलाबेलामा लगाईरहनु पर्ने।वहाँहरु ललितपुरमा बस्नु हुन्थ्यो आमाबाबा संगै।त्येसरी अचानक आएको भुकम्पले बिरामी वृद्ध बालबच्चा लुला लंगडाहरुलाई कति सम्म आपतमा पार्यो भन्ने कुरा हामिले अंन्दाजा लगाउँन सक्छौं।त्येसैले त्यो दिन दिनभरी र रातभरी पनि तनाव ग्रस्त रह्यो।

त्यसै रात दिनभरी भुकम्पले तान्डव नाँचिरह्यो। र जुनै पनि बेला आउँन सक्ने र कतिन्जेल आउँने भनेर भन्न नसकिने हुँदा त्यो समय पक्कै मृत्यु समानको पिडादायी थियो।दिनमा रातमा जतिबेलापनी हल्लाईरहने गासबास भोकप्यासको त झन के कुरा भयो र।जतिबेलापनी जहाँ पनि आउँदै बितन्डा मच्याउदै गर्ने भुईचालोलाई न कसैले रोक्न सक्थ्यो न छेक्न नै।

र छिटोछिटो नजिकैको नेपाली पसलबाट फोनकार्ड किनेर घर पुगियो।काठमाडौंमा रहेका आमाबाबु दिदि भाई र बाजेबजैको बारेमा जान्न हतारिदै फोन लगाउँन थाँले।अंह फोन लाग्दैन त, लौ अब झन यो पापी मनले केके पाप सोच्न लाग्यो।तर फोन लाग्छ कि भनेर लगातार कोसिस गरें।अन्तमा लाग्यो पनि। बाबाले फोन उठाउँनु भयो।बाजे बजै भाई लगायत आमाबाबा सकुशल हुनुहुँदो रहेछ। र काठमाडौं र भक्तपुरमा जत्तीको ललितपुर जिल्लामा भुकम्पले हाँनी गरेको रहेनछ।

त्यसै रात दिनभरी भुकम्पले तान्डव नाँचिरह्यो। र जुनै पनि बेला आउँन सक्ने र कतिन्जेल आउँने भनेर भन्न नसकिने हुँदा त्यो समय पक्कै मृत्यु समानको पिडादायी थियो।दिनमा रातमा जतिबेलापनी हल्लाईरहने गासबास भोकप्यासको त झन के कुरा भयो र।जतिबेलापनी जहाँ पनि आउँदै बितन्डा मच्याउदै गर्ने भुईचालोलाई न कसैले रोक्न सक्थ्यो न छेक्न नै। मर्नेहरुको संख्या अब सैयौं बाट उक्लेर हजारौं र यति हजार सम्म पुगिसकेको थियो। अझ रातीको समयमा मुशलधारे पानी परेर अर्को आपत थपिन्थ्यो।उप्फ कस्तो कल्पना गर्दैमा समेत कहाँलिलाग्दो परिस्थिति भोग्नु परेको थियो हाम्रो देश र देशवासीले।

तर बिदेश छिमेकी दाताहरूले दिएको सहयोग सरकारले कहाँ कसरी कसलाई राहत दियो त्यो कुरा चाही अझैसम्म खुल्न सकेको छैन। भुकम्प पीडितको नाममा आएका राहत समाग्रीहरु समेत सरकारी कर्मचारी र कथित मन्त्रीहरुले दुरुपयोग गरेको भन्ने खबर समाचारमा यत्रतत्र छापिईनै रहेका छन्।

र आज एक बर्ष पनि बितिसक्यो । भुकम्प आएको बेला विभिन्न छिमेक देशबाट सहयोग र सहानुभूति दिएका थिए। कयौं छिमेकी रास्ट्रले आर्थिक सहयोग त कसैले खाद्यान्न लत्ताकपडाहरु सहयोग गरेका थिए।कयौं गैरसरकारी संघसंस्थाहरु एनआरएन जस्ता संस्थाहरू बाट सहयोग भएको र हाल सम्म पनि हुँदै गरेको छ।

तर बिदेश छिमेकी दाताहरूले दिएको सहयोग सरकारले कहाँ कसरी कसलाई राहत दियो त्यो कुरा चाही अझैसम्म खुल्न सकेको छैन।भुकम्प पीडितको नाममा आएका राहत समाग्रीहरु समेत सरकारी कर्मचारी र कथित मन्त्रीहरुले दुरुपयोग गरेको भन्ने खबर समाचारमा यत्रतत्र छापिईनै रहेका छन्।

त्यो हरेक समाचार माध्यममा भुकम्पले गरेको बिधंन्सको बारेमा अपडेट गरिरहेका थिए।त कतै ति पुरिएका मान्छेहरुलाई निकालिदै गरिएको भिडियो समेत हालिएको थियो।सयौंको संख्यामा अंगभंग भएका र हेर्दाहेर्दै कयौं भौतिक संम्पदाहरु डरलाग्दो आवाज निकाल्दै पुरै दृश्यलाई धुलोको मुस्लो निकाल्दै धलिरहेका देखिन्थे।मान्छेहरु डरले चिच्याउदै कोलाहल मच्चिएको देखिथ्यो।र यता हामी बिदेशमा छट्पटीनु बाहेक अरु केहि गर्न सक्दैन थियौं। बिबस भएर विभिन्न फेसबुक पेज तथा देशी बिदेशी न्युज च्यानलहरुले दिएका न्युज फुटेज हेर्दै मन मस्तिष्क कहालीलाग्दो बनाउँनुको बिकल्प हामी संग अरु थिएन।

जतिजति समय बित्दै जाँन्थ्यो।उति उति नयाँ नयाँ बिधंन्सका समाचारहरु पढ्नु पर्थ्यो ।धरहरा समेत भाचियो र सैयौं धरहरा घुम्न गएकाहरु कोहि पुरिए रे कोहि घाईते भएका छन।उद्दार कार्य पनि भैरहेको थियो।तर भुकम्पले आफ्नो उपस्थिति रोकेको थिएन।कहिँले भक्तपुर कहिले बारपाक त कहिले सिन्धुपाल्चोक हुँदै आफ्नो रौद्र रुपि आतंक फैलाईनै रहेको थियो।

एक दुई होईन सयौं होईन हजारौंको ज्यान लिन आएको त्यो प्राकृतिक बिपत्तिको सामु हामी मान्छेको केनै लाग्थ्यो र? उ उसकै तालमा तान्डव नाँच नाचिरह्यो।हामी नमस्तक भएर प्यारालाईज भए जस्तै भएर बस्न बाध्य भयौं।देशमा कोलाहल मचिरह्यो, परदेशमा हामी छट्पटीनु सिवाय अरु गर्न सकिएन।ति अबोध पुकारका धरहराहरु त्यो निस्ठुरी भुकम्पले सुनेन।ति आशुँका तालहरु भुकम्पले देखेन।उ त मस्त मौला यौवनको उन्मादमा मात्तिएको थियो।

भुकम्प कुनै देशको र कुनै पार्टी दल जात समुदायको हुँदैन।त्यो त जमिन भित्र मान्छेको पहुँच भन्दा माथिको बिपत्तिको नाँम हो।जसलाई संग मान्छेको धन दौलत र बुद्दिको कुनै वास्ता छैन।त्येसैले यो प्राकृतिक बिपत्ति हो। यस्तो बेलामा हामी सम्पुर्ण एकजुट भएर ति निभेका दियोहरु प्रती समवेदना ब्यक्त गर्न सक्नुपर्दछ।

बैशाख १२ गते ११ बजेर छपन्न मिनेटमा भित्रिएको त्यो महाभुकम्पको पराकम्पन आज बार्सिकी सम्म रोकिएको छैन।आज बिहान समेत पराकम्पले आफ्नो उपस्थिति दिएको समाचारमा आएको थियो।
आज बर्षदिन सम्म भुकम्पले दिएको घाउ पुरिएको छैन।अझै तातो र आलो नै छ त्यो चोट।
हजारौंको सास लगेको र हजारौंको घरबास भत्काउँदै आएको भुकम्पले आफ्नो परिचय राम्रोसँग दिएर गएको र अन्य देशहरुमा हालसालै दिदै गरेको छ।

र अंन्तमा
भुकम्प कुनै देशको र कुनै पार्टी दल जात समुदायको हुँदैन।त्यो त जमिन भित्र मान्छेको पहुँच भन्दा माथिको बिपत्तिको नाँम हो।जसलाई संग मान्छेको धन दौलत र बुद्दिको कुनै वास्ता छैन।त्येसैले यो प्राकृतिक बिपत्ति हो। यस्तो बेलामा हामी सम्पुर्ण एकजुट भएर ति निभेका दियोहरु प्रती समवेदना ब्यक्त गर्न सक्नुपर्दछ। र आउँदा दिनहरुमा यस्तो बिपत्तिको सामना कसैले गर्न नपरोस् भन्ने कामना व्यक्त गर्नु हाम्रो कर्तब्य हुनुपर्दछ।
धन्यवाद।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण